२०८१ वैशाख १५ गते | 27th of April 2024

गोरखामा चुनावका लागि सुरक्षा व्यबस्था कडा

खुल्लामन्च
 प्रकाशित: २०७४ वैशाख २६ गते ९:३६

गोरखा, २५ बैशाख ।
स्थानीय तहको चुनाव नजिकिएपछि गोरखामा सुरक्षा व्यवस्था कडा बनाइएको छ ।
नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेना तीनवटै सुरक्षा निकाय निर्वाचनको सुरक्षाका लागि खटिने जिल्ला सुरक्षा समितिले जनाएको छ ।
२६० मतदान केन्द्र रहेको जिल्लामा १ हजार १३० जना प्रहरी, ६३५ जना सशस्त्र प्रहरी र नेपाली सेनाको टोलि खटिने समितिले जनाएको छ ।
वगुवा, पालुङटार र वारपाकमा नेपाली सेनाको गुल्म स्थापना गरिएको सुरक्षा समितिका संयोजक एवं गोरखाका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले बताए ।
एउटा गाउँपालिकामा कम्तिमा ४५र५० जना र दुई नगरपालिकामा ९०र९५ सशस्त्र प्रहरी खटिने प्रजिअ बस्नेतले बताए ।
निर्वाचन सुरक्षाका लागि करिब ५ सय शसस्त्र प्रहरी नवलपरासी, कपिलवस्तु र रुपन्देहीबाट झिकाइएको छ ।
निर्वाचनका लागि १ हजार १३० जना जनपद प्रहरी खटाइएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख एसपी जनकराज पाण्डेयले बताए ।
६८ जना प्रहरी निरीक्षकसहित ६ सय २७ जना प्रहरी बाहिरी जिल्लाबाट झिकाइएको एसपी पाण्डेयले जानकारी दिए । त्यस्तै एक हजार चार सय १६ जना म्यादी प्रहरी जिल्लामा खटिने छन् ।
सबै सुरक्षा टोलीलाई आवश्यक निर्देशनसहित सम्बन्धित मतदान केन्द्रमा खटाउने क्रम जारी रहेको सुरक्षा समितिले जनाएको छ ।
निर्वाचन सुरक्षाका लागि पहिलो घेरामा जनपथ, दोस्रो घेरामा सशस्त्र र तेस्रो घेरामा नेपाली सेनाको टोली खटिने प्रजिअ वस्नेतले बताए ।
‘अहिले हामीले सुरक्षा ब्यवस्था कडा पारेका छौँ,’ उनले भने,’अपरिचित ब्यक्ति देखिए सोधपुछ गर्न थालेका छौँ, निर्वाचन भाँड्न कुनै हर्कत गरे वा हातहतियार लिएर हिँडे तुरुन्त पक्राउ गरेर मुद्दा चालाउँछौँ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *