२०८१ वैशाख ११ गते | 23rd of April 2024

टीपीएस नवीकरणका लागि सहयोगी बन्न न्युयोर्कका शक्तिशाली रिपब्लिकन काग्रेसम्यान पिटर किङ्ग सकारात्मक

खुल्लामन्च
 प्रकाशित: २०७४ फागुन १७ गते २२:२१

न्युयोर्क – अमेरिकी सरकारद्वारा नेपालिहरुलाइ उपलब्ध गराएको टेम्पोरोरी प्रोटेक्टेड स्टाटस (टिपिएस) सुबिधालाइ नबिकरणका लागि पहल गरि दिन गैर आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद अमेरिकाको एक प्रतिनिधि मन्डलले न्युयोर्क स्थित अमेरिकि कांग्रेस मेन पिटर किङ्गलाइ भेट गरि औपचारिक रुपमा अनुरोध गरेको छ ।

एनआरएन अमेरिकाका सचिब होमनाथ गौतमको नेतृत्वमा गएको टोलिले नेपालको बर्तमान अबस्था बारे जानकारी गराउदै अमेरिका स्थित टिपिएस स्टाटसमा रहेका नेपालिहरुमा टिपिएस नबिकरण नभएमा पर्न सक्ने आर्थिक , सामाजिक,मानसिक समस्या बारेमा कांग्रेस म्यान किङ्गलाइ अबगत गराएको थियो ।

टिपिएस अस्थायी समाधान भए पनि यसको समाधान दीर्घकालीन रुपमा खोज्नको लागि कांग्रेस म्यान पिटर किङ्गसङ्ग अनुरोध गरिएको थियो ।

छलफलका क्रममा कांग्रेस म्यान पिटरले नेपालमा गएको महाभुकम्प पछि पर्न गएको आर्थिक , सामाजिक जनजिबनमा पर्न गएको प्रभाब बारे आफुलाइ धेरै जानकारी रहेको बताउनु भएको र टिपिएस नवीकरणको लागि आफ्नो तर्फबाट जस्तोसुकै प्रयास गर्न परे पनि गर्ने आस्वासन दिनुका साथै होमल्याण्ड सेक्विरिटिलाइ यस सम्बन्धमा आधिकारिक पत्र पठाइसकेको र त्यसको जानकारी एनआरएन अमेरिकालाइ समेत पठाइसकेको एनआरएन अमेरिकाका सचिव गौतमले जानकारी दिनुभयो ।

प्रतिनिधि मन्डलको नेतृत्व एनआरएन अमेरिकाले गरेको थियो भने विभिन्न सामाजिक संघ सस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । भेटघाट कार्यक्रमको संयोजन न्युयोर्क स्थित अधिवक्ता केशब सेढाइले गर्नु भएको थियो जसमा एनआरएन अमेरिकाका सचिब होमनाथ गौतम , एनआरएन न्युयोर्क च्याप्टरका सचिब महेश खडका , न्युयोर्क ५ स्थित कम्युनिटि सद्स्य तथा पुर्ब एनआरएन बोर्ड अफ डाइरेक्टर मोहन ज्ञवाली, संचारकर्मी शैलेश श्रेष्ठ , अधिकार सस्थाकी प्रतिनिधि माया गुरुङ् , नेपाली समाज लङ्ग आइलेन्डका अध्यक्ष टीका ढकाल र अधिवक्ता केशब शेढाइको सहभागिता रहेको एनआरएन अमेरिकाका प्रबक्ता बिनोद कुमार तिवारीले जानकारी दिनुभयो ।

२०१५ मा गएको महाबिनासकारी भुकम्प पश्चात् अमेरिकि सरकारले नेपालिहरुलाइ प्रदान गर्दै आएको टिपिएस सुबिधा नवीकरण नभएको खण्डमा झन्डै ९ हजार भन्दा बढी नेपालिहरु अमेरिका छोडन बाध्य हुनेछन भने आश्रीत परिवारमा समेत ठूलो असर गर्ने छ । टिपिएस आउंदो जुनमा समाप्त हुदैछ ।

हालै एनआरएन अमेरिकाको एक टोलीले अमेरिकाका प्रभावशाली सिनेटर टेड क्रुजलाई भेटी नबिकरणका लागी पहल गरि दिन औपचारिक अनुरोध गरेको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *