1

सानफ्रान्सिस्को बे एरियामा अध्यागमन छापा, १ सय ५० भन्दा धेरै पक्राउ

702 पटक पढिएको

सानफ्रान्सिस्को – सानफ्रान्सिस्को बे एरियामा यसैसाताको अध्यागमन छापामा १ सय ५० जनाभन्दा धेरै पक्राउ परेका छन् । युएस इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्टले आइतबारदेखि बे एरियामा छापामार्न सुरु गरेको थियो ।

पक्राउ परेकाहरुमध्ये आधाजसो विभिन्न अपराध गरेका कागजपत्रविहिन आप्रवासीहरु रहेका छन् । बाँकी कुनै अपराध नगरेका कागजपत्रविहिनहरु समेत पक्राउ परेका छन् ।

ओकल्याण्ड मेयरले आइसको छापा अगाडि ट्वीट्रमा पोष्ट गर्दै आइतवारदेखि आइसले छापामार्न सक्ने भन्दै सजग रहन चेतावनी पोष्ट गरेकी थिइन् । आइसका डेपुटी डाइरेक्टर थोमस होम्यानले मेयरको यस्तो पोष्टको विरोध गर्दै त्यस्तो पोष्टका कारण आइसका अधिकारीहरुमाथि जोखिम बढेको र अपराधीहरुले भाग्ने मौका पाएको बताएका छन् ।

बे एरियामा आइसको अन्य गतिविधिको सम्पूर्ण रिपोर्ट आइसकेको छैन । तर आइसले त्यस क्षेत्रमा अपराधमा संलग्न ८६४ जना कागजपत्रविहिनहरु फरार रहेको बताएको छ ।

साभार : खसोखास

तपाईको प्रतिक्रिया

काठमाडौँ  -  लकडाउनको   अबधिमा पनि  कर तिर्न   ताकेता  गरेको  सरकारले   ब्यापक बिरोध  पछि  आफ्नो .. ...

काठमाडौँ- सरकारले कोभिड–१९ को विश्वव्यापी सङ्क्रमणका कारणबाट उत्पन्न असहज परिस्थितिमा.. ...

काठमाडौँ -  नेपालमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि मृत्यु हुनेको सङ्ख्या नौ पुगेको छ ।.. ...

राजधानीको चुच्चेपाटी–साँखु सडक खण्ड जीर्ण भएको वर्षौ भइसक्यो । पानी आयो भने पाइला नै सार्न.. ...

लस एन्जलस - क्यालिफोर्नियाको लस एन्जल्समा गर्मी छल्ने वाहनामा साथीहरुसंग पौडी खेल्न जांदा.. ...

पोखरा २५ बैशाख । स्वर्गीय रामजी पौडेल बादल की धर्मपत्नी चन्द्रावति पौडेलले बाचुन्जेल.. ...