२०८१ वैशाख १४ गते | 26th of April 2024

भ्रष्टाचार हो, बिकासको बाधक

खुल्लामन्च
 प्रकाशित: २०७४ फागुन २० गते १७:४५

– लक्ष्मण सिटौला
त्यतिबेला मावोवादी पार्टी भुमिगत अवस्था बाट भर्खरै बाहिर आएको थियो । म नेपाल वायुसेवा निगम बाट नयाँ दिल्ली पोस्टिङ् भइ इन्दिरा गान्धी अन्तरास्ट्रिय बिमान्स्थलमा कार्यरत थिए । त्यो भन्दा अगाडि देखि नै प्रचण्ड पुत्र प्रकाश सग मेरो निकटतम सम्बन्ध थियो । र समय समयमा हामी दुवै आर. ए उडान बाट काठमाडौ फर्किन्थ्यौ । प्रकाशको निकटता बाट म मातृका यादव सग परिचित थिए ।

दिल्ली काउन्टरमा नेपाल बाट आउने ट्रान्जिट प्यासेन्जरको टेक केयर मैले नै गर्नुपर्ने हुन्थ्यो । यता बाट जानुहुने प्रायः नेताहरुलाई मैले नै टेक केयर गर्थे । र नेपाल एम्बेस्सी सग सहकार्य पनि गर्नुपर्थ्यो । नेपाल वायुसेवा निगमको फ्लाईट बाट कतिपय पम्पलेट , दिल्लीमा छापिएका राजनीतिक घोषणा पत्रहरु लगायत पुस्तक लुकाएर काठमाडौं पठाउथे र यो कामकै सिलसिलामा प्रकाश सग मेरो घनिष्ठता जोडिएको पनि हो । प्रकाश हक्की स्वाभावको मान्छे थिए। युद्ध देखेका युद्ध भोगेका र युद्दलाइ नजीक बाट निहालेका युवा भैकन पनि मानवीय गुणले भरिएका ब्यक्ति थिए उनी ।

मावोवादीका परिवार नेता कार्यकर्ता बिना परिचयपत्र नेपाल एयरलाइन्सको जाहाज चढेर दिल्ली पुग्थे बेलाबेलामा अनि बिना परिचय पत्रका कारण इमिग्रेसन्स ले रोक्थ्यो । त्यस्को तयारी मैले नै गर्थे। आर ए को लेटर हेड प्याडमा धेरै चोटि दिल्ली इमिग्रेसनलाइ पत्र लेखेर उहाँहरुलाइ सकुशल दिल्ली इमिग्रेसन बाट सहज रूपमा बाहिर निकालेको र फर्किदा पनि त्यही प्रक्रिया पूरा गरि आर ए को जाहाजमा राखी नेपाल पठाएको थिए । एउटा अतीत आखाको बर्तमान एेनामा झल्किन्छ कहिलेकाही ।

एक दिन काठमाडौ बाट मेरो मोबाइलमा फोन आयो। कि मातृका यादवजी आफ्नो परिवारको र आफ्नै उपचार गर्न दिल्ली आउदै हुनुहुन्छ र उहाँ सग कुनै परिचयपत्र छैन भनेर । मातृकाजी अलि जल्दाबल्दा नेता हुन र दिल्ली इमिग्रेसनले थाहा पायो भने लफडा हुन पनि सक्छ भनेर सोच्दै थिए । उहाँको हात भाचिएको थियो । हातमा काम्रो बानिएको अवस्थामा आर ए को जाहाज बाट बाहिर निस्कनु भयो ।
स्कटिङ गर्दै इमिग्रेसन तर्फ लिएर गए । परिचय भो । उहाँको सहि नाम बाट पत्र बनाउ भने लफडा पर्ला भनेर अर्कै नाम बाट अफिसियल पत्र लेखे इमिग्रेसन लाई । करिब आधा घन्टामा उहाँहरु दुवैलाई बाहिर निकाले । उपचारको लागि आउनुभएको भनेर र चार दिनपछी हाम्रै फ्लाईटमा फर्किनु हुन्छ त्यस्को सम्पुर्ण जिम्मेवारी म लिनेछु भनी मैले आफ्नो एयरपोर्ट पासको फोटोकपि सहित निवेदन राखेर समस्या समाधान गरे ।

मातृका यादवजीलाइ त्यही पत्रको फोटोकपि पनि दिए ताकी फर्किनलाइ सजिलो होस भनेर । उहाँ धेरै खुशी हुनुभो । भाउजू पनि झन्झट र किचलो बिना इमिग्रेसन पार हुन सकिएकोमा म सग आभारी हुनु भो । मातृका यादवले पछि काठमाडौ आउनुभएको बेलामा जसरी नि हामी भेट्न् पर्छ है सिटौलाजी भन्नू भएको थियो । केही महिना पछि मावोवादी पार्टी सरकारमा सामेल भो । मातृका यादव मावोवादीको प्रतिनिधित्व गर्दै बन मन्त्री हुनु भो । मातृकाजी महत्वाकांक्षी मान्छे । अलि खरो दरो उपस्तिथि जनाउन खोज्छन आफुलाइ पार्टीमा । कता के मिलेन मन्त्री बाट हट्नु भो । पार्टी भित्र बिद्रोह गर्नु आफ्नै पार्टी अध्यक्षलाई समेत च्यालेन्ज दिनु कम खतरापूर्ण कार्य थिएन तर उन्ले गरे। एक दिन आफुले दुखमा सहयोग गरेको मान्छे मन्त्री भएकोमा बधाई दिन म बन मन्त्रालय खोज्दै पुगे । बाहिर धेरै बेर कुरे चिट पठाए तर भेट्न् सकिन र यसै फर्किए।

म सग आफ्ना निजि कुरा केही पनि थिएनन । सामान्य जिन्दगी भोग गर्ने र भौतिक प्रपन्चको ताप बाट पृथक बाच्न चाहनेलाइ, यो सन्सारमा न पद ठुलो लाग्छ न प्रतिस्ठा ठुलो लाग्छ र न पैसा नै ठुलो लाग्छ । भेट्न् नपाएकोमा कुनै दुख लागेन बरु खुसी लाग्यो किनकि निजि भेटमा भन्दा सार्वजनिक कुरामा चासो राखेर उहाँ काम गर्नुहुदोरहेछ भन्ने कुराले ।

मैले आज सम्म कुरो बुझेको छैन कि नेपालमा बनमन्त्रीको काम केहो ? अरु सबै मन्त्रीको काम देखिन्छ तर बन मन्त्रीको काम स्पष्ट देख्दिन । बनसग वातावरण जोडिएको छ , बन सग भु सरक्षण जोडिएको छ , बन सग नदिनाला चुरे भावर सब जोडिएको छ तर हरेक बर्ष नदीको बालुवा नदीको ढुङ्गा चोर बाटो बाट दोहन भैरहेको छ । नेपालको पानी भारत जान्छ फर्किदा बिजुलि भएर आउँछ , नेपालको चिराइतो भारत जान्छ उताबाट सिटामोल भएर आउँछ , नेपालको माटाे भारत जान्छ फर्किदा सिन्दुर भएर आउँछ ,नेपालको ढुङ्गा भारत जान्छ फर्किदा देवता भएर आउँछ , नेपालको फूल भारत जान्छ फर्किदा अत्तर भएर फर्किन्छ ,नेपालको पत्थर भारत जान्छ फर्किदा हीरा भएर फर्किन्छ , नेपालका पशुका भुत्ला भारत जान्छ फर्किदा पस्मिना भएर फर्किन्छ अनि खोइत हाम्रो बन मन्त्रीको गुरु योजना ? ।

वास्तवमा गर्ने कुरात सयौ छन तर समस्या चै यो छ कि के गर्नी भन्ने कुराको हामी सग योजना नै छैन । हामी नेपालीले दिशा निर्दिष्टतालाइ कम महत्त्व दिन्छौ। योजना बिना कुनै पनि लक्ष्य हासिल हुन सक्तैन । थोरै असल मान्छेलाई धेरै खराब मान्छेको झुन्डले प्रभाव पार्छ नै । नेपालमा असल नेता थोरै छन असल नागरिक समाज पनि थोरै छ तर खराब मान्छेको बाहुल्यता कम छ । इमान्दारीताको स्कुलिङ अभाव छ नेपालमा । बिधालय तह देखि नै इमानदारीताको शिक्षा दीक्षा दिनु जरुरी छ अबको दिनहरूमा । इमान्दारीता हराउदै गएको छ । भ्रष्टाचार बिकासको बाधक हो । जुन देशमा कम भ्रष्टाचार छ त्यो देशले निरन्तर प्रगती गरिरहेको छ भन्ने कुरा भर्खरै ट्रान्सपरेन्सी ईन्टरनेस्नलले प्रस्तुत गरेको तथ्यांकमै उल्लेख्य छ ।

बन मन्त्रालय सग अझैसम्म पनि कुनै गुरुयोजना नै छैन होला।
त्यसैले यो पाली केन्द्रमा मन्त्रालयको संख्या आधा भन्दा घटेको छ । उस्तै उस्तै कार्य प्रकृतिका मन्त्रालयहरु गाभिए । यो निकै सर्हानीय काम भो के पी सरकारको । संघीयतालाई धान्न सक्ने आधासिला खडा गर्नु अहिलेको ठुलो चुनौती पनि हो । संघीयता असफल हुनुहुदैन। अब केन्द्रीय शासन प्रणालीले यो देशको कुना कन्दराको अँध्यारो हटाउन सक्तैन ।

काठमाडौ यति साघुरो भैसकेको छ कि हरेक खुला ठाउ गल्लीमा परिणत भैसकेको छ । सडक छैन । गाडी थपिएको थपियै छ । चार हातको बाटो छ धनीहरु आठ हातको गाडी लिएर सडकमा निस्कन्छन र फेरि यिनै भन्छन साला साइकलवाला मोटर साइकलवालाले बाटो जाम गर्यो । बाटो चार फिटको छ भनेर जान्दाजान्दै किन हात्ती जत्रो प्राडाे किन्नु पर्यौ ह ? हो तिनैका सम्पत्ति रास्ट्रकरण गर्नुपर्ने अनि चेतावनी मिल्थ्यो । आजभन्दा पचास बर्ष अगाडि बनेको असन शहरलाई महाभुकम्प ले कुनै क्षेती पुर्याएन तर गोङ्ग्बुका आधुनिक सबै घरहरु नमज्जाले ढले । राणा काल मात्रै होइन लिच्छवि कालीन दरवारहरु पनि सुरक्षित रहे । जति आधुनिक त्यति योजना बिहिन त्यति अदुरदर्शी त्यति भ्रस्टाचार त्यति अ्मानवीयता त्यति ठग र लाज हराउन थालेकै हो त ? यस्तो कर्म गर्न हामीलाई पुर्खाले वा इतिहासले त पक्कै सिकायन होला ।

सुबिधा भोगी धनीलाई छुट्टै कर प्रणाली लागू हुनुपर्छ । राज्यले कर प्रणालीमा समय सापेक्ष सुधार गर्नु अति आवश्यक भैसकेको छ । महिनामा बीस हजार कमाउने निम्नस्तरको कर्मचारी सग आम्दानीको हिसाबले करको दायित्व बोध गराउनुत ठिकै होला खान लाउन नपुग्ने तलब लिनेलाइ त उल्टो सरकार बर्षको अन्तमा कर फिर्ता गर्नुपर्छ । तर यहाँ ठुलो ठुलो काला ब्यापारीले राजनैतिक आडमा कर छलिरहेका छन । अब असल कारीगरी मनोभावना भएका ब्यक्तिहरु सत्तामा आएका छन ।

कारिगडिको हातमा पर्यो भने पत्थर पनि हीरा हुन्छ निदाएको हातमा पर्यो भने घाटिमा अडकिएर मर्छ । वास्तवमा यहि दुर दसा दसकौ देखि नेपालले भोगिरहेको छ । अब परिस्थिति फेरिएको छ । कारीगरहरुको हातमा परेको छ यो देश अब यस्लाइ हीरा बनाउनु पर्द्छ ।

अहिले मातृकाजी पुन मन्त्री हुनुभएको छ । लालबाबु जस्तै बिकास प्रेमी बन्न म उहाँलाई बिनम्र अनुरोध गर्द्छु । नेपालले अब बिकासमा एउटा गतिलो फड्को मार्नुपर्छ । पाँच बर्षमा यो देशले साच्चै नै काचुली फेर्नुपर्छ । भारत र चाइना सगको सम्बन्धलाई मात्रै ब्यालेन्समा राखेर काम गर्न सकियो भने नेपालले आफ्नो लगानी कहि गर्न पर्दैन । रेल चिनले पनि बनाइदिन्छु भन्छ भारतले पनि ल्याइदिन्छु भन्छ । हामीलेत उपभोग मात्रै गर्न सक्ने हैसियत राखे पुग्छ। शिक्षा स्वास्थ यातायात यी तीन कुरालाई बिकासको आधार मानी पर्यटन प्रबर्द्धन र हाइड्रोपावरको चरम उन्नति गर्न सकियो भने नेपाल दस बर्ष भित्रमै युरोपेली मापदण्डमा पुग्ने छ । कमिसनको खेलमा कयौ आयोजनाहरु अझैसम्म अलपत्र छन । आफुलाइ एक लाख आउँछ देशलाई अरब फाइदा हुने काम छ भने आफुलाइ एक लाख नाआए सम्म देशलाई अरब आउने काम गरु भन्ने देश भक्ती हुने इमानदार नेता वा पदाधिकारी भेट्न् मुस्किल छ ।

राजनीतिक स्थायित्व भएपछि बिकासका लागि मुल ढोका खुल्छ । ती ढोकाबाट वैदेशिक लगानी भित्र्याउनुपर्छ र त्यसका लागि लालबाबु मातृका जस्ता रिस्क मोलेरै भए पनि काम गर्न सक्ने ब्यक्ति चाहिन्छ । हिजो गोकर्ण बिष्ट देखि गगन जनार्दन सम्मले रिस्क मोलेकै हुन । जागिर र पदलाइ मात्रै जोगाउन लागियो भने समय मात्रै खेर जान्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *