२०८१ वैशाख १४ गते | 26th of April 2024

विश्व कीर्तिमानी कराते खेलाडी उज्ज्वल ठकुरीलाई अर्को विश्व कीर्तिमान

खुल्लामन्च
 प्रकाशित: २०७४ फागुन २२ गते ९:०२

 

विजय थापा, अमेरिका । अमेरिकाको डिसी महानगर क्षेत्रका नेपाली मूलका बिश्व कीर्तिमानी उज्ज्वल ठकुरीलाई अर्को बिश्व कीर्तिमान प्राप्त भएको छ । उनले आफैले बनाएको कीर्तिमान लाई आफैले तोड्दै छोटो समय भित्र पुनस् दोश्रो पटक गिनिज वर्ल्ड रेकर्डमा नाम लेखाउन सफल भएका छन् ।

उनले गत बर्ष २०१७ को सेप्टेम्बर २३ तारीखका दिन १३९.४९ पौण्ड (६३.९७ केजी) मा बिश्व कीर्तिमान गरेका थिए । उनले अर्को कीर्तिमान अमेरिकाको ओहायोको टोलेड़ोमा गएर गत बर्ष २०१७ को नोभेम्बर ४ तारिख १४२.४८ पौण्ड (६४.६३ केजी)को तौल दात र शरीरमा राखेर दुवै खुट्टा फाडेर बिश्व कीर्तिमान गरेका छन् ।

गिनिज बुक अफ वर्ल्ड रेकर्डले उनलाई गत मार्च २ तारिखमा अमेरिकामा पत्राचार गरि बिश्व कीर्तिमानी भनेर घोषणा गरेको छ। यो विधा आज सम्म कसैले बिश्व मै गर्न सकेका छैनन् । सानो गल्ति भयो भने घाँटी र ढाड अनि कम्मर शत प्रतिशत पक्षघात (प्यारालाइसिस) हुने धेरै सम्भावना भएकोले यस्तो जोखिम कम खेलाडीले कोसिस गर्ने गर्छन । ठकुरीले यस विधाको आफैले निर्माण गरेर नेपाल र अमेरिका दुबैको नाम उज्ज्वल ठकुरीले बिश्वमा कोरि दिएका छन् ।

ठकुरीले पाँच विधाको निर्माण गर्नु को साथ साथै तीन वटा विधामा अन्तर राष्ट्रिय पदक हासिल गरेका छन् । ९फांग काता ० जसमा राष्ट्रिय स्वर्ण पदक र अन्तर राष्ट्रिय स्वर्ण पदक हासिल गरेका छन् भने फांग ब्रेअकिङ्ग९किर्तिमान० जसमा बिश्व टाइटल बेल्ट हासिल गरेका छन् ।

यसै गरि फ़ाङ्ग हेवी वेट९गर्हौ वजन ० उचालेर ९गोडा फाडेर अधिक भार बोकेर ० यसमा बिश्व च्याम्पियन बेल्ट लगायत दुई पटक गिनिज वर्ल्ड रेकर्ड बनाई नेपालीहरुको शिर उच्च बनाई दिएका छन् ।

बिश्व कीर्तिमानी ठकुरी पहिलो कराते खेलाडी हो जस्ले कराते खेलाडी भएर एचके ली राष्ट्रिय तेक्वान्दो खेलमा स्वर्ण पदक पनि हासिल गरेका छन् । यसरी कराते खेलाडीले तेक्वान्दो खेलमा अन्तरराष्ट्रिय स्वर्ण पदक प्राप्त गरि नया कीर्तिमान पनि गरेका छन् ।

अहिले सम्म ठकुरीले युएसए केएफ राष्ट्रिय खेल जुन बिश्व महासंघ अन्तर्गत पर्छ त्यसमा रजत पदकको साथ साथै युएसए मास्टर्स खेलमा २ राष्ट्रिय स्वर्ण पदक अनि अमेरिकी किक अन्तर राष्ट्रियखेलमा एक स्वर्ण र एक रजत हासिल गरेका छन् । उनले अनगिन्ती पदक समेत प्राप्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *