२०८१ वैशाख १३ गते | 25th of April 2024

सिरियाको टीपीएस पुनर्दर्ता शुरु, नेपालबारे निर्णय डेढमहिनाभित्र

खुल्लामन्च
 प्रकाशित: २०७४ फागुन २२ गते १४:४८

डि सी – सिरियाको टीपीएस अवधि सन् २०१९ को सेप्टेम्बर ३० सम्म थपिएपछि आवेदकहरुको पुनदर्ता अवधि सुरु भएको छ । आफ्नो टीपीएसको अवधि सन् २०१९ को सेप्टेम्बर ३० सम्म लम्बाउन चाहनेहरुले मार्च ५ देखि आगामी मे ४ सम्म पुन आवेदन दिनुपर्नेछ ।

पुनदर्ता प्रकृया, वर्क परमिटको नविकरण लगायतका विषयमा फेडेरल रजिष्टरमा विस्तृत विवरण प्रकाशित गरिएको छ । सबै आवेदकले फर्म आई ८२१ र वर्क परमिट चाहनेहरुले फर्म आई ७६५ भरेर युएससीआईएसमा बुझाउनुपर्नेछ । दुबै फर्महरु अनलाइनमा निशुल्क उपलब्ध छन् ।

तोकिएको समयमा आवेदन पुन दर्ता गराउनेहरुका सन्दर्भमा र वर्क परमिटका लागि आवेदन दिनेहरुलाई युएससीआईएसले सन् २०१९ सेप्टेम्बर ३० सम्मको म्याद भएको वर्क परमिट जारी गर्नेछ । मार्च ३१ मा सकिने वर्क परमिटको म्याद आगामी सेप्टेम्बर २७ सम्म भने स्वत थपिनेछ ।

अमेरिकी सरकारले नेपालको टीपीएसबारे भने आगामी डेढमहिनाभित्र निर्णय लिने भएको छ । नेपालको टीपीएस थप गराउनका लागि अमेरिकामा रहेको नेपाली समुदायका तर्फबाट पनि पहल भइरहेको छ, खसोखासले लेखेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *