२०७९ चैत १७ गते | 31st of March 2023

NWGN क्यालिफोर्निया च्याप्टरद्दारा १०८ औं महिला दिवस कार्यक्रम सम्पन्न

खुल्लामन्च
 प्रकाशित: २०७४ फागुन २७ गते २०:२०

अमेरिका । नेपाली महिला विश्व संजाल (Nepali Women’s Global Network (NWGN) को क्यालिफोर्निया च्याप्टरले बिगत देखि नै गर्दै आएको अन्तराष्ट्रिय महिला दिवस यो बर्ष पनि भब्य रुपमा सम्पन्न गरेको छ।

क्यालिफोर्निया राज्यको सन्निभेल शहर स्थित आयोजित उक्त कार्यक्रममा सान फ्रान्सिस्को स्टेट यूनिभर्सिटीको International and Multicultural Education की डिन, प्रोफेसर सबनम कोइराला आजाद प्रमुख अतिथि हुनुहुन्थ्यो। कार्यक्रमका अन्य अथितिहरुमा गैरआवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिका उपाध्यक्ष उमा कार्की थापा, महिला संयोजकमा इन्दिरा त्रिपाठी, लायन्स क्लब डिस्ट्रिक्ट गभर्नर राजेन थापा हुनुहुन्थ्यो। स्थानिय संघ-संस्था प्रतिनिधिहरु र नेपाली समुदायको बाक्लो उपस्थिति रहेको कार्यक्रममा मनोरन्जनात्मक प्रस्तुतिहरु समेत भएको थियो।

स्रोत : हलिवूडखबर