२०८१ वैशाख १३ गते | 25th of April 2024

प्रविधी र अवसरको एउटा गन्तब्य ; सेजल आईटी

खुल्लामन्च
 प्रकाशित: २०७४ फागुन २७ गते २३:१९

गोकुल ढकाल /सान फ्रान्सिस्को – जावलाखेलमा जन्मिएर अमेरिकामा बिगत लामो समयदेखी प्रविधि(आईटी)मा संलग्न ब्यक्तिको नाम हो, शंकर केसी । सपना बोकेरे सात समुन्द्र पारी परदेशिएको एउटा ठिटो लामो समयदेखी प्रविधिको महागाउं ‘सिलिकन भ्याली’ मा सकृय छ । दु:खले आर्जेको शिक्षा, शिक्षाले प्रदान गराएको सिप एवम दक्षता र आँफै मालिक बन्ने सपनालाई साकार पारी सिलिकन भ्यालीमा आईटीको ब्यवसायमा नेपालीहरुलाई रोजगार दिलाउने कम्पनी सिजल आईटीका मालिक हुन, शंकर केसी ।

सफ्टवयर सम्बन्धी प्रविधिका ठुला जानकार केसी बिगत २५ बर्षदेखी यो क्षेत्रमा संलग्न छन । काठमान्डौंमै सुचना प्रविधिका बिभिन्न कम्पनीका काम गरेर अनुभव संगालेका केसीले आफ्नो दक्षता भारतको हैदारावाद, दिल्ली र मद्रासका बिभिन्न कम्पनीमा देखाईसकेका छन । बिगत करिब १३ बर्षदेखी अमेरिकामा रहेर बिभिन्न कम्पनीमा सुचना प्रविधिकै काम गरेका केसी अहिले शान्दार कार्यलय सहित सुचनाको राजधानी सिलिकन भ्यालीमा सिजल आईटी कम्पनी स्थापना गरेर धेरै नेपालीहरुलाई रोजगारीको अवसर प्रदान गराईरहेका छन । Image may contain: tree, sky, house and outdoor
सेजल आईटी कार्यालय, सिलिकन भ्याली 

बैंक, गूगल, भिशा लगायत धेरै कम्पनीहरुमा काम गरेर अनुभव आर्जन गरेपछी अवसरको यो मुलुकमा आँफैंले ‘सेजल आईटी’नामक कम्पनी स्थापना गरेको बताउंछन, केसी । ‘सुचनाको यो युगमा फस्टाएको प्रविधी, आफुले आर्जन गरेको २५ बर्षको अनुभवलाई प्रवासमा सपना बोकेर आएका नेपाली जनशक्तीलाई दक्ष र सवल बनाउने अभिप्रायले सेजलको स्थापना गरेका हौं”, केसीले बताए । ‘प्रविधिको अनेकन क्षेत्र, सम्भावना र सकृयाता हुंदाहुंदै अहिले सेजल आईटी ‘मोबाईल एप्स’ प्रोजेक्ट्मा बढी ब्यस्त रहेको छ”, केसी अगाडी थप्छन ।

अवसरका सम्भावनाहरु :

सबैभन्दा बढी फस्टाएको ब्यापार सुचना प्रविधीमा दक्ष जनशक्तीलाई सेजल आईटीमा सदैव स्वागतको ढोका खुल्ला रहेको बताउंछन, केसी । कम्पनी स्थापना भएदेखी अहिलेसम्म करिब ४०० सुचना प्रविधिका दक्ष नेपालीहरुलाई रोजगार दिलाइसकेका केसी र उनको सेजल आईटी कम्पनीमा ‘बैधानिक कागज पत्र भएका, सुचना प्रविधिमा संलग्न जनशक्तीहरुको कम्पनीलाई सधैंं खांचो रहेको’ बताउछन । कम्पनीको ब्यवसायिक विस्तार, सेवाग्राहीहरुको विश्वाश र नयाँ सेवाका नयाँ चुनौतीहरुका लागि ‘सेजल आईटीलाई सदैब जनशक्तीको आबश्यकता भईरहन्छ’, केसी थप्छन – ‘अहिले पनि सेजल आईटीलाई ५० जना दक्ष प्राविधिकहरुको आवश्यकता छ ।’ उनकानुसार ‘सुचना प्रविधीमा चाख हुने र अवसर खोज्ने अमेरिकावासी नेपालीहरुले सेजल आईटीमा संपर्क गरी जानकारी लिन सक्नेछन ।’ Sejal IT

डिग्रीका प्रमाण-पत्रहरु हातमा हुंदैमा रोजगार र अवसर्हरु मिल्दैनन । जांगरिलाहरुका रुची र सकृयतालाई उत्साहित गर्न, जानकारी र सम्भव भएसम्मका अवसर दिन सेजल आईटी सदैव तयार छ, उने थप्छन । ‘मैले जनशक्ती हायर गर्दैछु कसैले भन्दैन, खुलेआम । तर सपना बोकेर अमेरिका आएका सुचना प्रविधिका जुनसुकै क्षेत्रमा काम गर्न ईच्छुक ५० जना योग्य ब्यक्तिलाई अहिले रोजगारी खाली छ, मेरो कम्पनीमा’, केसी भन्छन । ‘खादा लाएर मन्चमा भाषाण गर्ने नेताको होइन, अवसर छ, आउनुस् काम गर्नुस्, पैसा कमाउनुस् भन्नेहरुका कुरा सुन्नुपर्छ, अवसर खोज्नेवालाहरुले’, जंगिदै केसी भन्छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *