२०८१ वैशाख ८ गते | 20th of April 2024

विश्वकप छनोटमा नेपालले हङकङलाई हरायो

खुल्लामन्च
 प्रकाशित: २०७४ फागुन २८ गते १७:०५

काठमाडौं । जिम्बावेमा भइरहेको आइसीसी क्रिकेट वर्ल्डकप क्वालिफायर अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले हङकङलाई ५ विकेटले पराजित गरेको छ। समूह चरणमा पाएको पहिलो जितसँगै नेपालले वान डे स्ट्याटस हात पार्ने सम्भावना कायमै राखेको छ। यस्तै नेपालको जितपछि रनरेटमा अगाडी रहदै अफगानिस्तान समूह बी मा तेस्रो भएर सुपर सिक्स पुग्न सफल भएको छ।

नेपाल, अफगानिस्तान र हङकङको समान २ अंक भएपनि रनरेटमा अफगानिस्तान अगाडी रहेको हो। यसअघि नै घरेलु टोली जिम्बावे र स्कटल्याण्ड्स यस समूहबाट सुपर सिक्स पुगिसकेका छन्। नेपाल चौथो तथा हङकङ पाँचौ भएको छ।

बुलावायोमा स्थित क्वीन्स स्पोर्ट्स क्लबमा टस जितेर पहिले ब्याटिङ गरेको हङकङ ४८.२ ओभरमा १५३ रनमा अलआउट भएको थियो। जवाफमा नेपालले ओभरमा ५ विकेट गुमाए लक्ष्य पुरा गर्‍यो।

नेपालका लागि रोहित कुमार पौडेलले सर्वाधिक ४८ रन बनाए भने सोमपालले ३७ रनको योगदान गरे। दुवै खेलाडी नटआउट हरे।

यस्तै अनिल कुमार शाहले २६, ज्ञानेन्द्र मल्ल र दीपेन्द्र सिंह ऐरीले १२-१२ तथा कप्तान पारस खड्काले ११ रन जोडे। नेपाले ९ ओभर भित्र ४० रन बनाउँदै गतिलो सुरुवात गरेपनि अनिल शाह आउट भएपछि निरन्तर विकेट झर्को थियो।

२० ओभरमा ६६-५ को अवस्थामा रहेको नेपाललाई जितसम्म पुर्‍याउन रोहित कुमार पौडेलले सोमपाल कामीले छैटौँ विकेटका लागि

बलिङमा अइजाज खान र एहसान खानले २-२ विकेट लिए।

हङकङका लागि ओपनर निजाकात खानले सर्वाधिक ४७ रन बनाए। यस्तै एहसान खानले २५, कप्तान बाबर हायतले २०, एहसान नवाजले १३ तथा तनविर अफजलले १० रन जोडे। बाँकी खेलाडीले दोहोरो अंक छुन सकेनन्।

नेपालका लागि सन्दीप लामिछानेले ३ तथा बसन्त रेग्मी र करण केसीले २-२ विकेट लिए। १० ओभर बलिङ गरेका सन्दीपले ४ मेडन राख्दै १७ रन खर्चेर ३ विकेट लिएका हुन्। यस्तै बसन्तले १० ओभर बलिङ गर्दा ४ मेडन राख्दै २४ रन खर्चे। सोमपाल कामी र ललित राजवंशीले समान १ विकेट झारे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *