२०८१ वैशाख १३ गते | 25th of April 2024

काठमाडौंमा सवारी आतंक

खुल्लामन्च
 प्रकाशित: २०७४ फागुन ३० गते ११:०७

-लक्ष्मण सिटौला

केही दिन अगाडि पाकिस्तानी रास्ट्रपतिको नेपाल भ्रमण भएको थियो । भोलिपल्ट जुन जुन रुट बाट सवारी चलाइएको थियो ती रुटमा सवारी जाम अत्याधिक थियो । पाकिस्तानी राजदुतावास महाराजगन्जमा डेढ घन्टा सम्म सवारी आवागमन रोकिएको थियो । कार्यलय समय पनि र स्कुल समय पनि त्यतिनै बेला परेको थियो ।

स्कुल जाने बिद्यार्थी हाम्रो दुई पिरियड छुट्यो भनेर स्कुलमा फोन गरिरहेका थिए । जागीर खाने कर्मचारी हाकिमले मार्नी भए भनेर आत्तिएका थिए । हस्पिटल जान लागेका बिमारीहरु डाक्टरको एपोइन्टमेन्ट छुटयो भनेर आत्तिएका थिए । महाराजगन्ज चाबहिल हुँदै एयरपोट पुग्ने यात्रुहरू हाम्रो फ्लाईट नै छुट्यो भनेर चिच्याइरहेका थिए । ट्राफिकहरुको लाचारीपन प्रष्ट देखिन्थ्यो

नारायणगोपाल धापासी चोकको जाम बालाजु बाइपस सम्म पुगेको थियो । यात्रु यति धेरै आतंकित देखिन्थे कि कुनै ठुलो दुर्घटना वा भवितव्य हुँदै छ जस्तो । यात्रुले सरकार र नेपाल ट्राफिक लाई यति धेरै गाली गरेको मैले पहिलो चोटि सुने ।

सडकमा एउटा महाजात्रा थियोे ।

काठमाडौं उपत्यकाका ट्राफिक प्रमुख लाई मेरो निम्न प्रस्न छ ।

१ कार्यलय समयमा डेढ घन्टा देखि ट्राफिक आवागमन बन्द गर्दा त्यस्को असर बारे तपाईंले सोच्नुपर्ने थियो ।

२. धापासिमा रोकिरहेको बसको चालकलाई आएर ट्राफिक भाइले दिएको धम्कीका कारणले मेरो दिमागले काम गरिरहेको छैन अझैसम्म । ” एक बित्ता अघि सरिस भने लाइसेन्स सस्पेन्स गर्दिन्छु”। जवकी म त्यही बसमा छु र चालकले कुनै गल्ती नै गरेको थिएन। यो त शैनिक शासनमा पनि एउटा सिपाहीको यस्तो गर्जन नहोला कि बरु ?

३. बिदेशी कुटनितिज्ञको शान्ति सुरक्षाको जिम्मेवारी सरकारले लिने नाउँमा सडकको आवागमन बन्द गरि होइन । ट्राफिक ब्यावस्थापन सबल ढंगले गरेर पो हो त । सडकमा गुडिरहेको हजारौं हजार यात्रुलाई रोक्नु भनेको बगिरहेको त्रीसुली नदीको बहावलाइ थुने जस्तै हो । जम्दै गएपछि वरिपरिको किनार लाई नै भत्काउछ र पहिरो जान्छ । डेढ घन्टा बाटो रोकेपछि बसचालकहरुले नै बिद्रोह गर्न खोजेका थिए । चालकले पनि यात्रुहरूको दवाब खप्न सकिरहेका थिएनन । अहिले सामाजिक संजालमा देख्छु आजको सवारी जामले १५ लाख नेपाली प्रभावित भए भनेर । आजको घटनाको जिम्मेवार कस्ले लिने ? र यस्तो लामो अवधि गाडी रोक्ने हो भने चालक र यात्रुलाइ पुर्व जानकारी दिने कि नदिने अवका दिनहरूमा ?

केही सुझाव :
१. बिदेशी कुटनितिज्ञहरु आउँदा कुन रुट भएर सवारी चलाइने त्यस्को पुर्व जानकारी दिनु आवश्यक छ । यो गरियो भने मानिसहरू आतन्कित हुदैनन्

२.अबको सवारी आवागमन काठमाडौंको सडकले थेग्न सक्तैन त्यसैले बैकल्पिक ब्यावस्थापन बेलैमा सोचौ।

३. कार्यलय समय र स्कुल समयमा सकेसम्म भि भि आइ पि सवारी तय नगरौ जस्ले गर्दा लाखौ सडक प्रयोग कर्ताको कन्तबिजोग हुन्छ । आज जो देखियो ।

४. कम सवारी साधन गुडने रुटको प्रयोग गरौ जस्ले गर्दा ट्राफिक ब्यावस्थापन पनि सहज ढंगले गर्न सकिन्छ ।

५. सबल र सकृय ट्राफिकले सर्वसाधारणको आवागमन रोक्तैन बरु सहज ढंगले ब्यवस्थापन पो गर्छ । सरकार बिरोधि आवाज घन्किन्छ यदि यस्तै ब्यथिती भैरह्यो भने । लाखौं यात्रुलाई परेको आजको अव्यवस्थित ट्राफिक यातना बारे बुझौ सरकारले बोलाउ बिज्ञहरुलाइ सोधपुछ गर उनीहरूलाई किनकि यस्तै लापरबाही बाट नै देश अधोगती तिर जाने हो ।

६.निम्न सवारी साधनमाथी निगरानी राखु :-

पुरानो टयाम्पु :

ग्यास बाट संचालित पुरानो टयाम्पु तत्काल हटाउने र त्यस्को बदलामा ठुलो खालका सवारी साधन आयातमा भन्सार छुट दिने भनेर घोषणा गरेको पनि धेरै समय भयो तर कार्यान्वयनमा आएको छैन । पुरानो र जिर्ण अवस्थामा संचालित यी सवारी साधनहरु एयर्पोट के एम सि हस्पिटल देखि रत्नपार्क सम्म चल्छन । यी सवारी साधन पुरानो हुनाले आफै सडकका बोझ बनेर गुडिरहेको देखिन्छन् । प्रायः महिला सवारी चालक द्वारा संचालित हुनाले सम्यमता अप्नाएको त देखिन्छ तर सवारी साधन नै थोत्रो भएकोले कुनै पनि बेला अप्रीय घटना घटन सक्छ । सचेतता अप्नाउनु जरुरी छ ।

मोटर साइकल :

मोटरसाइकल युवा उमेर समुहले चलाउने भएकोले कसैले पनि लेन अनुशासनको दायित्व बहन गरेको देखिदैन । निश्चित समयमा पुग्नका लागि मोटरसाइकल भरपर्दो सवारी साधन हो तर अनियंत्रित रूपमा यस्को आयात गर्नाले सडक नै मोटरसाइकलले भरिएको देखिन्छ । नेपाल सरकारले कर असुल्ने नाउँमा बाइक आयातमा कोटा निर्धारण गर्नु जरुरी भैसकेको छ । बाइक चलाउने सडक छैन अब काठमाडौं उपत्यकामा । त्यो माथी पनि चर्काे आवाज भएको बाइकको कर्कस ध्वनि यति घातक छ कि त्यस्ले गर्दा पैदल यात्रुको मर्का सरकारले बुझेको छैन । मोटरसाइकल चालक लाई लेन अनुशासन र आयातमा नियन्त्रण गर्नु धेरै हतार भैसकेको छ ।

माइक्रो बस :

माइक्रो बसको दादागिरीको बारेमा मैले पटकपटक लेख प्रकाशित गरिसकेको छु । जथाभावी रोकिदिने र जाहातही यात्रु टिप्नेमा नम्बर एक माइक्रो बस । अनियंत्रित गतिमान चलाउने , यात्रुलाई धम्क्याउने , भाडामा एकरुपता कायम नगर्ने, महिला यात्रुलाई सम्मान पुर्वकको व्यवहार नगर्ने जस्ता थुप्रै दुर्गुणहरु छन माइक्रो बस चालकमा यस्मा नियम सङत निगरानी राख्नु जरुरी छ ।

मालबाहक ट्रक शहर प्रवेश समय तालिका :

केही महिना अगाडि मालबाहक ट्रकहरुलाइ रिङरोड र शहर प्रवेशको समय तालिका दिएको थियो । बिहान सात बजे सम्म र साझ आठ बजे पछि मात्रै प्रवेश टाइम तोकेको थियो तर त्यो नियम अहिले कार्यान्वयनमा आएको छैन । कार्यलय समयमा भारी ट्रकहरु रिङ्गरोडमा बाटो जाम गर्दै दौडिरहेको देखिन्छ । नियमन निकायले तोकेको समय तालिकालाई फलो नगर्ने सवारी धनीहरुलाइ कार्वाही किन नगरेको ?

सडकको लेन उपयोगमा कडाइ :

सडक लेन मिचेर सवारी कुदाउने चालकलाई ज्यान मुद्दा सरहको कार्वाही गर्नुपर्छ । बिदेशमा सवारी लेन मिच्ने चालकलाई सख्त कार्वाही हुन्छ । दायाँ बाट होइन बायाँ बाट लेन मिच्ने पनि छन । सवारी अनुशासन बारे स्कुल कलेजको पाठ्यसामग्रीमा नै समावेश गरि अध्ययन गराउने र त्यही प्रकारको दक्ष जनशक्ति उत्पादन गरियो भने अवस्यनै सवारी दुर्घटनामा बिस्तारै कमि आउने छ ।

ट्राफिक बत्तिको प्रयोग :

ट्राफिक बत्तीको उपयोग नेपालमा कथा भैसकेको छ । पन्चायत कालखण्डमा उपत्यकाको ब्यस्त सबै सडकमा ट्राफिक बत्तीको प्रयोग थियो । प्रजातन्त्र सगै कतिपय उद्दोग धन्दा र राम्रा नियमहरु हामीले मिच्ने काम गर्यौ । बहुदलीय सस्कृतिले हामीलाई मानवीय स्वतन्त्रता त दियो तर त्यस्को दुरुपयोग पनि त्यतिकै गर्यौ र परिणाम दिन दिनै नराम्रो निस्किरहेको छ । त्यो बेला सबले लेन अनुशासनको पालना गर्थे । ट्राफिक देखेसी सब डराउथे बत्तीको उपयोग पनि हुन्थ्यो । अहिले सडकमा डयुटिमा बसेको ट्राफिकलाई कुटपिट गर्न बेर लाउदैनौ हामी ।

नियन्त्रण र नियमन निकाय कम्जोर हुँदै गएको छ । त्यसैगरी सडकको बैज्ञानिक उपयोग ,जथाभावी यु ट्रन ,ट्राफिक ब्यावस्थापन सम्बन्धि तालीम ,जेब्रा क्रसिङ र पैदल यात्रु ,महिला सवारी चालकलाई प्रोत्साहित जस्ता कुरामा सरकारले ध्यान दिनु जरुरी भैसकेको छ । जति पनि महिला सवारी चालक छन उहाँहरुमा लेन अनुशासन , सडक उपयोग , भिडमाथीको सम्यमता, धैर्यता , बोलाइमा मिजास , र सवारी साधन माथी पुर्ण नियन्त्रण पाएको छु । सार्वजनिक यातायात सन्चालनमा महिला चालकलाई र महिला कन्डक्टरलाइ विशेष प्राथमिकता दिनुपर्छ । पुरुष चालकमा भन्दा महिला चालकमा सीप क्षमता र सम्यम्शीलता धेरै हुन्छ। सरकारले महिला सवारी चालक वृद्धिमा ध्यान पुर्यायो भने अवस्य पनि उपत्यकाको ट्राफिक ब्यवस्थापनमा राम्रो सुधार ल्याउन सक्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *