२०८१ वैशाख ७ गते | 19th of April 2024

को हुन् उपप्रमुखकी उम्मेदवार गुरुङ ?

खुल्लामन्च
 प्रकाशित: २०७४ वैशाख २७ गते १३:५५

पोखरा, २७ बैशाख ।
सञ्चार कर्मबाट ख्याती कमाएकी सरस्वती गुरुङ पछिल्लो समय स्थानीय निर्वाचनसँग जोडिएर चर्चामा छिन् । नेपाली कांग्रेसको तर्फबाट पोखरा लेखनाथ महानगरका लागि उप मेयर पदको उम्मेदवार उनले आफु निर्वाचित भए सरकारी तलब सुविधा नलिने घोषणा गरिसकेकी छिन् । उप मेयरको तलब भत्ता सडक वालवालिकाको ब्यवस्थापनमा खर्चने बताएकी उनी मतदानको दिन नचिकिदै गर्दा मतदाता रिझाउन ब्यस्त छिन् । को हुन् सरस्वती गुरुङ रु उनको ब्यक्तिगत विवरण, राजनीतिक पृष्ठभूमि र सामाजिक संलग्नता यस्तो छ-
सरस्वती गुरुङ
उपमेयरको उम्मेदवार, नेपाली काग्रेस स्  पोखरा लेखनाथ महानगरपालिका
जन्मस्थान स्  पञ्चमुल – ५, स्याङ्जा
ठेगाना स्  पोखरा लेखनाथ महानगरपालिका – १४, कास्की
जन्म मितिः २०३३/०४/०१
इमेलः [email protected]
भाषाः नेपाली, गुरुङ, अंग्रेजी, हिन्दी
शैक्षिक योग्यताः स्नातकोत्तर तह

पद र अनुभवः
अध्यक्ष, कास्की आवाज राष्ट्रिय दैनिक, पोखरा
बरिष्ठ रेडियो उद्घोषक, रेडियो अन्नपुर्ण
प्रथम उपाध्यक्ष, तमु धिं नेपाल
संस्थापक तथा प्रवक्ता, थुम्रो इन्टरनेशनल कम्पनी, प्रालि
कोषाध्यक्ष, रोटरी क्लव अफ पोखरा मिडटाउन
केन्दिय पार्षद, पत्रकार महासंघ
विदेश भ्रमणः भारत, थाइल्याण्ड, हङकङ, कोरिया
पुरस्कार-लक्ष्मी गुरुङ पत्रकारिता पुुरस्कार २०७३, लगायत दर्जनौ सम्मान तथा पुरुस्कार
राजनितिक संलग्नता
– २०६४ सालको जनआन्दोलनमा नेपाली कांग्रेस, पञ्चमूलको विद्यार्थी विभागको महिला सह संयोजक (शहिद मा.बि ,पञ्चमूल स्याङजा)
– २०४८ सालको निर्वाचनमा नेपालीकांग्रेस पञ्चमूलको प्रचार ,प्रसार सह संयोजक
– २०५१ सालको निर्वाचनमा नेपालीकांग्रेस पञ्चमूलका सांस्कृतिक संयोजक
– २०५१ सालमा स्याङजा जिल्लाको नेपाली कांग्रेस क्रियाशिल सदस्य
– २०५६ सालको निर्वाचनमा नेपाली कांग्रेसको पञ्चमूलका सांस्कृतिक संयोजक
– २०५६ साल फागुन ४ गते तत्कालिन प्रधानमन्त्री गिरिजा प्रसाद कोइराल सिरुवारी भ्रमणमा
– २०६१ सालमा नेपाली कांग्रेस कास्की जिल्लाको क्रियाशिल सदस्य
– २०६२/६३ को जनआन्दोलनमा सक्रिय भुमिका निवाह
– २०६४ देखि नेपाल पे्रस यूनियनको कास्की शाखाको क्रियाशिल सदस्य
सामाजिक संलग्नता
– तमुधिं नेपालको प्रथम उपाध्यक्ष तथा बिदेश बिभाग प्रमुख
– रोटरी क्लब अफ पोखरा मिडटाउन को कोषाध्यक्ष
– उपभोक्ता अधिकार मञ्च ,कास्की को कोषाध्यक्ष
– नेपाल पत्रकार महासघंको केन्द्रय सभासद् (सर्वाधिक मत प्राप्त)

Leave a Reply

Your email address will not be published. Required fields are marked *