२०८१ वैशाख १३ गते | 25th of April 2024

रेशम माननीय : जेलभित्रै शपथ ?

खुल्लामन्च
 प्रकाशित: २०७४ चैत ५ गते १४:१४

काठमाडौं – टीकापुर घटनाका मुख्य आरोपी रेशम चौधरीलाई ‘जेलभित्रै’ संसद सदस्यको शपथ गराउने तयारी भएको छ ।

सरकारले त्यसको वातावरण निर्माणका लागि राष्ट्रिय जनता पार्टी अध्यक्ष मण्डलका नेताहरुसँग छलफल थालेको छ । राजपाको मागका आधारमा सरकारले चौधरीलाई जेलभित्रै शपथ र निर्वाचन जितेको प्रमाणपत्र उपलब्ध गराउने तयारी गरेको छ ।

राजपा नेताहरुले चौधरीको मुद्दा फिर्ता लिन गरेको माग अस्वीकार गर्दै अदालतले गर्ने अन्तिम निर्णय नै पर्खने गरी तत्कालका लागि भने प्रमाणपत्र र शपथको वातावरण मिलाउन तयार भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *