२०८१ वैशाख २९ गते | 11th of May 2024

उपमेयर उम्मेदवार सरस्वतीले तलब नलिने

खुल्लामन्च
 प्रकाशित: २०७४ वैशाख २८ गते ५:२८

पोखरा, २८ बैशाख ।
पोखरा लेखनाथ महानगरपालिकाको उपमेयरको उम्मेदवार सरस्वती गुरुङले आफू स्थानीय निकायको चुनावमा बिजयी भए तलब सुविधा नलिने बताएकी छिन् । उनले आफूले पाउने तलब सडक बालबालिका र अनाथको शिक्षामा खर्च गर्ने प्रतिबद्धता जनाईन् । गुरुङ नेपाली काँग्रेसबाट उपमेयरको उम्मेदवार हुन् ।
‘म जनताको सेवा गर्न आएकी हु“, त्यसैले उपमेयर भएर पाउने तलब यदि मेरो जित भयो भने लिनेछैन । त्यो रकम बालबालिका पढाउनको लागि खर्च हुनेछ । सडक बालबालिका र अनाथको लागि एउटा घर बनाएर पढाउने छु’, पार्टीको चुनावी सभामा बोल्दै उनले भनिन् । उपप्रमुखको तलब मासिक ५० हजार तोकिएको छ ।
लामो समय सञ्चार क्षेत्रमा बिताएकी गुरुङले बालबालिकाको क्षेत्रमा समेत काम गरेकी छन् । उनले बालबालिकाको लागि एउटा घरको आवश्यकता रहेको भन्दै यस्तो निर्णय लिएकी हुन् । सके व्यक्तिले, नसके कुनै परिवारले र त्यो पनि नसके एक गाउँ एक बच्चा पढाउने व्यवस्था गर्ने उनको योजना छ । यसै योजना अन्तर्गत गुरुङले साथीहरुस“ग मिलेर ९ बच्चा पढाईरहेकी छिन् । ‘आफूले कमाएको १५ प्रतिशत समाजसेवामा लगाउने भनेर हामीले पहिला नै त्यसको सुरुवात गरेका थियौं । अहिले  उम्मेदवार बनेपछि मलाई झन् धेरै गर्नुपर्छ भन्ने लागेको छ’, उनी भन्छिन् ।  रेडियो र पत्रिकामा काम गर्दा सधैं अरुका समस्या देख्ने र सुन्ने बताउ“दै गुरुङले अब आफैं गर्नुपर्छ भनेर राजनीतिमा लागेको बताईन् ।
उनले सुरु गरेको अभियान अहिले कास्की, तनहु“ र स्याङ्जामा सञ्चालित छ । शिक्षा भयो भने मात्र चेतना र रोजगारको ढोका खोल्ने बताउने गुरुङले शिक्षा र स्वास्थ्यमा जोड दिएकी छिन् । पोखराका सडकमा दैनिक प्लाष्टिक सुँग्दै हिड्ने बालबालिका धेरै रहेको र तिनको भविष्य मात्र नभई शहरको सुरक्षा र सुन्दरतालाई समेत असर गरेको भन्दै गुुरुङले यो अभियान सुरु गरेकी थिईन् । उनले पोखरालाई स्मार्ट सिटी बनाउने आफ्नो योजना अघि सारेकी छिन् । प्रविधिमा जनताको पहु“च, नागरिक सहभागिता, प्रविधिमैत्री सुशासन, गतिशील सहर, फोहोरको पुनप्र्रयोग, खानेपानी र सरसफाइ, पर्याप्त उर्जा वितरण, चौबिसै घण्टा सार्वजनिक यातायात उनको प्राथमिकतामा छन् । यस बाहेक, उनको जोड शिक्षा, कृषि, पर्यटन, स्वास्थ्य र महिला सशक्तिकरणमा पनि छ ।
गुरुङ कास्की आवाज राष्ट्रिय दैनिककी अध्यक्ष, तमु धि नेपालकी प्रथम उपाध्यक्ष र थुम्रो इन्टरनेशनल कम्पनी प्रालिकी संस्थापक तथा प्रवक्ता हुन् । गुरुङले यिनै संस्था मार्फत महिला, बालबालिका र समग्र पोखराको विकासमा योगदान पु¥याउँदै आएकी छिन् । सकरात्मक सोच र विकास हाम्रै पालामा संभव छ भन्दै हाल चुनावी प्रचारमा लाग्नुभएकी गुरुङ रेडियो अन्नपूर्ण पोखराकी वरिष्ठ उद्घोषकका साथै रोटरी क्लव अफ पोखरा मिडटाउनकी कोषाध्यक्ष पनि हुन् । शिक्षा, स्वास्थ्य र पर्यटनबाट आर्थिक रुपमा शहरबासीलाई धनी बनाउने आफ्नो योजना रहेको गुरुङले बताईन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *