२०८१ वैशाख १४ गते | 26th of April 2024

शान्ति र समृद्धि काँग्रेसकै नेतृतवमा

खुल्लामन्च
 प्रकाशित: २०७४ वैशाख २८ गते ५:४०

पोखरा, २८ वैशाख ।
नेपाली काँग्रेस पोखरा लेखनाथ महानगरपालिका वडा नं. १४ ले चुनावी प्रचारप्रसारकै क्रममा चाउथे चोकमा बुधबार कोण सभा सम्पन्न गरेको छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा। शेखर कोइरालाले देश काँग्रेसमय भएकाले नेपाली काँग्रेसलाई देशैभरी रुख चिन्हमा मतदान गरी विजयी गराउनुपर्ने बताए । साथै उनले नेपाली काँग्रेसले जे बोल्छ त्यो गर्ने हुनाले नेपाली काँग्रेसकै नेतृत्वमा नेपाली जनताले शान्ति र संविधान प्राप्त गरेको हुँदा अब काँग्रेसकै नेतृत्वमा समृद्धिको अभियानलाई अगाडि बढाउनु पर्ने भएकोले काँग्रेसलाई विजयी गराउन आवश्यक रहेको बताए ।
कार्यक्रममा सभासदद्वय यज्ञबहादुर थापा र शारदा पौडेलले नेपाल काँग्रेसलाई विजयी गराए मात्र गाउँदेखि देशैभर एक साथ विकासको लहर अगाडि बढ्ने बताए ।पोखरा लेखनाथ महानगरपालिकाका मेयर पदका प्रत्यासी रामजी कुँवर र उपमेयर पदका प्रत्यासी सरस्वती गुरुङले पोखरा लेखनाथ महानगरपालिकामा आफूहरु विजयी भएमा निर्वाचित भएको १ सय दिनभित्र महानगरपालिकाभित्र चल्ने सिटी बसहरुमा वृद्धाहरुलाई निःशुल्क सेवाको व्यवस्था गर्ने बताए ।
साथै उनीहरले महानगरपालिकाभित्र अव्यवस्थित र सुकुम्बासीहरुको संख्या धेरै भएकोले उनीहरुको उचित व्यवस्थापन गर्ने समेत प्रतिवद्धता व्यक्त गर्दै इकाई १४ ले सार्वजनिक गरेको प्रतिवद्धता नेपाली काँग्रेसको विजयीसँगैपूरा गर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *