२०८० जेठ २१ गते | 4th of June 2023

दुनियाँकै सबैभन्दा ठुला सुपरस्टार अमिर खान

खुल्लामन्च
 प्रकाशित: २०७४ चैत ६ गते ११:३९

बलिउड – बलिउडका ‘मिस्टर परफेक्शनिस्ट’ आमिर खानले सफलता त्यसै हात पारेका होइनन् । उनी फिल्मको संख्या बढाउन नभई गुणस्तरमा ध्यान दिने अभिनेतामा पर्दछन् । आफ्नो खुबीका कारण आमिर आफ्नो समयका अभिनेताभन्दा धेरै अगाडि पुगिसकेका छन् ।

अब उनको अभिनयको ‘वाहवाही’ भारतमा मात्र होइन दुनियाँमा हुन थालेको छ । पछिल्लो समय चीनमा उनको फिल्मलाई चीनियाँ दर्शकले अत्याधिक रुचाउँदै आएका छन् ।

चीनमा उनी चीनियाँ अभिनेताको रुपमा सबैभन्दा धेरै हेरिने अभिनेता हुन् र विदेशी मुलुकमा आफ्नो स्टारडम साबित गर्नका लागि यो नै काफी छ । चीनमा १.४ अरब र भारतमा १.३५ अरबको जनसंख्याले आमिरलाई विश्वकै सबैभन्दा ठूलो सुपरस्टार बनाइदिएको छ ।

उनको पछिल्लो तीन फिल्म ‘पीके’, ‘दंगल’ र ‘सीक्रेट सुपरस्टार’ विश्वभरमा सबैभन्दा धेरै कमाई गर्ने ‘टप पाँच’ फिल्मको लिस्टमा सामेल छ । ‘दंगल’ ले १९०८ करोड र ‘सीक्रेट सुपरस्टार’ ले ८७४ करोडको कमाई गर्दै दुई फिल्मले चीनको बक्सअफिसमा धूम मच्चाएको थियो ।

विदेशी देशबाट प्राप्त भएको जबर्जस्त मायालाई लिएर आमिरले भनेका छन्, ‘चीनमा मेरो लोकप्रियता मात्र एक दुर्घटना थियो ।’

उनी थप्छन्, ‘कयौं व्यक्ति यो जान्दैनन् कि २००९ मा ‘३ इडियट्स’ चीनमा पाइरेसीबाट रिलिज भएको थियो । ‘पीके’ र यहाँसम्म कि टिभी शो ‘सत्यमेव जयते’ पछि मात्र चीनका दर्शकले मेरो कामलाई फलो गर्न थालेका हुन् ।’