२०८१ वैशाख ७ गते | 19th of April 2024

कांग्रेस प्रमुख सचेतकमा बालकृष्ण खाँण नियुक्त

खुल्लामन्च
 प्रकाशित: २०७४ चैत ६ गते १७:२७

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको प्रमुख सचेतकमा बालकृष्ण खाँण नियुक्त भएका छन् ।

कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले आफ्ना सदाबहार सहयोगी खाँणलाई प्रमुख सचेतक नियुक्त गरेका हुन् ।

खाँण समानुपातिकतर्फबाट प्रतिनिधिसभा सदस्य भएका हुन् । उनी पार्टीको केन्द्रीय सदस्य समेत हुन् । यसअघि प्रमुख सचेतकमा मिनेन्द्र रिजाल र मीन विश्वकर्माको चर्चा चलेको थियो ।

देउवाले यसअघिनै दलको उपनेतामा बिजयकुमार गच्छदारलाई मनोनित गरिसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *