२०८१ वैशाख ८ गते | 20th of April 2024

वातावरण मैत्री सहर बनाउँछौं-जिसी

खुल्लामन्च
 प्रकाशित: २०७४ वैशाख २८ गते ६:४७

पोखरा, २८ वैशाख ।
स्थानीय तह निर्वाचनमा आफ्नो पक्षमा मत माग्न नेकपा एमालेका उम्मेदवार यति बेला घरदैलो र चुनावी सभामा व्यस्त छन् । पोखरा लेखनाथ महानगरपालिकामा नेकपा एमालेबाट मेयर, उपमेयर, वडाध्यक्ष र सदस्य पदमा उम्मेद्वारसहित नेता कार्यकर्ता सक्रिय रुपमा जनता समक्ष मत माग्न पुगेका छन् । विभिन्न वडाले घरदैलो, ¥याली, कोण सभा गरिरहेका छन् भने मेयर मानबहादुर जिसी र उपमेयर मञ्जुदेवी गुरुङ चुनावी तालिका बनाएर भोट माग्न व्यस्त छन् ।
एमालेका मेयर पदका उम्मेद्वार जिसीले पोखरालाई वातावरण मैत्री सहरका रुपमा विकास गरेर धुवाँ धुलो र मास्करहित सहर बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । ‘हरियालीलाई प्रवद्र्धन र प्रदुर्षण मुक्त सहर बनाउने यनोजा ल्याउँछौ,’ उनले भने,‘स्वच्छ, सुन्दर र सफा महानगर बनेपछि कसैले पनि मुखका मास्क लगाएर हिड्न पर्दैैन । ’ उनले महानगर भित्र निस्कने फोहोरलाई पनि उचित व्यवस्थापन गर्ने बताए ।
‘फोहोरलाई रिसाइकलिङ (पुन प्रयोग गर्ने) प्रविधि ल्याएर नमुना महानगर बनाउने योजना छ,’ उनले भने,‘ वातावरण मैत्री सहर बनाउन एक घर दुई रुख भन्ने नीतिलाई कडाइ गरिने छ ।’ महानगरवासीको सर्वोपरी हितलाई ध्यानमा राखेर काम गर्ने उनको भनाइ छ । जिसीले भौगौलिक हिसावले देशकै सबैभन्दा ठूलो महानगरमा समानुपातिक विकास योजना बनाएर काम गर्ने बताए । ‘पोखरालाई पर्यटन, शिक्षा, स्वास्थ्य र मनोरञ्जनको प्रमुख केन्द्रको रुपमा विकास गर्नुेतर्फ अर्जुनदृष्टि लगाएर काम गर्छु,’ उनले भने,‘ इगभर्नेस सेवासहितको सूचना प्रविधिमा आधारित स्मार्ट सहर बनाउने छाड्ने अठोट लिएको छु ’ ।
उपमेयरका उम्मेदवार मञ्जुदेवी गुरुङले आम मतदाताको सुुझावलाई समेट्दै पोखराको विकासका लागि अल्पकालीन र दीर्घकालीन योजना बनाउन काम गर्ने बताइन् । उनले पोखराका सबै वडामा नियमित रुपमा सवारी सधान सञ्चालन गर्न मिल्ने गरी सडक सञ्जालले जोड्नतर्फ प्राथमिकता दिने बताइन् । नेकपा एमालेले अघि सारेको समृद्ध देश र सुखी जनताको नारालाई साकार पार्न मतदाताले आफूलाई मतदान गर्ने विश्वास उनको छ । गुरुङले नागरिकलाई क्षमता अनुसारको रोजगारी उपलब्ध गराउने योजना एमालेसँग रहेको बताइन् । उनले भनिन्, ‘वेरोजगारलाई भत्ता उपलब्ध गराई समृद्ध र समुन्नत सहर बनाउन लागि पर्नेछु ।’ गुरुङले सिंह दरवारको अधिकार नगर र गाउँमा आएकोले विकास निर्माण र पूर्वाधारलाई प्राथमिकतामा राखेर काम गर्न एमालेलाई जिताउन आग्रह गरिन् । घरदैलो तथा चुनावी सभामा वडा नम्बर ६ हेमकुमार श्रेष्ठ, २० का अध्यक्ष सीम गुरुङ, २२ अध्यक्ष मित्रलाल बराल, २३ दामबहादुर विकले वडाको विकासमा लागि पर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
उम्मेद्वारसँगै चुनावी सभा तथा घरदैलोमा एमालेका नेताहरू सोमनाथ अधिकारी प्यासी, गणेश तिमिल्सेना, तुलबहादुर गुरुङ, रवीन्द्र अधिकारी, सीता गिरी ओली, चूडामणि जंगली, खगराज अधिकारी, कृष्ण थापा, श्रीनाथ बराल, राजीव पहारी लगायत सहभागी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *