२०८१ वैशाख १३ गते | 25th of April 2024

आईपिएलका लागि सन्दिप मंगलवार भारत जाँदै

खुल्लामन्च
 प्रकाशित: २०७४ चैत १२ गते ११:४६

काठमाडौँ – नेपाली युवा स्पीनर सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग (आईपिएल) क्रिकेटमा सहभागी हुन मंगलबार भारत प्रस्थान गर्दैछन्।

१७ वर्षीय सन्दीपलाई दिल्ली डेयर डेभिल्सले २० लाख भारतिय रुपैयाँमा आबद्ध गरेको हो । उनी आईपीएलमा आबद्ध हुने पहिलो नेपाली खेलाडी हुन्।

नेपालले खेलेका पछिल्ला दुई अन्तर्राष्ट्रिय प्रतियोगिता आईसिसी वर्ल्ड क्रिकेट लिग डिभिजन टू र विश्वकप छनोटमा सन्दीप टोलीका सर्वाधिक विकेट लिने खेलाडी बन्न सफल भएका थिए ।

आईपीएलको आगामी संस्करण अप्रिल ७ देखि सुरु हुँदै छ। त्यस अघि टोलीको करिब दुई साता लामो प्रशिक्षणमा सन्दीप सहभागी हुनेछन्। सन्दीप एक नम्बरको जर्सी लगाएर प्रतियोगिता खेल्दैछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *