२०८१ वैशाख ४ गते | 16th of April 2024
[gam_ad_position alias='home-header-logo-right']
[gam_ad_position alias='home-after-main-menu']
[gam_ad_position alias='home-after-main-menu']

‘पोखरा खेलकुदको शहर, काँग्रेसको रहर’

[gam_ad_position alias='home-after-breking-news']
[gam_ad_position alias='home-after-breaking-newsmobile']
खुल्लामन्च
 प्रकाशित: २०७४ वैशाख २८ गते १०:५५

पोखरा, २८ बैशाख ।
शिक्षा, स्वास्थ्य, पर्यटन र खेलकुदको शहर, पोखरा । आन्तरिक तथा बाह्य पर्यटक सबैको रोजाई नै पोखरा हुने गरेको छ । पछिल्लो समय खेलकुदको गतिविधिले अझै पोखरालाई पर्यटकीय दृष्टिकोणबाट समेत उचाईमा पु¥याएको छ । साहसिक पर्यटन प्याराग्लाइडिङ, जिप फ्लायर, बन्जी जम्प, रक क्लाइम्बिङ, क्यान्योनिङ, हाईकिङ र जलयात्राको लागि उपयुक्त मानिन्छ, पोखरा । फुटबल, क्रिकेट, गल्फले पनि वर्षेनी आन्तरिक तथा बाह्य पर्यटनलाई प्रवद्र्धन गरिरहेको छ । वर्षेनी आयोजना गरिने विश्वकपस्तरीय प्याराग्लाइडिङ च्याम्पियनसिपले पोखराको पर्यटनमा आयाम थपिदैं गएको छ ।
खेलकुद मार्फत पर्यटकीय आकर्षण बढिरहेपनि पोखरामा खेल पर्यटनको लागि आवश्यक पुर्वाधार भने बन्न सकेको छैन । पोखराको समृद्धीका लागि खेलकुद महत्वपूर्ण पक्ष हुने बिज्ञहरु बताउँछन् । यद्यपी यसको प्रयोग भने हुन सकेको छैन । अन्तराष्ट्रियस्तरको क्रिकेट पवेलियन, फुटबल प्यारापिट निर्माणको आवश्यकता छ । स्पोर्टस टुरिज्मका लागि नेपाली काँग्रेस कास्कीले यतिबेला सबैभन्दा महत्वपूर्ण अभियानको रुपमा उठाएको छ । स्थानीय तहको चुनाव नजिकिएसँगै काँग्रेसले मुख्य एजेण्डाको रुपमा खेलकुदलाई देखाएर मत मागिरहेको छ ।
गत वर्ष पोखरा रंगशालामा बेलायतसँगको सम्बन्ध दुईसय बर्ष पूरा भएको अवसरमा मैत्रीपुर्ण क्रिकेट आयोजना भयो । बेलायतको मेर्लिबोन क्रिकेट क्लबसँग सन् २०१५ डिसेम्बरको मध्यमा पोखराले मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता खेल्यो । पोखरासम्म मेर्लिबोन क्रिकेट क्लबलाई डो¥याउने जिम्मेवारी भने प्रशान्त कुँवरको थियो । पोखरामा अन्तराष्ट्रिय क्रिकेटको सम्भावना देखेर नै उनले व्यक्तिगत रुपमै समन्वय गरी पोखरासम्म अन्तराष्ट्रिय क्लबलाई भित्र्याए । क्रिकेटकै माध्यमबाट पोखरालाई अन्तराष्ट्रिय स्तरमा स्पोर्टस टुरिज्म सिटीको रुपमा विकास गर्नु उनको सपना छ । अब भने त्यही सपनालाई पुरा गर्ने अभियानमा छन् उनी । आफना बावुलाई पोखरा लेखनाथ महानगरपालिकाको मेयर बनाएर त्यो सपना पुरा गर्न चाहन्छन्, कुवँर ।
उनका बावु रामजी कुँवर नेपाली काँग्रेसको तर्फबाट महानगरको मेयरका उम्मेदवार बनेका छन् । ‘पोखरा आफैंमा पर्यटकीय शहर हो । अन्तराष्ट्रिय शहरसँग जोड्ने बलियो माध्यम चाँहि खेलकुद हो ।’ उनले भने– ‘खेलकुदको लागि पोखरा बातावरणीय हिसाबले पनि उपयुक्त छ । मात्र कमी भौतिक पुर्वाधार हो ।’ भौतिक पूर्वाधार तयार गर्न सके बर्षेनी लाखौं पर्यटक पोखरा भित्रिने कुवँरले बताए ।
नेपाली काँग्रेसले पनि सुविधासम्पन्न भौतिक संरचना बनाएर पोखरालाई अन्तराष्ट्रिय स्पोर्टस टुरिज्मको हब बनाउने लक्ष्य लिएको । प्रशान्त यतिबेला काँग्रेसबाट मेयरमा उम्मेदवारी दिएका बाबु रामजी कँुवरको चुनावी प्रचारमा व्यस्त छन् । ‘महानगरमा आधुनिक रंगाशाला र अन्तराष्ट्रियस्तरको क्रिकेट मैदान बनाउने हाम्रो लक्ष्य हो ।’मेयरका उम्मेदवार कुँवर भन्छन्–‘काँग्रेसले जित्यो भने पाँच वर्षभित्र खेलकुदका सबै पुर्वाधार तयार गर्छौ ।’
काँग्रेसले महानगरका उपयुक्त स्थानहरुमा खेलकुदको आवश्यक पुर्वाधार तयार गर्ने प्रतिबद्धता जनाएको छ । ‘पोखरा हरेक खेलका लागि उपयुक्त गन्तव्य हो ।’ उनले थपे– ‘अबको पाँच वर्षभित्र शहर खेलकुदमय बन्ने छ ।’ तीन दिनपछि आईतबार पहिलो चरणको स्थानीय तहको निर्वाचन हुदैंछ । काँग्रेसले मेयरमा रामजी कुवँर र उपमेयरमा सरस्वति गुरुङलाई उम्मेदवार बनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

[gam_ad_position alias='home-after-main-news']
[gam_ad_position alias='home-after-main-news']
[gam_ad_position alias='home-above-rajniti']
[gam_ad_position alias='home-above-rajniti-mb']