२०८१ वैशाख ८ गते | 20th of April 2024

एशियाका उत्कृष्ट युवाको सुचीमा नेपालका तिन जना

खुल्लामन्च
 प्रकाशित: २०७४ चैत १४ गते ५:१६

अमेरिका- विश्वका धनी र प्रभावशाली व्यक्तिलाई स्थान दिदैं आएको फोब्र्स पत्रिकाले मंगलवार जारी गरेको एशियाका सन् २०१८ का प्रभावशाली युवा सुचीमा नेपालका तीन जना परेका छन् ।

विभिन्न १० विद्यामा ३०० जना उत्कृष्ट ३० वर्ष भन्दा कम उमेरका युवालाई समेटेर उक्त सूची बनाइएको हो । उक्त सुचीमा चीन र भारतका युवाको दवदवा छ । एशिया प्रशान्त क्षेत्रका २४ देशका युवा उत्कृष्ट सुचीमा परेका छन् । 

उक्त सूचीमा नेपालबाट उद्योग, उत्पादन र ऊर्जा क्षेत्रबाट २८ वर्षीय अन्जल निरौला, सोसियल इन्टप्राइजेज अर्थात् सामाजिक उद्यम विद्यामा कञ्चन अमात्य र आयुसी केसी सुचीमा परेका हुन् । २३ वर्षीय कञ्चन अधिकारकर्मी र सामाजिक उद्यमीका रूपमा काम गरेको फोब्र्सले उल्लेख गरेको छ ।

कञ्चन दिगो मत्स्य खेती अभियान नामक संस्थाकी स्थापक हुन् । यो संस्थाले खाद्य समस्या समाधानका लागि दिगो मत्स्य पालनलाई अगाडी बढाएको छ । ग्रामीण क्ष्ँेत्रका पछाडि परेका महिला र कृषकलाई साना उद्यमी बनाउने अभियानमा कञ्चन क्रियाशील छन् । उनका कामलाई अमेरिकाका पूर्व राष्ट्रपति बिल क्लिण्टन लेपनि प्रशंसा गरेका थिए । उनी संयुक्त राष्ट्रसंघमा महिलालाई आर्थिक शशक्तिकरण अभियानसँग पनि आबद्ध भएकी थिइन । 

२८ वर्षीय आयूसी नेपालमा प्रयोग पछि फालिने खालीसीसी डटकम संस्था मार्फत फोहर व्यवस्थानमा सक्रिय छिन् । अमेरिकी सहयोग नियोग युएसएडकी पूर्व कर्मचारी आयूसीको यो संस्थाले फालिने फोहोर व्यवस्थापन र पुर्नउपयोगमा काम गर्छ । काठमाडौँका होटल, रेष्टुरेण्ट, निजी आवास लगायतका स्थानबाट निक्किने नकुहिने फोहोरलाई पुर्नप्रयोगमा ल्याउन खालीसीसी डटकमले काम गर्दै आएको छ ।

अन्जल निरौला ग्रामीण क्षेत्र जहाँ विद्युत सुविधा पुगेको छैन त्यहाँ सौर्य ऊर्जा मार्फत उज्यालो दिने क्षेत्रमा कार्यरत छन् । घाम पावर कम्पनीका प्रबन्ध निर्देशक २८ वर्षीय निरौलाले आफ्नो निजी कम्पनी मार्फत देशका विभिन्न स्थानमा करिब २ हजार सौर्य ऊर्जा परियोजना बनाएर साढे दुई मेगावाट विद्युत उत्पादन गरी उपयोगमा ल्याएका छन् । यसले ग्रामीण क्षेत्रमा मट्तिेल,र दाउराको उपयोगलाई कम गरेर वातावरणलाई फाइदा पुर्‍याएको छ ।

सौर्य ऊर्जा दिगो पनि छ । अन्जल विश्व ऊर्जा काउन्सिल फ्यूचर इनर्जी लिडर्स प्रोग्रामका सदस्य पनि हुन् । नेपालमा अझै ३० प्रतिशत जनसंख्यामा विद्युत् सुविधा पुगेको छैन । यी क्षेत्र प्राय दुर्गममा छन् । घाम पावर त्यही दुर्गम क्षेत्रमा कार्यरत छ ।


फोब्र्सले तीन वर्ष अघि देखि यस्तो उत्कृष्ट युवाको सुची सार्वजनिक गर्दै आएको हो । विभिन्न स्रोत र सम्पर्क व्यक्तिहरूबाट प्राप्त हजारभन्दा बढी नामबाट ३०० जना उत्कृटको नाम छनौट गरिएको फोब्र्सले जनाएको छ । गत वर्ष यो सूचीमा नेपालका ५ जना युवा परेका थिए । यी युवाहरू फोब्र्सले आयोजना गर्ने सम्मेलनमा भाग लिई अनुभव साटासाट गर्ने अवसर पाउने छन् ।

अमेरिका मुख्य कार्यालय रहेको फोब्र्सले प्रकाशित गर्ने धनीको सुची चर्चित छ । त्यसमा नेपालका विनोद चौधरीपनि परेका छन् ।
स्रोत : हिमालयखबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *