२०८१ वैशाख ८ गते | 20th of April 2024

नेपाली छोरो डेमोक्याट्रिक उम्मेदवार ह्यारी भन्डारीको अभियानमा न्यूयोर्कमा कार्यक्रम

खुल्लामन्च
 प्रकाशित: २०७४ चैत १८ गते १७:०८

अंकुर लुईंटेल/न्युयोर्क – अमेरीकी भुमिमा दिनप्रतिदिन बढ्दै गइरहेको नेपालीहरुको आगमन र बसाईलाई व्यवस्थित, संबृद्ध र समयानुकुल बनाउने उद्देश्य अनुरुप बिस्तारै नेपाली डायस्पोराबाट अमेरीकी मुल राजनीतिमा सहभागिता हुने क्रम बढ्दो छ । पछिल्ला बर्षहरुलाई मुल्यांकन गर्ने हो भने नेपाली समुदायबाट अमेरीकी राजनीतिमा प्रतिष्पर्धा गर्नेहरुको संख्या बाक्लै छ यद्यपी जुन रुपमा प्रतिष्पर्धा भइरहेको छ सो अनुरुप सफलता भने कमै प्राप्त भएका छन् ।

यहि परिदृष्यलाई मनन गर्दै न्युयोर्कको हिमालयन डेमोक्रेटिक क्लवले नेपालको छोरो जो मुलधारको अमेरीकी राजनीतिमा सम्भवत अहिलेसम्मकै माथिल्लो तहमा चुनावी प्रतिष्पर्धा गरिरहेका ह्यारी भण्डारीको सफलताका लागि ‘ह्यारी निर्वाचन सहयोग अभियान’ नै शुरुवात गरेको छ ।

न्युयोर्कको क्विन्सस्थित Spice Kitchen Restaurent, 71-04 Grand Ave, Maspeth, NY, 11378 मा आयोजित सो समारोह ह्यारी भण्डारीका लागि स्टेट बाहिर गरिएको पहिलो र अर्थपूर्ण कार्यक्रम हो । कार्यक्रममा राजनीतिक, सामाजिक, कानूनी बिज्ञ, व्यवसायी लगायत न्यूयोर्कमा सक्रिय संस्थाका प्रमुख र प्रतिनिधीहरुका साथमा बिभिन्न क्षेत्रबाट प्रतिनिधित्व गर्नुहुने व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।

कार्यक्रम आयोजक संस्था हिमालयन डेमोक्रेटिक क्लवका अध्यक्ष मोहन ज्ञवालीको संयोजकत्वमा भएको थियो । भन्डारीको सहयोगका लागि नेपाली हातहरु एक हुन सबै लाग्नुपर्ने वताउंदै डा. तारा निरौला र श्याम कार्कीले शुभकामना व्यक्त गर्नुभयो । चुनौती, सम्भावना र अवसरको त्रिवेणी संयुक्त राज्य अमेरीकामा मुलधारको राजनीति बडो अनौठोको छ । राजनीतिका लागि राजनीति नहुने अमेरीकामा राजनीतिको मेरुदण्ड भनेकै समाज, समुदायिक बिकास र समाजसेवालाई मानिन्छ । तल्लो तहदेखि माथिल्लो तहसम्म पुग्नका लागि ठुलो लगाव र समाजप्रतिको उत्तरदायित्वसंगै दिएको योगदानलाई कसी मानिने अमेरीकी मुलधारको राजनीतिमा क्रमशः माथी उक्लँदै गरेका नेपाली मुलका अमेरीकन ह्यारी भण्डारी आफ्नो क्षेत्रमा पाका र अनुभवी लिडर मानिन्छन् । 

मेहनत, इमान्दारिता र धैर्यताका खानी ह्यारी भण्डारी प्राध्यापन पेशामा सक्रिय छन यसर्थ के कसरी समाज र समुदायको रुपान्तरण गर्नुपर्छ भन्ने ज्ञान उहाँमा पूर्ण छ । यहि कारण हरेक बाबुनानीले उत्कृष्ट र गुणस्तरीय शिक्षा पाउनुपर्छ, अत्यन्त कम वा निशुल्क ट्युसनका लागि उहाँले निरन्तर पहल गर्दै आउनुभएको छ । हरेक बिषयलाई प्वाइन्ट आउट गर्दै मेरील्याण्ड हाउस अफ डेलिगेट्स डिष्टिक ८ मा डेमोक्रेट उम्मेदवारी दिनुभएका स्पष्ट वक्ता ह्यारी भण्डारी साउथ एशियन समुदायका प्यारो हुनुहुन्छ ।

अमेरीकामा अझैपनि ४७ प्रतिशत नेपाली गरिबीको रेखामुनि रहनु अत्यन्त दुखद रहेको ह्यारी बताउँछन् । युयसखवरसंग संक्षिप्त कुरा गर्दै राजनीतिज्ञ ह्यारीले भन्नुभयो, समग्रमा नेपाली समुदायको जिवनस्तर सवल र सुदृढ बनाउने मेरो उद्देश्य हो । यसका लागि सबैलाई दक्षता अनुसारको काम र बालबच्चाका कारण अड्किएर बस्नुहुनेहरुका लागि युनिभर्सल प्रिकेको ब्यबस्था गर्न लागिपर्ने उहाँको अठोट छ । शिक्षा, स्वास्थ्य, खानेपानी, परिस्कृत रोजगार लगायत समुदायका सामाजिक परिवर्तनका एजेण्डा नै ह्यारीका बलिया पक्ष हुन् ।

मेरील्याण्डको तल्लो सदनमा प्रतिनिधित्व गर्न यसअघि पनि प्रतिष्पर्धी रहेका ह्यारी परिपक्क योजनाकार मानिन्छन् । नेपाली समुदायमा अमेरीकाका लागि परिचित व्यक्तित्व ह्यारी भण्डारीले आउँदो जुन २६ मा हुने प्रारम्भिक निर्वाचनमा विजय हात पारे नेपाल, नेपाली समुदाय, दक्षिण एशियाली कम्युनिटी र समग्र मेरील्याण्डबासीले बिकासमा नविनतम अनुभुत हुने किसिमले कार्ययोजना तय गरेको उहाँले उल्लेख गर्नुभयो ।
त्यस्तै मेरील्याण्ड राज्यको मौजुदा कानून अनुसार समाज र समुदायका विभिन्न आयामलाई गतिशिल बनाउँदै अमेरीकी राजनीतिमा अझै उचाई मापन गर्ने दृढताका साथ अघि बढेको ह्यारीले बताए ।

आफ्नो लागि भन्दा पनि हाम्रै समुदायको दाजुभाई तथा दिदीबहिनीहरुका लागि ज्यादा सोच्ने ह्यारी हाल चुनावी क्याम्पेन कार्यालय स्थापना गरेर तिब्र प्रचारप्रसारमा जुटिसकेका छन् । नजिकै आइरहेको प्रारम्भिक चुनावलाई मध्यनजर गर्दै न्युयोर्कको हिमालयन डेमोक्रेटिक क्लवले ह्यारीकै सहयोग र प्रचारप्रसारका लागि कार्यक्रम गरेकोमा उनी खुशी र उत्साहित छन् । न्युयोर्कबाट शुरु भएको यो उत्साहलाई निर्वाचनको सकारात्मक परिणामसंगै विजयोत्सवसम्म कायम राख्न ह्यारी क्रियाशिल छन् । अहिले एउटा ह्यारी भण्डारी भन्दापनि एउटा नेपालीको छोरो जो सम्पूर्ण नेपालीहरुको गर्व हो, नेपालको शान हो, समग्र नेपालको प्रतिनिधित्व हो भनेर तपाँई हामी सबैले सकेको सहयोग गर्नुपर्ने हिमालयन डेमोक्रेटिक क्लवका अध्यक्ष मोहन ज्ञवालीको धारणा छ । अन्य राज्यमा पनि सकेको सहकार्य र कार्यक्रम आयोजनाका लागि अभिप्रेरित गर्ने अध्यक्ष ज्ञवालीले बताउनुभयो । यता निर्वाचनमा ब्यस्त रहेका डेमोक्रेटिक लिडर ह्यारी भण्डारीले पनि समुदाय र संघ संस्थाले आयोजना गर्ने कार्यक्रमहरुमा आफ्नो सदैव सहभागिता रहने प्रतिवद्धता जनाएका छन् । न्युयोर्कमा शनिवार हुने कार्यक्रममा सबै क्षेत्र र तहका व्यक्तित्वहरुलाई आमन्त्रण गर्दै युवा उम्मेदवार ह्यारीले भने, आज म उम्मेदवार छु, भोली म जस्ता कैयन उम्मेदवारलाई अमेरीकी मुलधारमा स्वागत गर्ने मेरो लक्ष्यलाई तपाँइहरुको सहयोग अपरिहार्य छ ।

‘रुपान्तरण’ कार्यक्रमका प्रस्तोता चर्चित पत्रकार अकुर लुईंटेलले संचालन गरेको कार्यक्रममा वरिष्ठ अधिवक्ता खगेन्द्र जिसी, नेपाली जनसम्पर्क समितिका सभापति आनन्द विष्ट, एनआरएन न्यूयोर्कका सभापति रामहरी अधिकारी लगायतका व्यक्तिहरुले शुभकामना व्यक्त गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *