२०८१ वैशाख ७ गते | 19th of April 2024

९ बैशाखमा एमाले-माओवादी पार्टी एकता

खुल्लामन्च
 प्रकाशित: २०७४ चैत २१ गते १७:२२

काठमान्डौं – एमाले–माओवादी केन्द्रबीच एकताको आधार तयार पार्न गठन गरिएका दुबै कार्यदल भङ्ग भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एकता संयोजन समितिको बैठकले दुबै कार्यदल भङ्ग गरेको हो। दुईमध्ये माधव नेपाल संयोजकत्वको कार्यदललाई राजनीतिक–बैचारिक र रामबहादुर थापा नेतृत्वको कार्यदललाई संगठनात्मक स्वरुप र विधान निर्माण कार्यदलको जिम्मा दिइएको थियो।

७ फागुनमा गठित दुबै कार्यदलले ९ बैशाखमा पार्टी एकता गर्नुपर्ने रायसहितको प्रतिवेदन दिएका छन्। तर जनयुद्धलाई हेर्ने दृष्टिकोण, चुनाव चिन्ह र पदीय भागबण्डाका विषयमा अझै दुई पार्टीबीच सहमति जुटिसकेको छैन। आजको बैठकले मिल्न बाँकी विवाद २२ चैत्रमा अर्काे बैठक बसेर समाधान गर्न निर्णय पनि गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *