२०८१ वैशाख १२ गते | 24th of April 2024

कुन्जुसोमका तामाङ विद्यार्थीलाई साझा प्रयास नेपालको सहयोग

खुल्लामन्च
 प्रकाशित: २०७४ चैत २८ गते १९:२५

काठमान्डौं – साझा प्रयास नेपालको आयोजनामा ललितपुरको कुन्जुसोम गाउँपालिकामा रहेको बाघ भैरव माध्यामिक विद्यालयमा अध्ययनरत १ सय ३० जना विद्यार्थीलाई नि:शुल्क शैक्षिक सामाग्री वितरण गरिएको छ । कन्जुसोम मुलुककै पहिलो तामाङ गाउँपालिका हो । आर्थिक रुपमा विपन्न विद्यार्थीहरुको पठन पाठनमा सहयोग गर्ने योजना अनुसार यसरी निशुल्क शैक्षिक सामाग्री वितरण गरिएको साझा
प्रयास नेपालका अध्यक्ष सुवास लामाले जानकारी दिनुभयो । 

निशुल्क शैक्षिक सामाग्री सहित खेल सामाग्री पनि पाएका विद्यार्थीहरुले महत्वपूर्ण सहयोगका लागि साझा प्रयास नेपाललाई विशेष धन्यवाद दिएका छन् । विगतमा पनि विभिन्न शैक्षिक संघ संस्थाहरुलाई निशुल्क शैक्षिक सामाग्री वितरण गरेर सहयोग गर्दै आएको साझा प्रयास नेपालले आगामी दिनमा पनि यस्तो कार्यक्रमलाई निरन्तरता दिने संस्थाका अध्यक्ष सुवास लामाले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *