२०८१ वैशाख १३ गते | 25th of April 2024

नेपाल डे परेडमा एकता लागि एनआरएन अमेरिकी नेताहरुको आह्वान

खुल्लामन्च
 प्रकाशित: २०७४ चैत २८ गते १९:४६

न्यूयोर्क – मुलुक चिनाउने एउटा भब्य कार्यक्रम ‘नेपाल परेड -२०१८’ मा देखिएको आन्तरिक खिचातानी, पदिय आकांक्षा, वैमनश्यता त ब्यक्तिगत लडाईंले संसारको प्रसिद्ध ब्यापारीक केन्द्र न्यूयोर्क नगरले ‘नेपाल परेड डे’ मनाउन गरेको सहयोग र हातेमालो धरापमा पर्ने देखिएको छ । न्यूयोर्कमा ब्यक्ती, जात र खिचातानीले विवादमा रहेको प्रसिद्ध नेपाल परेड डे का लागि बिभिन्न विवादहरु सिर्जित छन ।

अमेरिकामा प्रवासी नेपालीको सबैभन्दा ठुलो संगठन एनआरएन अमेरिकाले देश र नेपालीको ईज्जतसंग जोडीएको परेड डे को बिषयलाई सफल बनाउन एकताको हात फैलाउन पर्छ भन्ने आवाजहरु उठिरहेको बेलामा एनआरएन अमेरिकाज संयोजक गौरीराज जोशी, उप-संयोजक नविन शेरचन, एनआरएन अमेरिकाका अध्यक्ष डा. केशब पौडेल र एनआरएन अमेरिका, न्यूयोर्क च्याप्टरका अध्यक्ष रामहरी अधिकारीले संयुक्त वक्तब्य प्रकाशित गरी एकताको हात फैलाएका छन ।

एनआरएन अमेरिकाका नेताहरुको संयुक्तस वक्तब्य :

आदरणीय विभिन्न संघ संस्थामा आवद्ध नेतृत्वगण,
आदरणीय सामाजिक अभियन्ता,
आदरणीय वुद्दिजीवी वर्ग,
आदरणीय व्यवसायी वर्ग,
आदरणीय पत्रकारज्युहरू,
आदरणीय प्रवासमा रहनुहुने सम्पूर्ण नेपाली जनसमुदायहरू;

“नेपाल डे परेड” अमेरिकामा विगत दुई वर्ष देखि न्युयोर्कमा मनाइदै आइरहेको कुरामा हामी सवैमा विदितै छ। विगतका वर्षमा संयोजन गर्नु हुने सवै संघसंस्था र नेतृत्व गण जसले सफलतापूर्वक कार्यक्रमलाई सम्पादन गर्नु भयो निःसन्देह वँहाहरू वधाइका पात्र हुनुहुन्छ । एनआरएनए (आइसीसी) एनआरएनएनसीसी-युएसए, स्थानीय च्याप्टर न्युयोर्कका तर्फवाट सो कार्यक्रम संपादन गर्न हर तरहवाट सहयोग पनि गरिएको कुरा हामी सबैमा बिदितै छ। एनआरएनए नेपालीमात्रको साझा संस्था हो । यो संस्थालाई साझा संस्थाको रूपमा अझ विकसित तुल्याउँदै लग्नु पर्ने आजको आवश्यकता पनि छ। समाजका विभिन्न वर्ग, संघ संस्था र समुदायसंग मिलेर समायोजन गर्दै “नेपाल डे परेड” जस्तो प्रवासमा नेपाली पहिचानलाई चिनारी गराउने , नेपाली संस्कृति र सभ्यतालाई जीवन्तता दिने महत्वपूर्ण कार्यक्रम हो भन्नुमा दुइमत नहोला। प्रवासमा गरिने “नेपाल डे परेड” लाई अझ गरिमायुक्त, व्ववस्थित र सफल वनाउनु हामी सवैको दायित्व पनि हो । अपेक्षित सफलताका लागि प्रवासमा रहने जो कोही नेपाली व्यक्ति वा समुदाय एकत्रित भएर अघि वढ्नु ज़रूरी हुन आउँछ । यस दृष्टिकोणले एनआरएनए (आई सीसी, एन सीसी एवं न्युयोर्क च्याप्टर) को संयोजन तथा विभिन्न संघसंस्थाहरूको सामूहिक आयोजनामा “नेपाल डे परेड ” आयोजना गर्दा हामी अवश्यमेव सफल हुन सक्दछौं । समाजका विभिन्न क्षेत्रवाट एनआरएनए साझा संस्था भएकोले सो संस्थाले समन्वय गरी प्रवासमा रहनु हुने सम्पूर्ण नेपालीमात्रको एकल र प्रभावकारी “नेपाल डे परेड” जो राष्ट्रिय महत्वको कार्यक्रम हो भव्य रूपमा सम्पादन गर्नु ज़रूरी छ । यो नेपाली मात्रको गौरवको विषय हो। “नेपाल डे परेड” पहिला सफलताकासाथ सम्पादन गर्नुहुने नेतृत्वको अनुभव, नेपाल सरकारसंग आवद्ध एनआरएन जसको असीमित परिधि छ समष्टीगत रूपमा एक भएर जाँदा यसले वृहत्तर आयाम लिन सक्नेछ । यसको परिधि असीमित हुनेछ। नेपाल देखि विश्वका ७८ राष्ट्र सम्म नेपाली गरिमाको रक्त संचार हुन सक्दछ। यस अर्थमा सम्पुर्ण सामाजिक अभियन्ता लगायत जनसमुदाय एनआरएनएको संयोजन तथा अन्य संघसंस्थाका संयुक्त आयोजनामा “नेपाल डे परेड २०१८” न्यूयोर्कवाट शुरू गरी सम्भावना भएका अन्य राज्यमा पनि गर्दै जाऊँ भनी आह्वान गर्न चाहन्छौ।

आयोजित कार्यक्रम कसरी प्रभावकारी तुल्याउने भन्ने विषयमा वृहत्तर छलफल गर्नका लागि संघसंस्थाका नेतृत्वगण संग यथा शीघ्र मिटिगं राखिने र पत्रकार सम्मेलन समेत गरिने कुरा जानकारीका लागि अनुरोध छ । हामीले विविधतामा एकता र वाद विवाद विच समन्वय, समझदारी र राष्ट्रिय र सामूहिक हितलाई सर्वोपरि राखी हिड्नु पर्दछ। सवैको उचित सम्मान र सवै जना साथ हिड्ने सक्ने थिंति मिलाउनु ज़रूरी छ। यसर्थ सम्पूर्ण जनसमुदायवाट राय, सल्लाह, सुझाव एव सहयोगको लागि हार्दिक अनुरोध गर्दछौँ ।

भवदीय

गौरीराज जोशी
क्षेत्रीय संयोजक एनआरएनए अमेरिकाज

नवीन सेरचन
क्षेत्रिय उपसंयोजक
एनआरएनए अमेरिकाज

डा. केशव पौडेल
अध्यक्ष एनआरएनएनसीसी युएसए

रामहरि अधिकारी
अध्यक्ष एनआरएनए युएसए, न्युयोर्क च्याप्टर

Leave a Reply

Your email address will not be published. Required fields are marked *