1

उत्तरी गोरखामा मतपत्र पुर्याउन कठिन

852 पटक पढिएको

२९ बैशाख, गोरखा ।
आइतबार हुने स्थानीय तह निर्वाचनको तयारी लगभग सकिएको जिल्ला निर्वाचन कार्यालय गोरखाले जनाएको छ । तर चुमनुव्री लगायत उत्तरी क्षेत्रमा मतपत्र पुर्‍याउन कठिनाइ भएको कार्यालयको भनाई छ ।
दुर्इ सय १३ मतदान स्थल र दुर्इ सय ६० मतदान केन्द्र रहेको गोरखाको सबै केन्द्रमा मतदान सामग्री र कर्मचारीहरु पुगिसकेको निर्वाचन कार्यालयका प्रमुख राजेन्द्र पोखरेलले बताए ।
सबै केन्द्रहरुबाट मतदाता परिचयपत्र वितरण भइरहेको मुख्य निर्वाचन अधिकृत बसन्त राज पौडेलले जानकारी दिए । ‘व्यवस्थित रुपमा सबै केन्द्रहरुबाट मतदाता परिचयपत्र वितरण भइरहेको छ,’ पौडेलले भने ‘मतदाताहरु पनि उत्साहित भएर परिचयपत्र लिन आउने गरेको मतदान अधिकृतहरुले जानकारी गराउनुभएको छ ।’
उत्तरी क्षेत्रमा मतपत्र पुर्‍याउन कठिनाई
जिल्लाको उत्तरी क्षेत्रका केन्द्रहरुमा निर्वाचन गराउन सहज नभएको उनले बताए । ‘चुमनुव्री र धार्चेको ३१ वटा मतदान केन्द्र बिकट छन्, त्यहा मतदान सामग्री लैजान पनि धेरै गाह्रो भएको थियो, अब मतगणना स्थल सम्म मतपत्र कसरी लाने भनेर चिन्ता छ,’ पौडेलले भने ।
मतदान भएको मतपत्र मतगणना स्थल सम्म पुर्‍याउन निर्वाचन आयोगसँग हेलिकप्टरको माग गरिएको उनले बताए । अन्य केन्द्रमा भने निर्वाचन सहज रुपमा गराउन सक्ने उनको भनाइ छ ।

तपाईको प्रतिक्रिया

काठमाडौँ - नेपालमा शुक्रबार अहिले सम्मकै सबै भन्दा धेरै   कोरोनाका ७४० जना संक्रमित थपिएका.. ...

सुर्य लम्साल एक बालक सानो थियो - जसलाई कसैले दुर्व्यवहार गर्यो । उ हुर्कदै जादा देख्यो कि जसले.. ...

काठमाडौँ - नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बिहिबारको स्थायी समिति बैठक पार्टी फुटको.. ...

राजधानीको चुच्चेपाटी–साँखु सडक खण्ड जीर्ण भएको वर्षौ भइसक्यो । पानी आयो भने पाइला नै सार्न.. ...

लस एन्जलस - क्यालिफोर्नियाको लस एन्जल्समा गर्मी छल्ने वाहनामा साथीहरुसंग पौडी खेल्न जांदा.. ...

पोखरा २५ बैशाख । स्वर्गीय रामजी पौडेल बादल की धर्मपत्नी चन्द्रावति पौडेलले बाचुन्जेल.. ...