1

‘माग्ने बुढा’ द्दारा ‘एक ब्यक्ति एक बिद्धार्थी’ शिक्षा अभियान शुरु केदारले स्कुलै नगएका इन्ताजको पढाई खर्च बेहोर्ने

1006 पटक पढिएको

काठमान्डौं – हास्यकलाकार केदार घिमिरे (माग्ने बुढा) ले आजसम्म स्कुल नै नगएका सर्लाहीका १३ वर्षिय इन्ताज मोहसिनको पढाई खर्च बेहोर्ने निर्णय गरेका छन् । फेसबुकमा फोटोसहित एक स्टाटस लेख्दै उनले यो कुराको जानकारी गराएका छन् ।
शिक्षा मन्त्री गिरीराजमणी पोखरेल तथा शिक्षा मन्त्रालय र नेपाल सरकारको अभियान ‘एक ब्यक्ति एक बिद्यार्थी’ अन्तर्गतको अभियानलाई सहयोग गर्दै घिमिरेले नेपाली अक्षर समेत नचिन्ने इन्ताजलाई पढाउने जिम्मेवारी उठाएका हुन् ।
मुस्लिम समुदायका उनी वर्षौदेखि वर्कशपमा हेल्परको रुपमा काम गर्दै आइरहेका थिए । इन्ताजको बुबाको निधन भइसकेको छ भने आमा इट्टा बोक्ने काम गर्दछिन् । ‘माग्ने बुढा’ फेसबुकमा लेख्छन्, ‘अरुको मुख ताकेर धेरै पुस्ता बिते, अब आफैं जागौं, समृद्धि हाम्रै पालामा सम्भब छ ।’
शुक्रबार विद्यालयको पहुँचबाट बाहिर रहेका बालबालिकालाई विद्यालयसम्म पुर्‍याउन हरेक नागरिकले अभिभावकत्व ग्रहण गर्न सरकारले गरेको आह्वान कार्यक्रममा उपस्थित केदारले शिक्षा सम्बन्धि सरकारी विज्ञापनमा निशुल्क अभिनय गर्ने वचन पनि दिएका छन् ।
कक्षा १ मा भर्ना गर्ने उमेर कटेका तर अहिलेसम्म पढ्न नपाएका विद्यार्थी लक्षित गरी विद्यालय खोल्न उनले सुझाव पनि दिए ।
‘मेरो घर नजिक एउटा ग्यारेजमा काम गर्ने १२–१३ बर्षको इन्ताज मोहसिन नाम गरेको बालक छ, उसले पढेको छैन, मैले पढाउने विचार त गरेँ तर उसको उमेरका साथी भाई कक्षा १ मा हुँदैनन् त्यसैले उसलाई पढ्न अप्ठ्यारो लाग्यो’ उनले भने, ‘त्यसैले यस्ता बालबालिकाका लागि छुट्टै विद्यालय खोल्न पर्ने देख्छु ।’
कार्यक्रममा अर्का कलाकार सिताराम कट्टेल (धुर्मुस) ले सरकारको अभियानमा प्रतिवद्धता जनाउँदै अभिभावक शिक्षामा केन्द्रित हुन शिक्षा मन्त्रालयलाई सुझाव दिए ।
यस्तै, अर्का कलाकार मनोज गजुरेलले भर्ना अभियान सफल बनाउन आफू प्रतिवद्ध रहेको बताउँदै सामाजिक सञ्जालमा भर्ना अभियानका बारेमा स्टाटस लेखेर ब्यापक बनाउन सहकर्मी कलाकारसँग आग्रह गरे ।

तपाईको प्रतिक्रिया

काठमाडौँ  -  लकडाउनको   अबधिमा पनि  कर तिर्न   ताकेता  गरेको  सरकारले   ब्यापक बिरोध  पछि  आफ्नो .. ...

काठमाडौँ- सरकारले कोभिड–१९ को विश्वव्यापी सङ्क्रमणका कारणबाट उत्पन्न असहज परिस्थितिमा.. ...

काठमाडौँ -  नेपालमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि मृत्यु हुनेको सङ्ख्या नौ पुगेको छ ।.. ...

राजधानीको चुच्चेपाटी–साँखु सडक खण्ड जीर्ण भएको वर्षौ भइसक्यो । पानी आयो भने पाइला नै सार्न.. ...

लस एन्जलस - क्यालिफोर्नियाको लस एन्जल्समा गर्मी छल्ने वाहनामा साथीहरुसंग पौडी खेल्न जांदा.. ...

पोखरा २५ बैशाख । स्वर्गीय रामजी पौडेल बादल की धर्मपत्नी चन्द्रावति पौडेलले बाचुन्जेल.. ...