1

निर्वाचित प्रतिनिधिले तत्काल जिम्मेवारी नपाउने

738 पटक पढिएको

२९ वैशाख, काठमाडौं ।
पहिलो चरणमा हुने निर्वाचनबाट छानिने जनप्रतिनिधिलाई शपथग्रहण गराएर तत्काल जिम्मेवारी दिन कानुन अभाव देखिएको छ । सरकारले स्थानीय तहका जनप्रतिनिधिले गर्ने शपथ ग्रहण र कामको जिम्मेवारीसहितको स्थानीय शासन ऐन बनाउन सकेको छैन । जसले गर्दा निर्वाचित सरकार आउने जनप्रतिनिधिले तत्काल काम गर्न नपाउने भएका छन् ।
दुवै चरणको निर्वाचनबाट देशभरमा सात सय ४४ स्थानीय तह र ७५ जिल्ला समन्वय समितिबाट गरी ३७ हजार ३ सय ३६ जनप्रतिनिधि निर्वाचित हुँदैछन् । तीमध्ये ३१ वैशाखमा हुने पहिलो चरणमा २ सय ८३ स्थानीय तहबाट निर्वाचित हुने १३ हजार ५ सय ५६ प्रतिनिधिले तत्काल काम गर्न नपाउने अवस्था देखिएको छ ।
संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले कानुन अभावमा ३१ वैशाखको निर्वाचनबाट छानिएर आउने जनप्रतिनिधिले तत्काल काम गर्न नपाउने अवस्था रहेको बताए ।

तपाईको प्रतिक्रिया

भोला लामिछाने - बिगत लामो समयदेखी बेलायतमा व्यवसाय गर्दै विभिन्न संघ संस्थामा आवद्द भई.. ...

गोकुल ढकाल /लस एन्जलस - संसारकै बैभव मुलुकको रुपमा कहलिएको अमेरिका कोरोना भाईरस संक्रमणको.. ...

अमेरिका - गैरआवासीय नेपाली संघको मानार्थ परिषद (एनआरएनए माप) को पहिलो बैठक संघका अध्यक्ष कुमार.. ...

राजधानीको चुच्चेपाटी–साँखु सडक खण्ड जीर्ण भएको वर्षौ भइसक्यो । पानी आयो भने पाइला नै सार्न.. ...

लस एन्जलस - क्यालिफोर्नियाको लस एन्जल्समा गर्मी छल्ने वाहनामा साथीहरुसंग पौडी खेल्न जांदा.. ...

पोखरा २५ बैशाख । स्वर्गीय रामजी पौडेल बादल की धर्मपत्नी चन्द्रावति पौडेलले बाचुन्जेल.. ...