२०८१ वैशाख ६ गते | 18th of April 2024

नेपाल डे परेड एनआरएनको नेतृत्वमा कदापि हुन दिनुहुन्न

खुल्लामन्च
 प्रकाशित: २०७५ वैशाख २ गते ०:५९

रविन बज्राचार्य

यसो भन्दै गर्दा केहि मित्रहरुले मैले चुनाव हारेकोले NRN प्रति बितृष्णा जागेको र कसैले घर जलाएर खरानी बेच्ने सपना देखेको भन्ने लांछाना समेत लगाएका छन्। प्रजातान्त्रिक मूलुक मा आफ्नो बिचार प्रकत गर्नु मेरो नैसर्गिक अधिकार हो भने यसलाई मन पराउनु र मन नपराउनु तपाईहरुको आ-आफ्नो बिचार हो।

न्यूयोर्क :
नेपाल डे परेड न्यूयोर्कमा भएको बिभिन्न संध संस्थाको शुरु गरिएको नेपाल र नेपालीलाई चिनाउने एउटा महत्वपूर्ण कार्यक्रम हो। यि आयोजक संस्थाहरु मध्ये धेरै संध संस्थाहरु धेरै पूराना छन्। जनजाति महासंध १२ वटा भन्दा बढि संस्थाहरु मिलेर बनेको संस्था हो भने यसको आफ्नै च्याप्टरहरु समेत छन्। शेर्पा किदुंग को न्यू योर्क शहरमा आफ्नै गुम्बा हुनुको साथै १००० भन्दा बढि स्वेच्छिक सदस्य छन( जबकि प्राय जसो NRN सदस्यहरु चुनाव जित्न अरुले बनाइएका सदस्य हुन)। शेर्पा किदुंगको आफ्नै मौलिक कार्यक्रमहरु गर्दै नेपाललाई चिनाउँदै आइरहेको छ भने NYC बाट समेट recognized भएको संस्था हो।रिजउड नेपाली सोसाइटी आफ्नै कार्यक्रम हरु गर्दै आएको एउटा सफल संस्था हो भने यसको निकट भविष्यमै आफ्नै मन्दिर निर्माण हुँदै छ। यि सबै संस्थालगाएत अरु संस्थाहरु समेत NRN भन्दा धेरै बिश्वास गर्न लायक संस्थाहरु हुन।NRN यि संस्थाहरुको अभिवावक बन्न लायक छैन। निम्न कारणहरुले गर्दा समेत NRN लाई बिश्वास गर्न सकिन्न।

आरसी :
आरसीलाई जिताउन बर्तमान कार्य समितिले निक्कै षडयन्त्र गरेको जस्तो देखिन्छ। धेरै सदस्यहरुले डेलिगेटस हुने आवेदन दिंदै दिंदै पनि र डेलिगेटस बन्न नेपाल सम्म जाँदा समेत, ति डेलिगेट्सका उम्मेदवारहरुलाई डेलिगेटस हुन बाट बंचित गरेर १६४ जना मात्र डेलिगेटस गत विश्व सम्मेलनमा पठाइएयो। सायद हालका RC ले तत्कालिन अध्यक्षपदको उम्मेदवारी झिकेर हालका अध्यक्षज्यूलाई चुनाव जित्न सहयोग गरे बापट रृण तिरेको हो भन्ने धेरैको अनुमान छ। हैन भने IES ले अतिरिक्त समय दिंदा दिंदै(IES का एक पदाधिकारीज्यूले अमेरिका को डेलिगेटसलाई मध्य नजर गरि अन्तिम समय सम्म डेलिगेटस थप्न अवसर दिएको जानकारी मलाई फोनमा दिनु भएको हो) विधान अनुसार १८१ जना र ICC पदाधिकारी समेत गरेर करिब २०० जना डेलिगेटस हुन सक्ने ठाउँमा किन १६४ मात्र डेलिगेटस पठाउनु को मतलब चुनाव प्रवाहित गर्नु भन्दा बाहेक के होला ?

एनआरएन अमेरिका अध्यक्ष :
अध्यक्षज्यूको पहिलो कार्यकालको चुनाव मा गडबढि भएको भनेर अदालतसम्म पुगेको सर्व विदितनै छ र दोश्रो कार्यकालको चुनावी नतिजा हालसम्म चुनाव गराउने आयोगबाट भेरिफाइ गरिएको पत्र हाल सम्म सार्वजनिक नगरिएकोले चुनाव निश्पक्ष रुपमा भएको हो होइन भनि शंका गर्ने ठाउँ प्रश्स्त छ। साथै तत्कालिन बोर्डको अनुमति बिनानै मान्छे अमेरिका बोलाइयो भनि सामाजिक संजालहरुमा फैलिएको बिज्ञप्तिले गर्दा अध्यक्षज्यू प्रतिको बिश्वसनियतामा शंका गर्ने बाटो खुल्ला रहन्छ।

महासचिव :
महासचिवज्यू तत्कालिन हिमालयन बुध्दिष्ट सोसाइटिका महासचिव रहनु भएको र वहाँकै कार्यकालमा हिमालयन बुध्दिष्ट सोसाइटिले बुध्द जयन्तिको उपलक्ष्यमा परेड आयोजना नगरेको भनेर पहिलो नेपाल डे परेड बहिस्कार गरेको कुरा यहाँ जानकारी गराउन चाहन्छु।

न्यूयोर्क च्याप्टर :
बिधान अनुसार अयोग्य ब्यक्तिले कोषाध्यक्ष पद जितेर गइसकेपछि राजिनामा दिंदा समेत अन्यायमा परेका कोषाध्यक्ष उम्मेदवारलाई हाल सम्म न्याय दिलाउन र सुनुवाई समेत गर्न नसक्नेले के परेडको नेतृत्व गर्ला ?

हिसाब किताव :
हाल सम्म NRN को हिसाब किताव पारदर्शी छैन। १७००० भन्दा बढि बनेका र बनाइएका सदस्य शुल्क बापतको रकम को हिसाब कता छ ? नेपालमा कति जना ब्यक्तिको लेभि पठाइयो ? कहिले १२५०० र कहिले १४५०० को रकम पठाइयो भन्ने सुनिन्छ ? वास्तविक रकम कहाँ कति पठाइयो ? ढुकुटिमा $१३०,००० मात्र छ भन्ने सुनिन्छ, के यो सत्य हो??? हो भने बाकि पैसाको हिसाब खोई ? यसरी हिसाबै नदिनेलाई कसरी बिश्वास गर्ने ?

च्याप्टर गठन :
करिब ७ महिना अगाडी निर्वाचित संस्थाहरु मधये केहिले अस्ति भर्खर मात्र पूर्णता पाएको छ। च्याप्टरको पूर्णता दिन ७ महिना लगाउनेलाई के बिश्वास गर्ने ?

मान्छे बोलाउने ?
नेपाल डे परेडका नाममा नेपालबाट आफन्त र आफ्ना र आफ्ना का निकटहरुलाई नबोलाउला भन्न सकिन्न???

माथी उल्लेखित बिभिन्न कारणहरुले गर्दा NRN को झण्डा मुनी न्युयोर्कमा तेस्रो नेपाल डे परेड गर्न सकिन्न।आज न्युयोर्कमा हुँदै गरेको परेडको नेतृत्व खोज्दैछ भोलि कोलोराडोमा हुने फिल्म एवार्डको पनि नेतृत्व दावी नगर्ला भन्न सकिन्न। गर्नु नै छ भने परेड नगरेका अन्य शहरहरुमा गएर परेड गर्नु, अरु पनि धेरै शहरहरु छन। न्यु योर्कको परेड न्युयोर्कमा रहेका सबै संस्थाहरुको साझा कार्यक्रम हो, यो हामी न्युयोर्क बासीको शान हो, हाम्रो एकताको प्रतिक हो, यसलाई दावी गर्ने दुतेष्टा नगरेस, चेतना भया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *