२०८१ वैशाख १३ गते | 25th of April 2024

कांग्रेसबाट राजनीति गर्ने तयारीमा रमेश खरेल

खुल्लामन्च
 प्रकाशित: २०७५ वैशाख २ गते १८:३९

काठमाडौं – गृहमन्त्रालयले डिआइजी रमेश खरेलको राजीनामा स्वीकृत गरेको छ। गृहमन्त्री रामबहादुर थापाले उनको राजीनामा स्वीकृत गरेका हुन्। गृह मन्त्रालयका अनुसार डिआइजी खरेलले घरायसी कारणले राजीनामा दिएका हुन्।

गृहमन्त्रालयले उनको राजीनामा स्वीकृत भएको प्रहरी प्रधान कार्यालयलाई जानकारी गराएको छ। मंगलबार डिआइजी सर्वेन्द्र खनाललाई प्रहरी प्रमुखमा नियुक्ति गरेलगत्तै डिआइजी रमेश खरेलले बुधबार राजीनामा पत्र बुझाएका थिए। आजै गृहमन्त्रालयले उनको राजीनामा स्वीकृत गरेको हो।

खरेल २०४५ सालमा भलिबल खेलाडीको रूपमा नेपाल प्रहरीमा भर्ना भएका थिए। खरेल नवनियुक्त आइजी सर्वेन्द्र खनाल र डिआइजी पुष्कर कार्कीसँगै २०४६ साल माघ २९ गते सगै निरीक्षकको परीक्षा उत्तिर्ण गरी प्रहरी निरिक्षक भएका थिए।

खरेलको राजिनामालाई निकै अर्थपूर्ण रुपमा हेरिएको छ । खरेलले पूर्व डिआईजी नवराज सिलवालकै पथ पछ्याउने स्रोतको दाबी छ । स्रोतका अनुसार खरेल सम्भवतः धेरै छिटो राजनीतिमा आउने तयारीमा जुटेका छन् ।

अहिले खुलेर केही नभने पनि खरेलको लक्ष्य राजनीतिमा जाने नै रहेको कतिपयको विश्लेषण छ । प्रहरी प्रमुख बन्नका लागि महत्वाकांक्षा पालेर बसेका खरेलले उक्त लक्ष्य पूरा नभएपछि राजिनामा दिनुलाई सामान्य मान्न पनि सकिदैन ।

विगतमा राजनीतिज्ञहरुविरुद्ध दिएको कडा अभिव्यक्तिकै कारण अहिले उनी पछाडि परेको कतिपको बुझाई छ । यद्यपी प्रहरी प्रमुख बनाइएको खनाललाई अयोग्य हुँदाहुँदै अगाडि सारिएको भने होइन ।

त्यसैले हतासमा राजिनामा दिन नहुने सल्लाह खरेललाई धेरैले दिएका थिए । तर उनले राजिनामा दिइछाडे । त्यसैले पनि उनी राजनीतिमा सक्रिय हुन लागेको आशंका बढेको हो ।

हक्की र मनमा लागेका कुरा बोलिहाल्ने स्वभावका खरेल अबको खास बाटो के हो भन्ने कुरामा विभिन्न प्रकारका अनुमान हुनु स्वभाविक नै हो । तर यसअघि बरियाता मिचेर आफूलाई पछाडि पारिएको झोकमा एमालेमा प्रवेश गरेर सासंद बनेका पूर्व डिआजी नवराज सिलवालको सिको खरेलले नगर्लान भन्न सकिदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *