२०८१ वैशाख ७ गते | 19th of April 2024

कम्न्युनिस्टहरुले बुझेको जस्तो होईन रहेछ, मिस नेपाल : मिस नेपालकी आमा मुनु सिग्देल

खुल्लामन्च
 प्रकाशित: २०७५ वैशाख ४ गते ७:४९

लस एन्जलस – हालै घोषित मिस नेपाल २०१८ श्रृखला खतिवडा की आमा मुनु सिग्देल छोरी मिस नेपाल भएको निर्णय सुनाउँदा नेपाल देखि धेरै टाढा मेक्सिकोको गाउँमा घुम्दै थिइन । प्रतियोगिताकै मेला एमालेकी स्थानीय नेता तथा विधायक सिग्देल प्रान्तीय सरकारले कसरी काम गर्छ त्यस बारेमा अध्ययन भ्रमणका क्रममा मेक्सिको र अमेरिका भ्रमणमा निस्केकी थिइन ।

कम्युष्टि परिवारमा जन्मे हुर्केकी छोरी मिस नेपाल भइन भनेर टीकाटिप्पणी आइरहेको छ ,तपाईँ के भन्नुहुन्छ हिमालयखवरका लागि संवाददाता डोल्मा लामाले श्रृखला की आमा मुनुलाई लसएञ्जल्समा यस्तो प्रश्न गर्दा उनले भनिन् मिस नेपाल प्रतियोगिता हामी कम्यूनिष्टले पहिले पहिले बुझेजस्तो होइन रहेछ ।

मिस नेपाल श्रृखला खतिवडा की आमा एमाले पार्टीबाट विद्यायक हुन् । बाबु विरोध खतिवडा पनि एमाले पार्टीबाट संसद् छन् ।

अन्तवार्ताका क्रममा उनले भनिन् मिस नेपाल २०१८ घोषणा हुदां म मेक्सिकोको एउटा गाउँमा थिएँ मैले त्यही मेरी छोरी मिस नेपाल भइन भन्ने थाहा पाएँ त्यस बेला मलाई यस्तो लाग्यो मेरो छोरीको सपना पुरा भयो ।

म नेपालबाट उड्दा पार्टीको सांसदका रूपमा आएको थिए फर्किँदा मिस नेपालको आमाका परिचय पाएर जाँदै छु उनले भनिन् आफ्नो सन्तानले प्रगति गर्दा आमालाई आफू पूर्ण भएजस्ता लाग्दो रहेछ । केही निगरानी गरे पनि स्वतन्त्रता दिएर सन्तानलाई हुर्काएको बताउँदै मुनुले भनिन सन्तानलाई आत्मक निर्भर हुन सिकाउनु पर्छ हामीले त्यही गरेका थियौँ । तस्बिर: अनि शाक्य

अमेरिकामा मिस नेपाल श्रृखला खतिवडा की आमा मुनु सिग्देलसंग हिमालयखबरका डोल्मा लामा र शंकर वाग्लेले गरिएको कुराकानी :

स्रोत : हिमालयखबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *