२०८१ वैशाख १३ गते | 25th of April 2024

चीन सरकारको सहयोगका विमान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा

खुल्लामन्च
 प्रकाशित: २०७५ वैशाख ५ गते ९:०८

काठमान्डौं – चीनले पछिल्लोपटक भित्रिएका २ वटा वाई-१२ ई विमान सरकारलाई हस्तान्तरण गरेको छ । नेपाल वायु सेवा निगमका लागि चीनबाट विमान आएको अढाई महिनापछि हस्तान्तरण भएको हो ।

चिनियाँ राजदूत यु होङबाट विमान बुझ्दै पर्यटनमन्त्री रबिन्द्र अधिकारीले अबको सय दिनभित्र सबै चिनियाँ जहाज उडिसक्नुपर्ने बताए । ‘सबै समस्या समाधान भएर सय दिनभित्र चिनियाँ जहाज उडिसक्नुपर्छ,’ अधिकारीले भने,’पाइलट अभाव छ भने त्यसलाई समाधान गर्न नेपाली युवालाई छात्रवृत्तिमा चीनमा तालिम दिनुपर्छ ।’

अहिले निगमका ४ वटा चिनियाँ जहाज वाई-१२ यतिबेला उडान नै नभरी त्रिभुवन विमानस्थलमै ग्राउण्डिङ भएका छन् । ४ वटा बिमान भएपनि उडाउन एक जनामात्रै पाइलट छन् । एक जना बिरमी विदामा छन् ।

आन्तरिक उडान भर्नुपर्ने यी ४ वटै जहाज झण्डै ७० दिनदेखि विमानस्थलमै थन्किँदा निगमलाई ठूलो आर्थिक क्षति पुगेको छ । पर्यटनमन्त्री अधिकारीले चिनियाँ विमानहरुले एक प्रदेशबाट अर्को प्रदेशमा उडान भरेर सेवा दिनुपर्ने बताए ।

निगमले चीनबाटै ३ जना पाइलट ल्याउन लागेको छ । निगमलाई अंग्रेजी भाषा राम्रो भएका पाइलटहरु आवश्यक छ । चीनमा आन्तरिक उडान गर्ने थोरै मात्रै पाइलटहरुको अंग्रेजी राम्रो भएकाले निगमलाई समस्या परेको छ ।

अहिले निगमले मासिक ८ हजार डलर तलब दिने गरी पाइलट ल्याउन अन्तिम तयारी गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *