२०८१ वैशाख १४ गते | 26th of April 2024

आचारसंहिता मिचेर पूर्व मन्त्रीले गरे बाटो पीच

खुल्लामन्च
 प्रकाशित: २०७४ वैशाख ३० गते १:१४

भक्तपुर, ३० बैशाख ।
स्थानीय तहको निर्वाचनका लागि मतदान सुरु हुन दुई दिन बाँकी हुँदा शुक्रबार निर्वाचन आचारसंहिता विपरित भक्तपुरको गुण्डुमा सडक पिच गरिएको छ। मतदाता प्रभावित पार्ने नियतले सडक निर्माणको काम गरिएको भन्दै त्यसको सर्वत्र विरोध भएको छ।
निर्वाचन आचार सहिंताको परिच्छेद ३ को १ मा नेपाल सरकार, सार्वजनिक संस्था र स्थानीय तहले वार्षिक बजेट तथा कार्यक्रममा समावेश भएका बाहेक नयाँ नीति, योजना तथा कार्यक्रमको घोषणा गर्न, स्वीकृत गर्न, सञ्चालन गर्न र सो प्रयोजनका लागि जनशक्ति तथा स्रोत साधनको परिचालन गर्न वा गराउन नपाइने उल्लेख छ।
सूर्यविनायक नगरपालिका(७ गुण्डुमा एमाले युवा नेता एवं पूर्वउद्योग मन्त्री महेश वस्नेतको रोहवरमा सडक पिच गर्ने काम भएको हो। स्थानीयका अनुसार निर्वाचनको मुखमा नै पूर्वगाविस अध्ययक्ष समेत रहेका बस्नेतले एमालेको प्रभाव देखाउन पिच गरिएको भन्दै आचारसंहिता उल्लंघन भएको बताएका छन्।
लामो समयसम्म पिच हुन नसकेको सडक निर्वाचनको मुखमा आएर पिच गर्नु आचार संहिता उल्लघन नै भएको उनीहरूको ठहर छ।
निर्वाचनको २ दिन अगाडि प्रहरी प्रशासन र पूर्वमन्त्री बस्नेतको प्रत्यक्ष सहभागितामा सडक पीच भइरहेको हो। बस्नेतले नेपाल सरकारको बजेट खर्च भएकाले आचार संहिता नलाग्ने दाबी गरेका छन्। ‘आचार संहिता उल्लंघन हो भने निर्वाचन आयोग आवोस् र रोकोस्, अरू कसैले रोक्न सक्दैन,’ बस्नेतले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *