२०८१ वैशाख ७ गते | 19th of April 2024

पुष्पा भुसाल कांग्रेस संसदीय दलको सचेतक

खुल्लामन्च
 प्रकाशित: २०७५ वैशाख ५ गते १८:२४

काठमान्डौं – कांग्रेस सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले संसदीय दलको सचेतकमा सांसद पुष्पा भुसाल गौतमलाई मनोनयन गरेका छन् ।

संसदीय दलको विधान (संशोधन तथा परिमार्जन, २०७४) को धारा १३ को उपधारा (२) बमोजिम भुसाललाई बुधबार सचेतकमा मनोनयन गरेको उनका निजी सचिव केशवराज जोशीले जानकारी दिए । भुसाल समानुपातिक सांसद हुन् ।

देउवाले प्रमुख सचेतकमा यसअघि नै बालकृष्ण खाँडलाई मनोनयन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *