२०८१ वैशाख ७ गते | 19th of April 2024

अमेरिकाका धमिरा

खुल्लामन्च
 प्रकाशित: २०७५ वैशाख ६ गते ०:१२

निदेश अधिकारी

अमेरिकामा धमिराले गराउने ड्यामेज र त्यसको रोकथाम तथा नियन्त्रणकालागि प्रयोग हुने जनसक्ति र बिषाधिकालागि बार्षिक ५ अरब अमेरिकी डलर बराबरको खर्च हुनेगरेको बताईन्छ । संसारमा पाईने दुई हजार धमिराका प्रजाती मध्ये अमेरिकामा लगभग ५० प्रजाति पाईन्छन् र ति मध्ये पनि ३ किसिमका धमिरा अमेरिकाको अलास्का राज्यमा बाहेक सबै राज्यमा पाईन्छन् । बिगत बीस बर्ष देखि पेस्ट कन्ट्रोलमा काम गर्दै आएका माईक रोमेरोका अनुसार सामुहिक रुपमा बस्न रुचाउने धमिरा मध्ये ड्राईवुड , ड्याम्पवुड र फर्मोसन नामक धमिराले घरका काठमा आफ्नो घर बनाउने र त्यहि काठ खाएर जिबिकोपार्जन गर्छन् ।

एउटा धमिराले आफ्नो जिबनकालमा लाखौको संख्यामा फुल पार्ने भएकोले पनि एकपटक देखिएको धमिरा हटाउन धेरै खर्च ब्यहोर्नुपर्ने हुनजान्छ । ईन्सुरेन्सले कभर नगर्ने धमिराको समस्यालाई साधारण नसम्झिन र बेलाबेलामा बिषाधि हाल्ने कम्पन्निलाई बोलाएर चेक गराईरहन एकपटक ठुलै धमिराको समस्या भोगेका भर्जिनिया मनासस् निबासी ७५ बर्षिय जर्ज ग्रीन सुझाउछन् । खासगरि गर्मियामको सुरुमा पानी परेसगै धमिरा नया बासस्थानको खोजिमा हिड्ने भएकोले यो समय अत्यन्तै सजग रहनुपर्ने ग्रीन बताउछन् ।

देशैभरिका पेट्स् कन्ट्रोलहरुको रेकर्डलाई संकलन गरेर हेर्दा अमेरिकामा मात्रै प्रत्येक बर्ष ५ देखि ६ लाख घरमा धमिराले सताउने गरेको सरकारी तथ्यांक छ । हालसालै मात्र देखिन थालेको फर्मोसन नामक चाईनिज धमिराले लुजियाना राज्यमा आतंकै मच्चाएको थियो । त्यहि धमिरा बिस्तारै अन्य सहरहरुमा पनि फैलिदै गएकोले बेलाबेलामा घरको निरिक्षण गर्नुपर्ने रोमेरो बताउछन् ।

ठुलो खाले धमिरा एउटैले एक हप्तामा एक देखि दुई पाउण्ड सम्म काठ खान सक्ने र धमिराले बनाएको नोक्सान कुनैपनि ईन्सुर्न्सले कभर नगर्ने भएकोले पनि सबै घरधनीहरुले धमिराको समस्यालाई सानो सम्झिनु नहुने देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *