२०८१ वैशाख ८ गते | 20th of April 2024

दुई सवारी साधनमा आगजनी

खुल्लामन्च
 प्रकाशित: २०७४ वैशाख ३० गते १:२०

तनहुँ, ३० वैशाख ।
पहिचान नखुलेका व्यक्तिहरूको समुहले गएराती तनहुँमा दुई सवारी साधनमा आगजनी गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार ऋषिड्ग गाउँपालिका ६ चालिसेमा रोकिराखेको ना ३ ख ३५२५ नम्बरको यात्रु बहाक बसमा र पृथ्वी राजमार्ग अर्न्तगत डुम्रे दमौली सडक खण्डको बन्दिपुर गाउँपालिका १ बेलभन्ज्याड्गमा ना ३ ख ९११६ नम्बरको ट्रकमा आगजनी भएको जनाएको छ।
आगजनीबाट बस र ट्रक पूर्ण रूपमा क्षति भएका छन् । घटनामा संलग्न व्यक्तिहरूको खोजीकार्य भईरहेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *