२०८१ वैशाख ७ गते | 19th of April 2024

महाभुकम्पले प्रताडित पत्रकार पन्थीको ‘कम्पन’

खुल्लामन्च
 प्रकाशित: २०७५ वैशाख ११ गते १४:३०

काठमाडौं – भूकम्प र भूकम्पपछिका सकसपूर्ण दिनहरुको स्मरण गर्दै पत्रकार किशोर पन्थीले लेखेको पुस्तक’कम्पन’ सार्वजनिक भएको छ । राजधानीमा एक औपचारिक कार्यक्रमको आयोजना गरि नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराई, पम्फा भुसाल, एमाले बरिस्ट नेता माधब कुमार नेपाल, किशोर नेपाल राजनीतिज्ञ र पत्रकारहरुको हातबाट उक्त पुस्तक सार्बजनिक गरिएको हो ।

यो पुस्तकमा भूकम्पका समयमा विभिन्न व्यक्तिले गरेका अनुभवहरु समेटिएको छ । राहत वितरणका लागि भूकम्प्रभावित क्षेत्रमा जाँदाको अनुभव पनि यसमा समेटिएका छन् ।

पुस्तकमा महाभूकम्पपछिको वेदना र आर्तनादमात्र होइन, सिमित साधन श्रोतकाबीच उच्च मनोवल र मानवीय सहयोगका कारण राहत, रेस्क्यु, उपचार सम्भव भयो भन्ने समेत देखाउन खोजिएको छ । नेपालमा गएको महाभूकम्प लगत्तै पत्रकार पन्थी नेपालका भूकम्प प्रभावित क्षेत्रहरुमा पुगेका थिए । त्यतिबेला उनले सयौं व्यक्तिसँग गरेको कुराकानीका आधारमा कम्पन जन्मिएको हो ।

भूकम्प प्रभावित क्षेत्रमा पुगेर उनी आफै उद्दार र राहतमा मात्र खटिएनन्, दोश्रो ठूलो भूकम्पमा बालबाल बच्न सफल भएका थिए । त्यतिबेला उनी जुन भवनको पाँचौं तल्लामा थिए, त्यसका पिलरहरु क्षतिग्रस्त भए भवनमा रातो स्टीकर टाँसियो । काठमाडौं, भक्तपुर ललितपुर बाहेक काभ्रे, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, गोरखा, धादिङ लगायतका जिल्लाहरुमा पुगेर पत्रकार पन्थीले भूकम्पमा आफन्त तथा घरबार गुमाउनेहरु, मृत्युको मुखबाट पनि बच्न सफल हुनेहरु, राहत र उद्दारमा खट्नेहरु, रेस्क्यु अपरेशनमा खट्नेहरु घाइतेहरुको उपचारमा खट्नेहरु लगायत सही सूचना सम्प्रेशणका लागि समाचार संकलनमा खट्नेहरुसम्मका बयान लिएका थिए ।

त्यही बयानका आधारमा महाभूकम्पजस्ता विपत्तिको सामना, आशा, आत्मबल, मानवीयता, सहयोग, सहकार्य र भावनात्मक सम्बन्धका आधारमा कसरी गर्न सकिन्छ भन्ने सन्देश दिनका लागि पुस्तकको जन्म भएको पुस्तकका लेखक पन्थीले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *