1

लिभ इन रिलेसनशीप

1763 पटक पढिएको

– लक्ष्मण सिटौला 
एकदिन अचानक  म्हेपी मन्दिरमा भेटिइन उनी ।
दसौं बर्ष सम्म नभेटेपछि मैले उनलाई कि बिदेश गइन या कि बिहे गरेर घरजम गरिन भन्ने सोचेथे । मेरो अनुमान सहि निक्लिएछ । उन्ले बिहे गरिछन । मन्दिर आउदा साथमा एउटा सानो छोरा सगै थियो  ।
म्हेपीको पश्चिम् पट्टिको खुड्किला उक्लिदै गर्दा दस बर्ष पछि एक्कासि भेट भो हाम्रो ।
म मन्दिर दर्शन गरेर सिढि ओर्लदै थिए । उनी हातमा थाली बोकेर उक्लिदै थिइन ।
पहिलात उनी धेरै दुब्ली थिइन तर बिहे गरेपछि मोटाइछन  । केटीहरु प्रायः बिहे गरेपछि मोटाउछन । त्यो माथी पनि बच्चा भएपछित झन । उन्ले देखिन । अलिकति हासीन ।तर मैले उन्लाइ बोलाइन । बाटोमा हिड्ने अरु सामान्य मान्छेले जस्तै उनी हिडिरहेकी थीइन । उनी चढेकी खुड्किलो र म झरेको खुड्किलाको एउटा मिलन बिन्दु आयो । उनी रातोपिरो भइन । एक्कासि अनुहारमा हासो खुसी लाज बेचैनी छट्पटी अतीत  सब दौडिएको देखे । हामी सानोमा अक्सर यहि सिढिमा आएर घन्टाै गफिन्थ्यौ ।
हाम्रो प्रेमको प्रथम पुस्प यहि मन्दिरको सिढि बाट फुल्न सुरु भएको थियो । प्रायस् शिशिर ऋतुमा पनि नझर्ने बोटहरु थिए यहाँ । उनलाइ उजाड मन पर्दैनथ्यो । त्याहा एकान्त छ । र प्रेमले एकान्त खोज्छ ।
सानै देखि परिचीत यहि ठाउमा हाम्रो दश बर्ष पछि भेट हुदा म एक्कासि भावुक भएछु । सधैं शनिबार म्हेपी दर्शन गर्ने बाहना लिएर उनलाई भेट्न् आउथे म । भर्खरै एस एल सि उतिर्ण गरेर उनले अमृत साइन्समा आइ एस सि ज्वाइन गरेकी थिइ । म सरास्वती कलेजमा आइ कम सेकेन्ड एयर अध्ययन गर्दै थिए । मन्दिर बाट सुरु भएको हाम्रो प्रेम मन्दिर बाट नै अन्त भएको थियो । त्यो एउटा अतीत बाचिरहेको थियोे मेरो छातीको भित्तोमा
टाेलाएर हेरिरहे मैले उन्को मुहारमा ।
उन्ले पनि मैले जस्तै हेरिरहेकी थिइन । बाटो शुन्य थियो । बच्चा भित्तामा फुलेको चमेली फूलको लहरा सग खेल्न थाल्यो । हामी दुवैको परेली एक्कासि भिजे । लत्रेको  परेलीको ढक्कन माथी खोलिन उन्ले र मलाई निस्फिक्री हेरिरहीन । छेउमै उभिएको सल्लाको बोटमा अडेस लागे म । जस्तो अक्सर बिगतमा म यहि गर्थे । खोइ किन पो हो सल्लाको बोटमा अडेस लागेर उभिदा उनी मलाई धेरै हेन्डसम लाग्थ्यो रे १ उनको खुसीको लागि कहिलेकाही त म्हेपीको सबैभन्दा ठुलो रुख पनि चढेको छु।
जब म उभिएर उन्को आखामा हेर्न थाले
उन्का आँखाबाट गाजल पखाल्ने गरि आँसुको नदी बग्न थाल्यो । एक्छिन अतीतले दुवैलाई डाेर्याएर लग्यो  धेरै परसम्म र भिजायो दुवैको आँखा ।
 शब्दहरूको आवश्यकता पर्दोरहेनछ रुनको लागि। सिङ्गो एउटा मीठो अतीत नै काफी थियो । निशब्दमै हजारौं शब्दहरुको निर्माण हुदोरहेछ । घामको किरणले स्पर्श गरेका मन्दिरका छानाहरुबाट आएको उज्यालो मेरो आखामै पर्यो । जस्तो पहिला पहिला पनि पर्थ्यो र मेरो मुहारमा छल्किएको उज्यालो हेर्नकै लागि भनेर उनी हरेक शनिबार ठिक आठ बजे भेट्ने बहान गर्थिन यतिनै बेला प्रायः । आज पनि यस्तै भो । आज त सन्जोग हो । के जिन्दगी यिनै सन्जोगहरुको सन्चिति हो र रु तर सन्जोग पनि यतिबेला नै पर्नु पर्ने १ कस्तो अचम्म ११ सल्लाको फेदबाट  चियाइरहेको घामको किरण अनि सिर सिर बगेको पातलो बतासको शितल चिसोले छोएपछि हामी कस्तो नोस्टाल्जिक भयौ
 मेरा पनि आखाबाट अतीत झर्यो ।
मौनतालाइ भंग गरे मैले –
“माया !”
“हजुर “!
” किन रोएकी ?
” हजूर चै किन रोएको त ?”
” तिमी रोएको देखेर “
” मत धेरै रोइसके। यस्तो लाग्छ अब म सग रुने आसुनै
   छैन छैन
 ” म दिउलानी सापटि लिन्छ्यौर ?”
” ह्या हजूर पनि त्यही जिस्किने बानी गएको रहेनछ है “?
” त्यही बानीले त तिम्रो मन जितेको थिए नि “
”  तपाई अझैसम्म यो मन्दिर आउनुहुन्छर?
” आइरहेको छु हरेक शनिबार जस्तो पहिला आउने गर्थे “
” यतिबेला नै आउनुहुन्थ्यो ?
” हो यतिनै बेला आएरहे दश बर्ष सम्म लगातार ?
” ओ माइ गड रियल्ली ? अनि यतिनै बेला चै किन आउनु
   परेको नि हजूरलाइ ?
” यो बेला सुर्यको किरणले मन्दिरको छानाबाट उज्यालो
   फ्याक्थ्यो अनि तिमीले हेरिरन्थ्यौ मेरो मुहारको
   उज्यालोमा
” ओ गड आइ एम सरि राजा भेरी भेरी सरि  ल !”
” बिहे गरिसकिछौ बच्चा पनि यत्रो भैसकेछ “
भित्तामा फूल सग खेलिरहेको सानो बाबुले हाम्रो बार्ता भङ्ग गरिदियो । अनि, तिनै जना फ़ेरि मन्दिर उक्लिन थाल्यौ । बाबुलाइ मैले हात दिए । उ मेरो हात समातेर सिढि उक्लिन थाल्यो । कस्तो मायालु थियो बाबू । यस्तो लाग्यो मैले उसलाई धेरै पहिले देखिनै भेटेर चक्लेट दिदै आइरहेको छु ।
 तल पारिजात स्मृति भवन देखाउदै उनी बोल्न थालीन फेरि ।
 त्यही भवनको स्टेशनरि पसलमा हजूरलाइ एउटा पत्र छोडेर म अस्ट्रेलिया अध्ययन गर्न गएकि थिए । आएस्सी सकेपछि बुबाले बाहिर पढ्न जानुपर्छ भन्नू भो । मैले नाइ भन्न पनि सकिन । पन्ध्रौं दिनमा भिसाको सबै प्रक्रिया सकियो । मैले जानेबेलामा हजूरलाइ भेट्न धेरै कोसिस गरे तर सकिन । बुबालाई अलिकति थाहा थियो हाम्रो प्रेमको बारेमा । हजूरत केटा त्यति गाह्रो थिएन तर मलाई गाह्रो थियो । मेरी बैनीलाइ थाहा थियो हाम्रो प्रेमको बारेमा । एक्दिन बुबालाई सबै कुरा लगाइदिछ उस्ले । त्यो रात बुबाले मलाई धेरै गाली गर्नु भो अनि भोलिपल्टै अस्ट्रेलियाको कुरा गर्नु भो ।
अस्ट्रेलियाको पारामाटा वीन्सटन चर्चिल कलेजमा मेरो आइ टि मा एडमिसन भएको थियो । पारामाटा सिडनी बाट टाढा थियो । आमाको माइती पट्टिका एकजना चिनेका दाजु हुनुहुन्थ्यो सिडनीमा । बुबाले उहाँकै जिम्मेवारीमा मलाई पठाउनु भो । नेपालबाट अस्ट्रेलिया पुग्दा यहाँको रहनसहन र त्याहाको सस्कृतिमा धेरै अन्तर पाए मैले । एउटि महिला बिदेशमा बसेको एक अपरिचित पुरुषको सरणमा पुगे म । उ एयरपोर्ट लिन आएको रहेछ ।सिडनीको सरिहिल्समा उस्को रुम रहेछ ।आधा घन्टामै पुर्यायो गाडीले ।
मेरा अभिवावक कति निर्दयी रहेछन जस्तो लाग्यो । बिदेशमा एउटा अपरिचित पुरुषकोमा सरण मागेर बस भनी खुल्ला भन्नू भनेको भोकाएको बाघको खोरमा एउटा कलिलो खरायो हाल्दिनुत हो नि होइन रु
नेपालमा छोरी बिगृन्छे भनेर गाली गर्छन ,प्रेम गरि भने अनेक जुक्ति निकालेर छुटाउने बहना बाजि गर्छन , सबले घृणा गर्छन तर बिदेशमा चै सिधै केटोको मै जाउ भनेर भन्छन अचम्म छैनत ११ । बिदेशमा जे गरे पनि छुट है हाम्रो नेपाली समाजलाई १  । म बाध्य भएर उ सगै बसे अरु कुनै उपाय पनित थिएन नि। उसलाई छोडेर अन्त बस्नु पनि झन खतरा थियो । नेपालबाट अध्ययन गर्न अस्ट्रेलिया जाने प्रायः सबै केटीको यहि कथा हो मेरो जस्तै ।
क्लास सुरु हुनुभन्दा एक महिना अगाडि नै यहाँ छोरी बिग्री भनेर मलाई मेरा अभिवावकले अस्ट्रेलिया जान बाध्य पारेका थिए । त्यहा पुगेपछि बुबाले उस्लाइ फोन गर्नु भो र भन्नू भो  – ” ल बैनीलाइ राम्रो सग जिम्मा लिएर राख उस्लाइ कुनै समस्या नहोस हैू”  भनेर।
उस्ले राम्रै जिम्मा लियो मेरो । पुगेको दिनमै वाइन पिउनुपर्छ यहाँ त वाइन नपिउने मान्छे त पुरै पाखे हुन्छ भन्यो उस्ले ।
 म एक अदना अन्जान केटी उस्को अनुरोधलाई कसरी अस्वीकार गर्न सक्थेर । गएकै दिनबाट अस्ट्रेलियन वाइन पिउन थाले । एउटा कोठा थियोे । त्यही भान्सा ,त्यही बेड, त्यही बाथरुम ,त्यही डाइनिङ्ग , त्यही टिभी । पलङ पनि थिएन । एउटा मात्रै मोटो फोम बाट निर्मित ठुलो बेड थियो ।
दुई दिन बित्यो सन्कस्टले । आमाले माइती गाउँको परिचीत भाइ सोझो छन  भनेको सम्म थाहा छ मलाई तर भाइ अस्ट्रेलिया आएपछि कति बिग्रेकारेछन थाहा भो ।
काठमाडौं धेरै सुरक्षीत छ । नेपाल धेरै स्वच्छ छ, म नयाँबजारकी माया न्यौपाने, मेरो नयाँबजार धेरै पवित्र छ । उस्लाइ खाना बनाउनु उस्को लुगा धुनु, कयौं महिना देखि नधोएका तन्ना सोफाका खोल र उस्का सबै लुगाफाटो धुनु मेरो दैनिकी बन्न थाल्यो । यति सम्म गर्यो कि उस्ले भित्री कपडा सम्म धुन लगायो मलाई । उस्को अभिस्टता पूरा हुनसकिरहेको थिएन मलाई रिस देखाउथ्यो।
दिनको एक बट्टात चुरोट पिउथ्यो उ ,लुगा धुदा पाइन्टको गोजिमा खैनी र गुठकाका पोका पाउथे। उ नुहाउन बाथरुम जान्थ्यो तर चुकुल लगाउदैन्थ्यो । नाङ्गो नुहाउथ्यो । मलाई यति असहज मसुस हुन्थ्योकी यहि आत्महत्या गरेर मरुकी  जस्तो । कस्तो खराब हर्कत बोकेर बाचेको एउटा अधर्मी पुरुष थियो उ । आदिम मान्छे जस्तो । यस्तालाइ कसरी दियो होला भिसा पनि एम्बेस्सीले  भनेर कल्पना गर्थे । के पढ्न सक्छ होला यस्ताले मनमनमा सोच्न बाध्य हुन्थे ।
म बाथरुममा लुगा धुदा पनि  चुकुल हालेर धुन्थे। उ चुकुल नहाल भन्थ्यो ।हरेक पटक म बाथरुममा नुहाउन वा लुगा धुन जादा  र ढोका खोल्दा उ अस्लील चलचित्र हेरिरहेको हुन्थ्यो । अनि म कता जानू जम्मा त्यही एउटा कोठा त थियो । म बाथरुम बाट बाहिर निस्किसकेपछी एक छिनमा बल्ल बन्द गर्थ्यो त्यो अस्लील भिडियो । एकदिन म भित्र नुहाइरहेको बेलामा बाहिर बाट चुकुल हालिदियो उस्ले र शर्त गरायो मलाई कि अब आइन्दा कहिले पनि चुकुल नलगाइ नुहाउने भनेर । निस्सासिएर मर्नु भन्दा उस्को शर्त मान्न म मजबुर भए । निस्कदा उहीँ अस्लील चलचित्र लगाएको थियो टिभिमा ।
मलाई थाहा छ म उस्को यौनको सिकार हुन्छु भन्ने ।
उस्ले त्यही किसिमको वातावरण तयार गर्दै थियो । कसैलाई पनि चिन्दिनथे म उ बाहेक । पुगेको दिन देखि त्यहीँबाट म कतै बाहिर निस्केको पनि थिइन । उ नै मेरो लागि सबथोक थियो । अभिवावक भने पनि दाजु भने पनि या एउटा नेपालीको नाता भने पनि वा साथी भने पनि ।  उ  यौनको एउटा लामो तृष्णा र भोक लिएर बाचेको छ या उ एउटा यौनको मनोरोग लिएर बाचेको मनोरोगी हो भन्ने मैले सम्झिए । हरेक कुरामा उ यौनलाइ जोडी हाल्थ्यो । उ रोगी हो । एउटा लामो यौनको मनोरोग पालेर बाचेको पुरुष शरीर  थियो उ । यस्तो मनोरोगीको हातमा जिम्मा लगाउने मेरा अभिवावक पनि रोगी नै हुन भनेर चित्त बुझाउन थाले मैले  । उ अस्लील हेर्थ्यो, अस्लिल पढ्थ्यो ,अस्लील सोच्थ्यो ,अस्लील खान्थ्यो ( मादक पदार्थ ) र अस्लिल हेर्थ्यो ।
अन्तत म बच्न सकिन उस्को त्यो मनोरोग बाट ।
 जस्तो सङत त्यस्तैत बन्दोरहेछ नि मान्छे । कि प्रत्याक्रमण गर्न सक्न पर्यो कि हात उठाउनु पर्यो । मैले हात उठाउनुको विकल्प थिएन । हात उठाए । उ खुसी हुन थाल्यो । मलाई पनि वाइन पिउने आदत पर्यो । रोक्ने, देख्ने, घृणा गर्ने ,गाली गर्ने, अर्ति दिने, अन्कुस लगाउने , राम्रो कर्म गर्नका लागी  उत्प्रेरित गर्ने मान्छे कोहि हुदैन बिदेशमा। यहाँ बाट जाने सबैलाई उन्मिक्त मिलेको आभास हुन्छ । स्वतन्त्रता भनेको यहि हो भन्ने अनुभुती गर्छन सबै  बिद्यार्थीले । हद भन्दा बढीनै दुरुपयोग हुदोरहेछ स्वतन्त्रताको त्यहा  । त्यसैले त्यहाको स्वतन्त्रता आफै घाइते  बन्दकीमा परेको छ । त्याहाको स्वतन्त्रता मानव जिन्दगी लाई पापको नरकमा होम्न सिकाउने स्वतन्त्रता जस्तो लाग्यो मलाई ।
जुन उदेश्य लिएर जुन उम्मिद लिएर जुन सपना लिएर म त्यहा गएकी थिए तर ती सबै मिथ्या लाग्यो । मेरो रुम मेट पुरुष , अनि म महिला । धेरै यसरी नै अध्ययन गर्दा रहेछन अस्ट्रेलियामा । एउटा रुम मेट सग झगडा पर्यो भने अर्को रुम मेट सग बस्नु बाध्यता हुदोरहेछ । प्रायः केटीले आफ्नो अस्तित्व र अस्मिताको घमण्ड नगरे हुनेरहेछ । पछि बुज्दै गए । सुरुको त्यो डर त्रास अहम ,महिला हुनुको अस्तित्वबोध , लज्जाबोध ,स्त्रीधर्म र अस्मिता बिस्तारै हराउँदै गए ।
म महिला हु कि पुरुष हु भन्ने आफ्नै सम्बोधीता हराउदै जादोरहेछ । म मा पनि त्यही भयो जस्तो यहाँ आउने प्रायः  केटीहरुले त्यो पीडा भोग्छन । माया हुदैन त्याहा। त्याग, दया, धर्म, सस्कार ,सस्कृती आफ्नोपनको अनुभुती हराउदै गएपछि मानिस र पत्थर बिच भिन्नता नै के हुन्छर?
एक महिना पछि पढाई सुरु भयो ।
सिडनी र पारामाटा दैनिक दुई दुइ घन्टा यात्राले म थकित भए र अब उतै बस्ने भए ।कलेजको होस्टेल पनि प्याक भैसकेको थियो । कुनै विकल्प थिएन । एकजना इन्जिनियरिङ क्लासको नेपाली केटा साथी भेटे । परिचय भयो । गोरखा पाचखुवा देउरालीका इन्द्र देवकोटा । सहयोगी रहेछन । उनी र उन्को महिला रुम मेट रहेछन सगै । महिला जापानीज रहिछन । भान्साकोठा फरक थियो । एउटा पलङ्ग बेग्लै रहेछ । जापानीज ती केटी पनि इन्जिनियरिङ्गकै बिद्यार्थी रहिछन । मलाई पनि सजिलो भो । इन्द्रजीले सहयोग गरे । यता सिडनीबाट आफ्ना सामान लिएर म पारामाटा सरे ।
पढाइ सुरु भो । आइ टि पढ्न गएकि थिए म । खर्च सक्किसकेको थियो । बुबाले अब खर्च पठाउन नसक्ने आशय व्यक्त गरिसक्नु भएको थियो । सबैको बिद्यार्थी जीवन । भनेको बेलामा काम पनि पाउन गार्हो । उता आमाले पनि अब आफै जागिर खाएर पढ्न पर्छ भन्नु भएको  थियो । केही दिनत इन्द्रजीले सहयोग गरे। काम नमिले सम्म ग्रोसरी किन्न पर्दैन र रुमको भाडा  पनि तिर्न पर्दैन भन्नुभयो । नेपालबाट अध्ययनमा त्याहा जाने प्रायः सबैलाई यो नियम लागू थियो । जापानीज केटी ईन्द्र भन्दा भुतुक्क हुदिरहिछ । उनीहरू रातभर चलेको गिज्जेको मलाई असज महसुस भैरहेको थियो । त्याहा पनि वाइन पिइन्थ्यो । रमाइलो थियोे वातावरण । थोरै समयमा म परिचित भए । मोबाइल किनेकी थिए । नम्बर यता सिडनीको मेरो दाइ हरीलाइ पनि दिएको थिए ।
कामको खोजिमा भौतारिरहेको थिए । सधैंभरी अरुको कमाइ खाएर कसरी बस्नु । ग्लानी भैरहेको थियो । जस्तो काम पाए पनि गर्छु भन्ने मनशाय बनाए । पारामाटाको गल्ली गल्ली चोक चोक चहारे । एउटा रेस्टुरेन्टमा  किचन क्लिनर वान्टेडू को बिज्ञापन देखे। फोन गरेको आइज भन्यो । भोलिपल्ट साझबाट म काम गर्न थाले । भान्सामा आइपर्ने सबै काम गर्नुपर्थ्यो । घन्टाको पन्ध्र डलरमा जम्मा पाँच घन्टा काम थियो दैनिक । एकजना नेपाली भाडा माझ्ने काम गर्छन यहाँ उ अहिले आमा बिमार परेर नेपाल गएको छ भन्यो सेफले । खुसी लाग्यो म काम गर्ने ठाउमा अर्को नेपाली पनि काम गर्दोरहेछ भनेर । काममा रमाउन थाले । र ती नेपाली को आगमनको प्रतीक्षा गर्न थाले । म जागीर भएको पहिला सगै बसेको मेरो रुम मेट हरि लाई थाहा थियो । उस्ले आफ्नो नेपाली नाम बिगारेर  ह्यारी राखेको थियो ।
एकदिन अचानक –
उ मलाई भेट्न् पारामाटा आयो । साझ परेको थियो । उ मेरो काम गर्नी ठाउमा आयो । र बेलुकी सम्म कुरिरह्यो ।  आज यहि बस्ने भन्यो मैले नाइ भन्न सकिन । किनकि एक महिना सम्मत उस्ले मलाई सरण दिएको थियो । जे भयो अब म त्यो नमीठो अतीत बिर्सन चाहन्थे । तर फेरि आज त्यही अतीत आयो मेरो सामुने र यसबाट भाग्न सकिन म । मैले रुममा लिएर आए । रातको नौ बजिसकेको थियो । उस्ले बेस्सरी वाइन खायो । हामीहरु सबैले वाइन पियौ । उस्ले थुप्रै ग्रोसरी किनिदियो । त्यो रात हामी सगै बस्यौ। उ भान्सामा म सगै सुत्यो । इन्द्रजीले पनि माइन्ड गर्नुभएन ।
अर्को अचम्ममा परे म फेरि त्यो रात ।
अर्को दिन अचानक –
आमा बिमारी भएर नेपाल आउनु भएको साथी रेस्टुरेन्टमा आउनु भएछ । उहाँ डिस वासमा भाडा हालेर होज हान्दै हुनुहुन्थ्यो । मलाई देख्नु भो । उहाँलाइ देखेर म झसङ्ग भए । आफ्नै परिचित साथी पकनाजोलका नीर्मल श्रेष्ठ । हामी आठ क्लास सम्म नयाँबजारमा सगै पढेको । देख्नासाथ उस्ले मलाई हग गर्यो । ओहो मलाई पनि बल्ल आफू सुरक्षित भएको महसुस भयो । दुवै एकै रेस्टुरेन्टमा जागिरे र कलेज पनि एउटा नै रहेछ । केही दिन हामी सगै घुम्न निस्कियौ । उ एक्लै रहेछ । भाडा तिर्नकै लागि भए पनि रुम मेट खोजेर सगै बस्नु बाध्यता रहेछ त्याहाको स्थिति । एकदिन उस्ले मलाई उ सगै बस्न अनुरोध गर्यो । मैले नाइ भन्न सकिन । र इन्द्रजीको कोठा बाट आफ्नो सामान सारे ।
नीर्मल लाई पहिलाको घटना सुनाएको थिइन । सुनाउनु आवश्यक पनि ठानिन किनकि अस्ट्रेलियामा रुम मेट प्रवृत्ति वा लिभ इन रिलेसनशिप सामान्य कुरा रहेछ । पुरुष र महिला बिच सगै बस्नु सामान्य कुरा रहेछ। अब म नीर्मल सगै बस्न थाले ।
अलिकति सहज हुन थाल्यो परिवेश । सिडनीबाट आउदा नै मेरो मिन्स रोकिएको थियो । दस दिन क्रस भैसकेको थियो । नीर्मलको रुममा आएको भोलिपल्ट मैले आफू मिन्स भएको नाटक गरे र अलग ओछ्यान मै रात बिताए। रुम एउटा मात्रै थियो । अलग फोममा मैले पाँच दिन बिताए तर त्यो पाँच दिन मेरो लागि यति गम्भीर र चिन्ताजनक थियो कि मलाई नै थाहा छ त्यस्को दुखाइ र पीडा ।
यदि साचो कुरा भनु भने नीर्मल रिसाउला भन्ने डर अनि  झुट बोलिरहु भने पनि सत्यतथ्य एक दिन बाहिर आउँछ भन्ने त्रास  । काम पनि सगै कलेज पनि सगै र बस्ने पनि सगै हामी । हमेशा अब सगै भयौ । अब मलाइ नीर्मल बाट भाग्न सक्तिन भन्ने लाग्यो । सातौ दिनको दिन खोइ वाइनको रमाइलोमा हामी बिच के के भयो । नीर्मलले मलाई माया गर्न थाल्यो । अर्को एक महिना पछि मैले नीर्मल लाई आफ्नो मिन्स रोकिएको कुरा गरे । जतिबेला मेरो मिन्स रोकिएको दुई महिना भैसकेको थियो । नीर्मल अत्यन्तै खुसी भयो । लिभिङ्ग टुगेदर लाई अस्ट्रेलियामा आधा बिहेको मान्यता मिल्दिरहेछ ।
नीर्मल केही महिना पछि इलेगल हुदैरहेछ । कलेज परिवर्तन गरेको फि नतिरेको र हप्ताको बीस घन्टा भन्दा बढी काम गरेको कारणले । बच्चा भएपछि यहि बच्चाको कारण उस्को अस्ट्रेलियाको बसाइलाइ लम्ब्याउने सोचमा पुग्यो उ । स्थिति सामान्य हुँदै गयो।
मैले कुनै बिपत्ति नआओस भनेर मोबाइल नम्बर नै परिवर्तन गरे ।
र त्यो हरि बाट टाढा भए जस्को कारण म गर्भवती भएकि थिए । मेरो लागि नीर्मल सर्वश्व थियो अब । उ आफू पनि दङ्ग थियो बाबू बन्न पाएकोमा ।
 ९ महिना पछि उ बाबू बन्यो म आमा बने । उस्ले आफ्नो पेपर बनायो यहि बच्चाको कारण । उ खुसी भयो। म काम र पढाई छोडेर छोराको स्याहार सम्भार गर्न थाले । पेपर बनेपछि नीर्मल म देखि पर पर हुन खोज्यो। छोरा रोएको पनि उसलाई अब झर्को लाग्न थाल्यो। पहिला जस्तो थियो त्यस्तो उ कहिले पनि भएन । उ एकदिन नेपाल आयो । र पछि म भएको ठाउमा कहिले फर्केर गएन ।
फेरि अर्को दिन-
अचम्म पर्नु भो इन्द्र देवकोटा मलाई देखेर । उहाँको पनि जापानीज केटी अध्ययन सकेर ओसाका फर्किछन । हामी बिच फोनमा  कुरा भए पनि कहिले बच्चाको बारेमा केही भनिन मैले । काम गर्न थालेको थिए बच्चालाई चाइल्ड किएरमा राखेर । धेरै महिना देखि म एक्लीदै थिए । इन्द्रजी पनि एक्लै हुनुभएछ । उहाँकै अनुरोधमा म फेरि उहाँकोमा गए । समय बितिरह्यो जसरी बितिरहन्छन अनेक ऋतुहरु आफ्नो अहमता छोडदै छोडदै ।
बच्चाको किएर पुग्यो । उ हुर्कदै गयो । उता सिडनीको त्यो आफन्त भनाउदो हरि लागू औषधी खाएर जेल परेको थुप्रै दिन भैसकेको रहेछ । आनन्द लाग्यो । कमसेकम मैले आफुलाइ सुरक्षीत महसुस गरे अब। पढाई पूरा गरे । जागिर खाए। पि आर लिएको छु । छोरा छ साथी छ अब । इन्द्रजी साथी हुनुहुन्छ । सगै बस्छौ । हामी बिच लिभ इन रिलेसनशीपको नाता छ । बिहे गरौन भनि भने -” तिम्रो त पि आर भो अब मेरो पनि पि आर भए पछि बिहे गरुला” भन्नुहुन्छ । पि आर को नाउमा अस्ट्रेलियामा हजारौं युवायुवतीले प्यारनै भुलिसकेका छन ।अहिले हजूरको हात समाउने छोरा मेरो छोरा हो अरु कसैको नि होइन।”
 ” राजा ! हजूर बिगत दस बर्ष देखि यहि मन्दिरमा यहि
   समयमा लगातार आउनु भो है !! लह लह झुल्ने धान
   खेतहरुमा कन्कृटको जङ्गल देखे । मान्छे पनि
   कन्कृट भैसकेछन है !!
” कन्क्रीट बाचिछौ माया तिमी ,त्यसैले देखेका फूल पनि तिम्लाइ कन्क्रीटझै लाग्न सक्छ ।”
नजिक भएर बगिरहेको बिष्णुमतीको दुर्गन्ध आइरहेको थियो ।
उस्को कुराले म अवाक भए । मान्छे कसरी परिस्थितिको दासभएर बाच्न बिवस हुदोरहेछ है कठैवर १ । चित्त बुझाए आज आफ्नै मन । केही पनि भनिन मायालाइ। अब उस्लाइ दुखी बनाएर मलाई के मिल्छर ! । पारिजात स्मृति भवन पुग्यौ हामी गफिदै । दश बर्ष पछि उस्ले मलाई पठाएकी पत्र  त्यही स्टेशनरीको भाइ सग सहि सलामत रहेछ दियो उस्ले सानो कन्तुर बाट झिकेर । बाहिर खाममा मेरो नाम लेखिएको थियो।
खुसी लाग्यो । खाम बाहिर उस्ले माया गरेर चुप्पा खादा रातो लालीको डाेब पनि मेटिएको थिएन ।
पत्रको एक अंश पढे मैले-
” राजा ! अन्तिम बेलामा त्यो मायालु आँखा हेर्न इच्छुक थिए तर पाइन । दुखी भएर अस्ट्रेलिया जादैछु केवल हजूरकै सम्झनाको आँसु  बोकेर”
म सगै उभिएको छोरालाई बोकेर माथी उठाए आकाशतिर र भने  -” बाबू ! आमालाइ धेरै माया गर हैर ! सबै पुरुष कुपुरुष हुदैनन् तिमी पनि म जस्तै सत्पुरुष बन्नु ल “

तपाईको प्रतिक्रिया

पाँचथर - फाल्गुनन्द गाँउपालिकाका निर्वतमान अध्यक्ष तथा नेपाली साहित्यमा इको राइटिङका.. ...

काठमाडौ -  सरकारले  कोरोना भाईरसको  संक्रमण बढेपछि नयाँ नियम लागु गरेको  छ  ।  जसमा केही.. ...

काठमाडौ-  पछिल्लो दुई सातामा गहन उपचार कक्ष (आईसीयू) र भेन्टिलेटरमा राखेर उपचार गराउने कोरोना.. ...

राजधानीको चुच्चेपाटी–साँखु सडक खण्ड जीर्ण भएको वर्षौ भइसक्यो । पानी आयो भने पाइला नै सार्न.. ...

लस एन्जलस - क्यालिफोर्नियाको लस एन्जल्समा गर्मी छल्ने वाहनामा साथीहरुसंग पौडी खेल्न जांदा.. ...

पोखरा २५ बैशाख । स्वर्गीय रामजी पौडेल बादल की धर्मपत्नी चन्द्रावति पौडेलले बाचुन्जेल.. ...