२०८१ वैशाख ६ गते | 18th of April 2024

निर्वाचन सफल बनाउन राष्ट्रपतिको अपील

खुल्लामन्च
 प्रकाशित: २०७४ वैशाख ३० गते १४:३८

काठमाडौं, ३० बैशाख ।
राष्ट्रपति विद्या भण्डारीले भोलि हुने स्थानीय तहको निर्वाचन सफल बनाउन आहृवान गरेकी छन् ।
राष्ट्रपति भण्डारीले शनिबार मतदाताको नाममा सन्देश जारी गर्दै निर्वाचन शान्तिपूर्ण रुपमा सफल बनाउन आहृवान गरेकी हुन् । राष्ट्रपतिको सन्देशमा भनिएको छ, ‘देश नयाँ संरचनामा गएको परिप्रेक्ष्यमा यो निर्वाचन नेपालको संविधानले २०७४ माघ ७ गतेभित्र सम्पन्न हुनु पर्ने भनी अंगिकार गरेको तीन तहको निर्वाचनको पहिलो खुड्किलो भएकाले यसको आफ्नै महत्व छ ।’
यो निर्वाचनले स्थानीय तहलाई अधिकार सम्पन्न गराई स्थायित्व र आर्थिक सम्वृद्धिको ढोका खोल्ने राष्ट्रको विश्वास छ । साथै राष्ट्रपतिले उत्साहका साथ निर्वाचनमा सहभागी भई मताधिकार प्रयोग गर्न मतदाताहरुलाई अपील गरेकी छन् ।
राष्ट्रपति भण्डारी शुक्रबार मात्र पाँच दिने थाल्याण्ड र श्रीलंका भ्रमणमा गएकी छिन् । उनले स्थानीय तह निर्वाचनमा मतदान नगर्ने निर्णय गरिसकेकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *