२०८१ वैशाख १५ गते | 27th of April 2024

नेपाली साहित्यको अन्तर्राष्ट्रियकरण गर्दै प्राध्यापक राजु मानन्धर

खुल्लामन्च
 प्रकाशित: २०७५ वैशाख २० गते ९:११
काठमान्डौं – केदार पोखरेलद्वारा लिखित र प्राध्यापक राजु मानन्धरद्वारा अंग्रेजीमा अनुवादित ‘चेप्टे भँगालो’ र उपन्यास दलितको झुपडी’ कथासंग्रहको राजधानीमा लोकोपर्ण भएको छ । रक्षामन्त्री ईश्वर पोखरेलले एक कार्यक्रमबीच पुस्तकहरू विमोचन गर्नु भएको हो । साहित्य अजर र अमर रहने भन्दै रक्षामन्त्री पोखरेलले देश असहज अवस्थामा रहेको बेला यसलाई मनन गरेर साहित्यकारलाई कलम चलाउन आग्रह गर्नुभयो । लेखक पोखरेल अस्ट्रेलियामा रहेका नेपालीबीच निकै लोकप्रीय साहित्यकारका रूपमा चिनिन्छन् ।
अंग्रेजी भाषाका ज्ञाता मानन्धर पनि बहुआयामीक व्यक्तित्वका रुपमा अष्ट्रेलियामा चर्चित छन् । कार्यक्रममा प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले एकै पटक चार वटा कृति अंग्रेजी र नेपालीमा विमोचन हुनु ठूलो कुरा हो भन्नुभयो । गैरआवासिय नेपाली संघका अध्यक्ष भवन भट्टले उत्कृष्ट कृतिलाई अंग्रेजीमा अनुवाद गर्नु उल्लेखनीय कार्य भएको बताउनुभयो । उक्त अवसरमा अनुवादक राजु मानन्धरले ‘ चेप्टे भंगालो’ र ‘दलितको झुपडी’ जस्ता उत्कृष्ट कृतिको अंग्रेजीमा अनुवाद गरेर विश्वबजारमा लैजान पाउँदा आफूलाई गौरवको अनुभूति भएको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *