२०८१ वैशाख १४ गते | 26th of April 2024

लक्ष्मी चालिसे–अरुणिमा छात्रबृत्ति स्थापनार्थ १२ लाख रुपैंयाको अक्षय कोष हस्तान्तरण

खुल्लामन्च
 प्रकाशित: २०७५ वैशाख ३१ गते ११:०८

काठमान्डौं – मुलुककै प्रतिष्ठित अरुणिमा शैक्षिक प्रतिष्ठानमा लक्ष्मी चालिसे–अरुणिमा छात्रबृत्ति स्थापनार्थ १२ लाख रुपैंयाको अक्षय कोष हस्तान्तरण भएको छ । बरिष्ठ साहित्यकार विजय चालिसे तथा उनका सहोदर भाइ महेन्द्र चालिसेबाट संयुक्त रुपमा स्थापित (विजय चालिसे रु. १० लाख तथ महेन्द्र चालिसे रु. २ लाख) उक्त कोषको चेक नवअरुणिमा माविमा आयोजित एक औपचारिक समारोहमा प्रतिष्ठानका अध्यक्ष बुद्धिबहादुर थापालाई हस्तान्तरण गरियो । 

विजय चालिसेकी धर्मपत्नी लक्ष्मी चालिसेको स्मृतिमा स्थापित सो छात्रवृत्ति उपयुक्त कार्यविधि तथा संरचना निर्माण गरी प्रतिष्ठानमा अध्ययनरत प्रतिभाशाली छात्राहरुलाई प्रदान गरिने छ । लक्ष्मी चालिसेको क्यान्सरका कारण गत महिना निधन भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *