२०८१ वैशाख ८ गते | 20th of April 2024

नेपाल डे परेड २०१८ सफल तुल्याउनका लागि एनआरएन नेतृत्वको आग्रह

खुल्लामन्च
 प्रकाशित: २०७५ जेठ ४ गते १९:१४

न्युयोर्क शहरमा, नेपाल डे परेड २०१६ र नेपाल परेड २०१७ सफलताका साथ सम्पन्न गरी आज हामी यही में २० तारिक, २०१८ मा आयोजित नेपाल डे परेडको तयारीमा जुटेका छौं । अमेरिकाको न्युयोर्क शहर विश्वभरमा नै विविधताको नमूना शहर हो। परेडले शान्तिपूर्ण नेपाली शक्ति प्रदर्शनका साथै नेपाली पहिचानलाई प्रवासमा जीवन्त राख्न सक्दछ जसको महत्व समग्रमा नेपाली समुदाय र अमेरिकामा आउने नेपाली भावी सन्ततिले अनुभव गर्नेछन् भन्ने हाम्रो विश्वास रहेको छ ।

एनआरएनएनसीसी युएसए न्युयोर्क च्याप्टरको संयोजकत्वमा र ट्राई स्टेटमेण्ट कार्यरत न्विभिन्न संघसंस्था को संयुक्त आयोजनामा हुने नेपाल डे परेड २०१८ ले प्रवासमा रहेको नेपाली पहिचानलाई स्रोत र शक्तिमा परिणत गर्न सक्नेछ भन्ने हाम्रो विश्वास रहेको छ । नेपाल डे परेड २०१६ र नेपाल डे परेड २०१७ सफलताका साथ सम्पन्न गर्नु हुने नेतृत्वगण, नेपाल डे परेड २०१८ को तयारीमा जुटेका समितिका साथीहरू,कन्भेनर ज्युहरू, स्चेरिगं कमिटीका साथीहरू, स्वयं सेवकज्युहरू र सम्पुर्ण नेपाली दाजुभाइ दिदी वहिनी वाट पूर्ण रूपमा स्वामित्व एवं गौरवको अनुभूति लिई उत्साह र उमंगका साथ गोलवन्द भई नेपाल डे परेड २०१८ लाई सफल तुल्याउन आह्वान गर्दछौँ ।

नेपाल डे परेड २०१८ लाइ सफल तुल्याउनु हामी सवैको दायित्व हुन आउँछ । समग्र नेपालीको हितमा परेड हुनु पर्दछ भन्ने हाम्रो मान्यता रहेको छ । शान्तिपूर्ण शक्ति प्रदर्शनी र आफ्नो भेषभूषा भाषा संस्कृति र पहिचान लाई सगौरव प्रस्तुति गर्ने अवसरवाट कोही पनि वन्चित नवनौं। फिप्नाका नेतृत्व गण संग पनि यो अनुरोध गर्न चाहन्छौं । नेपाल र नेपालीको परिचयात्मक कार्यमा फिप्नाको योगदान र सहभागिताको कदर गर्दै आफ्नो निर्णयलाई पुनर्विचार गर्न एनआरएनए आईसीसी, एनसीसी युएसएय एवं न्युयोर्क च्याप्टर परिवार हार्दिक अनुरोध गर्दछ।

आजको परिवेसमा एनआरएनए युएसए न्युयोर्क च्याप्टरले सन्तुलित, निस्पक्ष र पारदर्शी रूपमा सक्षम र समन्वयकारी भूमिका विर्वाह गर्दै सम्पुर्ण नेपाली समुदायलाई समेटेर अघि वढ्नु पर्दछ भन्ने अभिप्रायले हर तरहका प्रयास र अभ्यास गर्दै आएको कुरा यहाँहरूलाई विदितै छ । जसको फलस्वरूप नेपाल डे परेड २०१८ को नाममा स्वीकृत भएको परेड अनुमति पत्रमा एनआरएनए न्युयोर्कका नाममा समेत रहेको छ। काम गर्र्ने क्रममा आउने व्यावहारिक कठिनाइ हामी वुझ्न सक्दछौं किनकी हामी सहिष्णु र समझदार नेपाली हौं । सोही क्रममा सम्पूर्ण प्रवासमा रहने जो कोही पनि नेपाली अटाउन सक्ने साझा संस्था भनेको एनआरएन नै हो । यदि नेतृत्वसंगको चित्त वुझेन भने पनि नेपालसरकारद्वारा मान्यता प्राप्त यो संस्थामा सम्पूर्ण नेपालीको उत्तिनै स्वामित्व रहन्छ।

नेपाल डे परेड २०१८ लाई भव्यताका साथ सफल तुल्याउनु हामी सवैको कर्तव्य रहन आउँछ । एनआरएन न्युयोर्क च्याप्टर को संयोजकत्वमा आयोजित सो परेडमा सम्पुर्ण सामाजिक अभियन्ता विशेषत ट्राई स्टेट मा रहनु हुने नेपाली समुदाय, संघसंस्था, पत्रकार, व्यवसायी, वुद्दिजीवी, विद्धार्थी लगायत सानासाना भाइ वहिनीहरूको सहभागिता रहनेछ भन्ने विश्वास लिएको छौं। एनआरएनएको विशिष्टता नै स्थानीय तह देखि राष्ट्रिय तथा अन्तराष्ट्रिय तह सम्मको सांगठनिक संरचना र नेपालीको स्वामित्व रहेको संस्था हो भन्नुमा अत्युक्ति नहोला। सो संस्थाको च्याप्टर नै संस्थाको आधारशीला हुन् भन्ने हाम्रो विश्वास रहेको छ । अत: च्याप्टरको आयोजनामा हुने यो राष्ट्रिय महत्वको कार्यमा पूर्ण रूपमा सहयोगको लागि अनुरोध गर्न चाहन्छौं ।

नेपाली महावाणिज्य दूतावास न्युयोर्क, नेपाल मिसन – संयुक्त राष्ट्र संघ , न्युयोर्क तथा नेपाली राजदूतावास वासिगटन डीसी, अनररी वाणिज्यदूत , अनररी पर्यटन दूत लगायत नेपाल सरोकारका सम्पूर्ण निकायवाट पूर्ण रूपमा सहयोगको सहयोग पुग्ने विश्वास लिएका छौं। नेपाल डे परेड २०१८ र एवं तत् पश्चातका परेडलाइ संस्थागत एवं पारदर्शी तुल्याउनु पर्दछ भन्ने मान्यता अनुरूप समय, सुझाव एवं अवधारणा राख्नु हुने सम्पूर्ण सामाजिक अभियन्ता एवं पत्रकारज्युहरूमा हार्दिक धन्यवाद प्रकट गर्न चाहन्छौँ ।

छोटों समयको तयारीमा औपचारिक पत्र पठाउन छुट् पनि हुन सक्दछ । एनआरएनए हामी सवैको स्वामित्वको संस्था रहेकोले यसलाई आफ्नै कार्यक्रमको रूपमा लिइदिनुहुन हार्दिक अनुरोध गर्दछौँ ।

भवदीय
गौरीराज जोशी
क्षेत्रीय संयोजक एनआरएनए उत्तर अमेरिका क्षेत्र

नवीन शेरचन
क्षेत्रिय उप-संयोजक एनआरएनए उत्तर अमेरिका क्षेत्र

डा. केशव पौडेल
अध्यक्ष एनआरएनएनसीसी युएसए

रामहरि अधिकारी
अध्यक्ष एनआरएनए युएसए, न्युयोर्क च्याप्टर

Leave a Reply

Your email address will not be published. Required fields are marked *