1

दलाई लामाको तिब्बती मोह जस्तो होईन, राष्ट्रवाद

674 पटक पढिएको

– लक्ष्मण सिटाैला

यतिबेला नेपालीहरुमा एक प्रकारको उत्साह पलाएको छ । त्यस्को कारण हो दुई पार्टीको एकता । पार्टीहरु नफुटेको राम्रो भन्ने शन्देश गएको छ यतिबेला । पार्टीको मिलन भयो ।यो कार्यगत एकता मात्रै पनि नभएर सिङ्गो प्रजातान्त्रिक समाजवाद तर्फको यात्रा हो । हामी जस्तो सानू मुलुकको लागि धेरै राजनीतिक पार्टीहरुको भद्रगोल उपस्थिति काम छैन । अब अन्य साना मसिना भुरे पार्टी पनि यो एकताको सूत्रबद्ध डोरीमा आवद्ध हुनु जरुरत छ । अब यो देशमा दुइटा मात्रै राजनीतिक पार्टी अस्तित्वमा रहनुपर्छ । एउटा कमन्युस्ट धार र अर्को रास्ट्रवादी प्रजातान्त्रिक धार । २०४६ र ६२,६३ को जनअन्दोल बाट प्राप्त भएको उपलब्धिलाई रक्षा गर्दै हामी समाजवाद तर्फ उन्मुख छौ ।
अब फेरि राजतन्त्रको सपना देख्नु र धर्मको नाउँमा राजनीति गर्छु भनेर कुनै पार्टी वा नेताले सोच्नु भनेको त्यो आफैमा मुर्खता सिवाए केही हुनेछैन ।

नेपाल देशलाइ दुई शय पचास बर्ष सम्म बिबादरहित सुरक्षा र सम्बर्द्धन गरेकै हो राजसस्थाले त्यसमा दुई मत हुन सक्तैन । तर अब हामीले नै राजसस्थालाइ निष्क्रिय तुल्यायौ । कुनै पनि शिद्दान्त सर्वोपरि हुदैन । युग चलायमान छ ।आजको युगले चै राजालाई बिदाइ गरेकै हो । तर एउटा राजा बिदाइ गरेर अरु सयौ राजा प्रतिस्थापित गर्न चाहदैनन् नेपाली जनता ।

यो अठठाईस बर्षको दौरानमा हाम्रो देशमा यति छिटो राजनीतिक परिवर्तन देखा पर्यो कि यस्को गतिलाई कसैले पनि नियन्त्रण गर्न सकेन । पन्चायत ब्यवस्थाको अन्त । बहुदलीय शासन ब्यवस्थाको पुनर्स्थापना , संविधान सभाको निर्वाचन , गणतन्त्रको स्थापना । सम्बिधान लेखन, संविधानको निर्देशनानुसार स्थानीय तहको चुनाव र अहिलेको तिनै तहको चुनाव सप्पन्न भएको छ । यो गति अत्यन्त तिब्रताका साथ अगाडि बढीरहेकै हो ।

अब राजनीतिक स्थायित्व पछि मुलुक आर्थिक सामाजिक र भौतिक प्रगतिका लागि अगाडि बढ्नु आवश्यक छ । अब कहि कतै बाधा र बिरोधका नाराहरु छैनन । र अब पनि बन्द हडताल झैझगडा भागबन्डा र सत्ता स्वार्थन्धताको लागि फेरि पनि नेपाली जनता लाई कसैले रोडमा ल्यायो भने त्यो यो देशका लागि मान्य हुने छैन । परिवर्तनको लागि हामीले महान युद्ध झेलिसक्यौ । अब सुख समृद्धि र स्थायी शान्तिस्थापनाको लागि हाम्रो सबै बल प्रयोगमा आउनुपर्छ ।

राजाको धङधङी अझैसम्म जिवित छ । तर जब बीरेन्द्रको सिङ्गो बम्श नै बिलय भयो त्यसपछिका दिनहरुमा नेपाली जनतालाइ राज सस्था प्रती ग्लानी भयो र उनीहरू राजा हटाउ अभियानमा लागे । हामीले चाहेको राजा लुइ चौधौं जस्तो थिएन । हामी भित्र फक्रीयको फैलिएको आशाको कलकल किरण र समृद्धिको सपना अब बिथोलिनु हुदैन । गन्तब्य पुग्नैको लागि हो बाटो हिड्ने तर जब गन्तव्यमै हामी अल्मलियौ भने हाम्रो निर्दिष्टता पनि स्पष्ट हुदैन । हामी आकारमा सानो छौ तर हामीलाई एउटा यस्तो स्वर्ग प्राप्त भएको छ जस्को उन्नयनका लागि हाम्रो सपना र कोटि हात नै काफी छ ।

हामीसग सिङ्गो नेपाल छ । हामी एक सार्वभौम सम्पन्न शक्तिशाली रास्ट्र हौ । हामी अतुलनीय छौ । हामी सग अरु कसैसग नभएको हिमालय पर्वत श्रृङखलाहरु छन । हामी सग पृथ्वीको आधा पाटाेलाइ शान्तिले छोप्ने भगवान बुद्ध छन । हामी सग कहिले नसकिने पानीको मुहान छ । हामी सग सन्सारलाइ उज्यालो दिन सक्ने बिजुली छ । हामी सग अन्त कतै नभेटिने विविध प्रकारको सस्कृति छ र पवित्र हिमाली आभा छ ।

हामीसग वीरता छ। हामी सग सहिष्णुता छ। हामी अरु भन्दा भिन्न छौ । हामीमा विविध जातीय एकता छ । विविध धर्म छ । हामी सग सबथोक छ, बिद्या , बुद्धि , विवेक । सबैभन्दा ठुलो कुरात हामी सग त्यो अदम्य साहस छ जस्को कारण अग्रेजलाई पनि हामीले धपाएका थियौ र आज सम्म यो मुलुक स्वतन्त्र छ र रहिरहनेछ । त्यसैले म यो देशलाई शक्तिशाली भन्छु । कुन चाहिँ छोराले आफ्नी आमालाई असमर्थ र शक्तिहिन सोच्न सक्ला र !

जतिबेला अमेरिकीहरु र भारतीयहरु पातमा भात खान्थे त्यतिबेला त हामीहरु पित्तले चरेसका थालमा घ्यु हालेको भुजा खान्थ्यौ । कोलम्बसले अमेरिका पत्ता लगाउनु भन्दा पहिले हामीहरु सस्कृत सम्पन्नताले भरिपुर्ण भैसकेका थियौ । हामी पुर्वीय सभ्यताको प्रथम किरण हौ । सानो छौ तर आखाको नानी पनित सानै छनी । जमीन मात्रै , भूगोल मात्रै ठुलो हुने अफ्रिकाको मरुभूमियुक्त देशहरूले पनि त खोइ के प्रगति गर्न सकेका छनर ?

चन्द्रमालाई छोयौ भन्ने देशहरूले खोइत मानिसका दिलमा छोएका? आज तिनकै सन्तानहरु पब र डिस्कोथेमा हल्लिदै छन बरालिदै छन । पश्चिमा सन्सार बिकासको चरम बिन्दुमात पुग्यो भन्छौ हामी , तर त्याहाको कन्तबिजोग कमैले देखेका छन । सबैभन्दा ठुलो कुरो मान्छे भित्र प्रेमको बिकास हुनुपर्छ । प्रेम मर्यो भने तिम्रो प्रगतिको के अर्थ? पश्चिमाहरु सेक्सका भोका छन । देखिन्न त्यहा माया र ममता । जब मान्छेले मान्छेलाई नै सिद्द्याउने खेल सुरु हुन्छ त्याहा प्रगतिले पनि झूक्नु पर्छ । हाम्रोमात ढुङ्गामा पनि प्रेम अन्कुराउछ ।

अध्ययनको सिलसिलामा आज भन्दा १८ बर्ष अगाडि अस्ट्रेलिया गएको थिए । त्यहाँ पुगेको दोस्रो दिनमा आमा मरेकी एउटि अस्ट्रेलियाली महिला सग परिचय भएको थियो । उ आफ्नो केटा साथी च्यापेर डिस्को जाँदै थिइ । उस्को यो क्रियाकलापले मलाई अचम्मित तुल्यायो र सोचे – हिजो मात्रै जन्म दिने आमा बितेको भन्छे आज केटा च्यापेर नसामा डिस्को जाँदै छु भन्छे । यो कस्तो मानवहिनता हो! यो कस्तो परिवर्तन हो? यो कस्तो माया हो? यो कस्तो मुटु हो? यो कस्तो परिपाटी हो? अनि यो कस्तो भौतिकता हो? यो कस्तो लिप्सा हो?

अनि उसलाई सोधे ” हिजो आमा मरेको भन्छ्यौ आज केटा समातेर रक्सी खादै डिस्कोमा नाच्न जाँदै छु भन्छ्यौ आमाको मृत्युुमा शोक मनाउछन कि उत्सव मनाउछन? के तिम्लाइ आमाको अलिकति पनि माया लाग्दैन ?

मेरो प्रस्नको जवाफमा उस्ले भनी ” सो ह्वाट “? जीवनमा कुनै संवेदनशिलता अनुभुत नहुने पश्चिमी सस्कार देखेर म अवाक भएको थिए । हामी आफुलाइ जन्माउने आमा स्वर्गे हुदा आफ्नो एउटा सन्सार नै डुबेको महसुस गर्छौ । आफू बाच्नुको औचित्य नै समाप्त भएको महसुस गर्छौ र आजीवन आमाले देखाएको गोरेटो हिड्छौ ताकी आमा लाई सधैं सम्झिरहन सकौ । माया त त्यो अमुल्य शक्ति हो जस्को सहाराले मानिस मृत्यु लाई पनि पराजित गर्न सक्छ । उनीहरू स्वार्थमा बाचेका हुन्छन र गरीब देशका प्रतिभावान ब्यक्तिहरुलाइ किनिरहेछन । त्यसैलाई भनिन्छ प्रतिभा पलायन अर्थात “ब्रेन डेर्न ” ।

नेपालबाट धमाधम प्रतिभाशाली ब्यक्तिहरु – “नेपालमा केही छैन ,नेपाल खत्तम छ ,नेपालमा कहिले पनि उन्नति हुदैन र यो देश यस्तै हो” भन्दै बिदेशीको गुलाम बनिरहेका छन । जतिसुकै प्रतिभाशाली भए पनि बिदेशीको गुलामी र तेस्रो दर्जाको नागरिक भएर शीर झुकाएर बाच्न सहमति गर्नुपर्ने बाध्यता छ। आफुलाइ जन्माउने आमालाई ” आमा” नभनेर सौतेनी आमालाई ” आमा”भन्ने छोराछोरी के काम? छ धेरै छ गर्नुपर्ने काम यहाँ तर हामी केवल सरकार लाई गाली गरेर दिन बिताउछौ । हामी करेसा वारि बाझो राखेर करेलो किन्न पसल धाउछौ । आगनमा परेको भ्वाङ टाल्दैनौ सुरुङ्ग मार्गको कुरा गर्छौ । सानो कामले पनि प्रगतिशीलताको परिचय दिन्छ ।

गोङबु चक्रपथ हुँदै ग्रीनसिटि हस्पिटलको दायाँ प्रहरी तालीम केन्द्रको भवन छ।त्यहा नेपाल रक्षा गर्ने प्रहरीहरु छन । त्यही भवनको बायाँ तर्फको बाटो भएर म दिन दिनै एयरर्पोट धाउछु ।प्रहरी बस्ने भवनको बायाँ तर्फको बाटो यति जिर्ण र बगर जस्तो छ कि त्यहा थुप्रैपटक दुर्घटना भैसकेको छ । तर प्रहरीहरु आगनमा परेको भ्वाङ पनि टाल्न सक्तैनन । मानौ त्यहा कुनै जिवित मनुष्य होइन मुर्दाहरु बस्छन् ।

हामीलाई प्रकृतिले दिएकी छिन तर त्यस्को उपयोग कहिले गर्न सकेनौ र नेपाल लाई सधैं होच्याउने काम मात्रै गर्यौ । आफुलाइ विशिष्ट विद्वान भन्नेहरू आज अमेरिकाका रेस्टुरेन्टमा प्लेट धुदैछन । कलाकार देखि पत्रकार सम्म, प्राध्यापक देखि धार्मिक गुरु सम्म जुठो सोहोर्दै छन । आफ्नो देशमा लाज लाग्ने काम त्यहाँ पुगेसी त्यही कामले इज्जत दिदोरहेछ । तिनै ग्रुप हुन जस्ले नेपाललाई सधैं खत्तम भने र उता पुगेपछि रास्ट्रवादका ठुलो ठुलो कुरा गरे र फेसबूकको भित्तोलाइ रंगीचंगी बनाए ।

आजको रास्ट्रवाद दलाइ लामाको तिब्बती मोह जस्तो होइन । केवल कुरामा अभिब्यक्त रास्ट्रवादले केही हुदैन । आफै शरणार्थी हुने अनि जन्मभुमि प्रती नुनिलो आँसु झार्ने ? अबको रास्ट्रवाद आँसु र तिम्रा गुनासाहरु सग होइन कर्म सग जोडिएको हुनुपर्छ ।
प्रगतिको जस र श्रेय उसैले लिन्छ जो प्रत्यक्ष सहभागी हुन्छ नेपालको उन्नयनका लागि । हामी भित्र बाचिरहेको उर्जा र अदम्य साहसलाइ रास्ट्रको समृद्धिका लागि पुर्ण उपयोग गरौ । जस्ले गरे पनि आखिर देशकै बिकास हो । फलानो पार्टीले र फलानु सरकार को कार्यकालमा भएको उन्नतिलाई हामी उन्नति नै भन्न नरुचाउने सस्कार बसेको छ हामी भित्र ।पहिला त्यो भावनाको अन्त गर्नु जरुरी छ ।

तपाईको प्रतिक्रिया

पाँचथर - फाल्गुनन्द गाँउपालिकाका निर्वतमान अध्यक्ष तथा नेपाली साहित्यमा इको राइटिङका.. ...

काठमाडौ -  सरकारले  कोरोना भाईरसको  संक्रमण बढेपछि नयाँ नियम लागु गरेको  छ  ।  जसमा केही.. ...

काठमाडौ-  पछिल्लो दुई सातामा गहन उपचार कक्ष (आईसीयू) र भेन्टिलेटरमा राखेर उपचार गराउने कोरोना.. ...

राजधानीको चुच्चेपाटी–साँखु सडक खण्ड जीर्ण भएको वर्षौ भइसक्यो । पानी आयो भने पाइला नै सार्न.. ...

लस एन्जलस - क्यालिफोर्नियाको लस एन्जल्समा गर्मी छल्ने वाहनामा साथीहरुसंग पौडी खेल्न जांदा.. ...

पोखरा २५ बैशाख । स्वर्गीय रामजी पौडेल बादल की धर्मपत्नी चन्द्रावति पौडेलले बाचुन्जेल.. ...