२०८१ वैशाख ६ गते | 18th of April 2024

गोरखाको मतदान शान्तिपूर्ण

खुल्लामन्च
 प्रकाशित: २०७४ वैशाख ३१ गते १३:१७

गोरखा, ३१ बैशाख ।
स्थानीय तहको चुनाव गोरखामा शान्तिपूर्ण भएको छ । केही छिटपुट बाहेकका मतदान केन्द्रहरुमा शान्तिपूर्ण मतदान भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । केही केन्द्रमा भने सामान्य विवाद देखिएको छ । विवादका कारण केही समय मतदान प्रक्रिया केही बेर रोकिएको थियो । शहिद लखन गाउँपालिका वडा नम्वर ८ मैलुङको रामेश्वरी माविमा नेपाली कांग्रेस र नयाँ शक्तिबीच केहीबेर विवादसँगै झडप भएको थियो । यस्तै गण्डकी गाउँपालिकाको फुजेलमा रहेको भैरवाश्रम माविमा नयाँ शक्ति र माओवादीबीच झडप भएको थियो । झडप हुँदा केही समय मतदान प्रक्रिया रोकिएको मतदान अधिृकत खिलाराज खकुरालले बताए ।
मतहाल्न सक्ने व्यक्ति हुँदाहुँदै प्रतिनिधि पठाएर भोट हाल्न खोजेको भन्दै विवाद भएको खकुरालको भनाइ छ । यसबाहेक जिल्लाका अन्य मतदान केन्द्रमा शान्तिपूर्ण वातावरणमा मतदान सम्पन्न भएको निर्वाचन कार्यालयले जनाएको छ ।
स्थानीय तह निर्वाचनको लागि आइतबार भएको मतदान अन्तरगत गोरखामा ८० प्रतिशत मत खसेको छ । जिल्ला निर्वाचन कार्यालका अनुसार जिल्लाभरमा ८० प्रतिशत मत खसेको हो ।
शनिबारको नेपाल बन्दका कारण अपेक्षाकृत मतदान नभएको निर्वाचन कार्यालयका राजेन्द्र प्रसाद पोखरेलले बताए । यसबाहेक बैदेशिक रोजगारीले पनि मतदान केही कम भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *