२०८१ वैशाख १४ गते | 26th of April 2024

मतदान गरेर घुम्न निस्किएका एक युवकको हत्या

खुल्लामन्च
 प्रकाशित: २०७४ वैशाख ३१ गते १३:४६

तनहुँ, ३१ बैशाख ।
तनहुँको व्यास नगरपालिकामा आइतबार एकजनाको हत्या भएको छ । व्यास नगरपालिका वडा नम्बर १ का विक्रम परियारको अज्ञात समूहले आक्रमण गरी हत्या गरेको हो ।
तनहुँको ब्यास घर भएका परियार कलाकारिता क्षेत्रमा संलग्न छन् । काठमाडौं बस्दै आएका उनी स्थानीय तह चुनावमा मतदान गर्न घर आएका थिए ।
स्थानीय मतदान केन्द्रमा भोट हालेर घर नजिकै साथीसँग घुम्न निस्किएका बेला ५र६ जनाको समूहले परियारलाई आक्रमण गरेको थियो । आक्रमणकारीको पहिचान भएको छैन । प्रहरीले आक्रमणकारीको खोजी भइरहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *