२०८१ वैशाख ८ गते | 20th of April 2024

राष्ट्रपतिलाई ‘महारानी’ को उपाधी दिने को ?

खुल्लामन्च
 प्रकाशित: २०७५ जेठ १२ गते २:३०

काठमान्डौं –  नेपाल कम्युनिस्ट पार्टीका नेता एवं पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले राष्ट्रपति विद्यादेवी भण्डारीलाई महारानी भनेर सम्बोधन गरिएको शब्द संसदको रेकर्डबाट हटाउन माग गरेका छन् ।

सरकारको वार्षिक नीति तथा कार्यक्रमको छलफलमा भाग लिँदै पूर्वसभामुख नेम्वाङले उक्त शब्द संसदीय मर्यादाविपरीत रहेको भन्दै हटाउन माग गरेका हुन् । नेम्वाङले भने ‘महारानी शब्द के अर्थमा भनियो त्यो संसदको रेकर्डबाट हटाउन माग गर्दछु ।’

बिहीबारको छलफलमा संघीय समाजवादी फोरम नेपालका राजेन्द्र श्रेष्ठले राष्ट्रपतिलाई महारानी बनाउने प्रयास भएको बताएका थिए । छलफलका क्रममा नेम्वाङले सरकारले नीति तथा कार्यक्रम दलले जनतासामु गरेको बाचा अनुसार नै ल्याइएको बताए । नीति तथा कार्यक्रम पहिलेभन्दा फरक र जनअनुमोदित भएको दाबी गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *