२०८१ वैशाख १३ गते | 25th of April 2024

कास्कीको मतगणना सोमबार

खुल्लामन्च
 प्रकाशित: २०७४ वैशाख ३१ गते १४:४१

पोखरा, ३१ बैशाख ।
आईतबार सम्पन्न कास्कीका स्थानीय चुनावको मतगणना सोमबार मात्रै हुने भएको छ । मतगणनाका लागि मतपेटिकाहरु संकल भएपछि दल विच मुचुल्का गरेर मतपेटिका स्थानीय तहको केन्द्रमा लगिने र लगत्तै मतगणना सुरु हुने निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगले मतगणनाका लागि ११ बुँदे निर्देशन जारी गरेको छ ।
पोखरा लेखनाथ महानगरपालिका सबै क्षेत्रमा वडाबाट मतपेटिका पोखराको नगर विकास केन्द्रमा ल्याइ सकेपछि गणना हुनेछ । कास्कीका पाँच वटा तहमा मत पेटिका आइसके पछि सोबार विहानबाट गणना सुरु हुने क्षेत्रिय निर्वाचन कार्यालय कास्कीका प्रमुख गंगालाल सुबेदीले जानकारी दिए ।
आईतबार साँझबाटै गणना गर्ने भनिएपनि प्राविधिक कठिनाईका कारण सोमबार गणना गर्न लागिएको हो । कास्कीका स्थानीय तहबाट प्रमुख ५, उपप्रमुख ५, वडाध्यक्ष ७२, वडा सदस्य २ सय ८८ गरी जम्मा ३ सय ७० निवार्चित हुनेछन् । नगर र गाउँ सभाबाट ११ सदस्य निवार्चित भएपछि कास्कीका स्थानीय तहमा ३ सय ८१ प्रतिनिधी चयन हुनेछन् ।
पोखरा लेखनाथ महानगरपालिकाका ३३ वडामा १ सय ६७ जना निर्वा्चित हुने छन् । मेयर, उपमेयर, ३३ वडाध्यक्ष र प्रत्येक वडामा अध्यक्षबाहेक खुला सदस्य २ जना, दलित महिला सदस्य १ जना, महिला सदस्य १ जना निर्वाचित हुँदैछन् । ११ वडा रहेको अन्नपूर्ण गाउँपालिकामा अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र सदस्य गरी ५७ जना निर्वाचित हुनेछन् ।
९ वडा रहेको माछापुच्छ्रे गाउँपालिकामा अध्यक्ष, उपाध्यक्ष र सदस्यसहित ४७ जना १२ वडा रहेको मादी गाउँपालिकामा अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र सदस्य गरी ६२ जना निर्वाचित हुने कार्यालयले जनाएको छ । ७ वडा रहेको रुपा गाउँपालिकामा सबै पदमा गरी ३७ जना निर्वाचित हुँदैछन् ।
कास्कीमा २ लाख २४ हजार ८ सय ११ जना मतदाता छन् । मतदातामध्ये महिला १ लाख २० हजार २ सय ३० छन् । पुरुष मतदाता १ लाख ४ हजार ५ सय ७६ छन् । पोखरा लेखनाथ महानगरपालिकामा मात्रै १ लाख ६७ हजार मतदाता छन् । २ लाख २४ हजार ८ सय ११ मतदातामध्ये १ लाख ७० हजार ८ सय २३ जनाले मात्रै मतदान गरेका मूख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *