२०८१ वैशाख १२ गते | 24th of April 2024

एप्पलले जित्यो डिजाइन चोरीको केस, स्यामसुङ्ले तिर्ने भयो ३६०० करोड

खुल्लामन्च
 प्रकाशित: २०७५ जेठ १३ गते १७:५७

अमेरिका – डिजाइन चोरीको मामलामा एप्पलले ७ वर्ष देखि चलिरहेको कानुनी लडाईं जितेको छ । अमेरिकाको फेडरल कोर्टले कोरियाई कम्पनी स्यामसुङ्लाई डिजाइन चोरीको दोसी मानेर ३६ सय करोड रुपैंयाँ हर्जाना एप्पललाई तिर्नु पर्ने फैसला सुनाएको छ ।

यसैको साथै कोर्टले पेटेंट फंक्शन मा भएको ड्यामेजमा ३४ करोडको सजाय पनि तोकेको छ । विश्वका सबैभन्दा ठुला दुई मोबाइल कम्पनीहरू बीच भएको कानुनी लडाइँमा एप्पलको यो ठुलो जीत हो । यो भन्दा पहिला एप्पलले भनेको थियो कि यो डिजाइन आइफोनको लागि महत्वपूर्ण छ ।

फर्च्युनमा छापिएको रिपोर्टको अनुसार स्यामसुङलाई २०१२ को शुरूकै फैसलामा दोषी पाइएको थियो । तब स्यामसुङलाई एक अरब डलर भुक्तान गर्नु पर्ने आदेश दिइएको थियो । तर पछि कोर्टले यसलाई कम गर्यो । यू.एसको पेटेंट कानुनको अनुसार यसको उल्लङ्घन गरेपछि प्रोडक्टको कुल कमाइको केही हिस्सा जुर्मानाको लागि दिनु पर्छ ।

एप्पले भनेको छ कि हामी खुशी छौं किनकि हाम्रो डिजाइनको नक्कल गरेकोमा कोर्टले स्यामसुङ्लाई दोषी मानेर ३६ सय करोड तिर्ने आदेश दिएको छ । स्यामसुङ् शुरूवात देखि नै यो आरोपलाई स्वीकारिरहेको छैन ।

स्यामसुङ कोर्टको फैसलाबाट सन्तुष्ट छैन । यो केसको फैसला आउनासाथ एप्पलको तर्फबाट यो भनिएको छ कि हामीलाई यो केस जुर्माना भन्दा पनि अहम हो ।

एप्पलले स्मार्ट फोनको दुनियाँमा क्रान्ति ल्याएको छ । तर यो साँचो हो कि स्यामसुङ्ले हाम्रो प्रोडक्टको नक्कल गरेको छ । नर्थन् क्यालिफोर्नियाको कोर्टको ज्यूरीले यो मामालामा ५ दिनमा जुर्माना निश्चित गरेको छ । कोर्टले यो मानेको छ कि स्यामसुङको एन्ड्रोइड मोबाइलमा एप्पलको डिजाइनको नक्कल गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *