२०८१ वैशाख ७ गते | 19th of April 2024

कास्कीमा एमालेको बिजयी सुरुवात

खुल्लामन्च
 प्रकाशित: २०७४ जेठ १ गते ५:३५

पोखरा, १ जेठ ।
स्थानीय तहको चुनावमा एमालेको कास्कीमा बिजयी सुरुवात भएके छ । आईतबार सम्पन्न चुनावबाट मादी गाउँपालिकाको १ नम्बर वडामा एमाले बिजयी भएको हो । कास्कीको पाँच स्थानीय तह मध्ये एउटा गाउँपालिमाका मतगणना जारी छ । पोखरा लेखनाथ महानगरपालिका र अन्य तीन गाउँपालिकामा मतगणना सुरु हुन सकेको छैन ।
मादी गाउँपालिकामा जारी मतगणनामा अहिले सम्म एमालेले अग्रता लिएको छ । गाउँपालिका प्रमुखमा एमालेका उम्मेदवारले ५५३, कांग्रेसले ४३३ र माओबादी केन्द्रका उम्मेदवारले १० मत मात्रै प्राप्त गरेका छन् ।
त्यस्तै गाउँपालिकाको उप प्रमुखमा एमालेको ५५१, कांग्रेसको ४३३ र माओबादी केन्द्रका उम्मेदवारले १२ मत प्राप्त गरेका छन् ।
मादी गाउँपालिकाको वडानम्बर १ को अध्यक्षमा एमाले उम्मेदवार विजयी भएका छन् । सो वडामा एमालेले ५५७, कांग्रेसले ४३४ र माओबादी केन्द्रका उम्मेदवारले १४ मत प्राप्त गरेका छन् ।
यसैविच पोखरा लेखनाथ महानगरपालिकाको मतगणना अब केहि बेरमा सुरु हुने भएको छ । विहान बसेको सर्वदलिय बैंठकले मतगणना सुरु गर्ने निर्णय गरेको हो । अहिले मत पेटिका मिलाउने काम भैरहेको र मतगणना सुरु गर्ने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *