२०८१ वैशाख ११ गते | 23rd of April 2024

पोखरामा एमाले अगाडी

खुल्लामन्च
 प्रकाशित: २०७४ जेठ १ गते ९:२२

पोखरा, १ जेठ ।
देशकै सवैभन्दा ठूलो महानगरपालिका पोखरा लेखनाथमा मत गणना जारी छ । वडा नं. १ को मत गणना गरिदा एमालेले अग्रता लिएको छ । २ हजार ४ सय ५९ मत खसेको वडामा सय मत गनिएको छ । वडा नं. १ मा मेयरमा एमाका मानबहादुर जिसीले ५१, उपप्रमुख मञ्जु गुङले ४७, एमालेका वडा अध्यक्षले ५२, महिला सदस्यले ४५, दलित महिला सदस्यले ४८, खुल्ला सदस्यले पहिलोले ५० र दोस्रोले ४२ मत पाएका छन् । एमालेलाई पछ्याएको नेपाली काँग्रेसका मेयर रामजी कुँवरले ३३, उपमेयर सरस्वती गुरुङले ३०, काँग्रेस वडा अध्यक्षले ३०, महिला सदस्यले ३२, दलित महिला सदस्यले ३५, खुल्ला सदस्य पहिलोले २५ र दोस्रोले २६ मत पाएका छन् ।
माओवादीले मेयरमा काँग्रेसलाई समर्थन गरेको छ । माओवादीका उपमेयरका उम्मेदवार गोमा ढकालले ५ मत ल्याइकी छन् । माओवादीको वडा अध्यक्षमा ६, महिला सदस्यमा ९, दलित महिलामा ५, खुला सदस्यमा ५ मत आएको छ ।

One thought on “पोखरामा एमाले अगाडी

Leave a Reply

Your email address will not be published. Required fields are marked *