२०८१ वैशाख ८ गते | 20th of April 2024

पोखरा महानगरमा एमाले झण्डै दोब्बरले अगाडी

खुल्लामन्च
 प्रकाशित: २०७४ जेठ १ गते १३:३१

पोखरा, १ जेठ ।
पोखरा लेखनाथ महागरपालिकाको पछिल्लो मतगणनाको परिणाम अनुसार नेकपा एमालेको अग्रता कायमै छ । ७ सय ५२ मत गनिसक्दा एमालेका उम्मेदवार मान बहादुर जिसीले ४ सय ५ मत प्राप्त गरेका छन् । उनका प्रतिद्धन्द्धी रामजी कुवँरले २ सय ५१ मत पाए । उपप्रमुखमा एमालेकै मञ्जुदेवी गुरुङले ३ सय ९३ मत प्राप्त गर्दा प्रतिद्धन्द्धी काँग्रेसकी उम्मेदवार सरस्वति गुरुङले २ सय ५६ मत पाईन् ।
माओबादी केन्द्रका लागि पनि प्रमुखमा १४ मत प्राप्त भएको छ । यस्तै राप्रपाकी गिता गुरुङको १४, नयाँ शक्ति र संघीय समाजबादी फोरम बीचको गठबन्धनले २६ मत पाएको छ । उपप्रमुखमा माओबादी केन्द्रकी गोमा ढकालले २३, राप्रपाका रमेश बहादुर खत्रीले ११ र गठबन्धनकी लक्ष्मी खाती परियारले २९ मत पाईन् ।
हामी निरन्तर अपडेटमा छौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *